उपत्यकामा ९ सहित थप ४ सय ३४ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार १६२पुग्यो

काठमाडौँ  । पछिल्लो २४ घन्टामा उपत्यकामा ९  सहित थप ४ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार मात्र ३१२ जनाले कोरोना जितेका छन् । अहिलेसम्म महिला २१६ र पुरुष दुई हजार चार सय ३४ गरेर २६ सय ५० जनाले कोरोना जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र भक्तपुर जिल्लामा ४/४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंमा २ महिला, दुई पुरुष, भक्तपुरमा एक महिला, ३ पुरुष र ललितपुरमा एक जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता  गौतमले जानकारी दिए ।

Loading...