काठमाडाैं । विश्वमा कोरोना भाइरस महामारीको अवस्था थप खराब बन्दै गएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ । सोमबारको प्रेस ब्रिफिङ्गको क्रममा डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले युरोपमा महामारी कमजोर हुँदै गएर अवस्था सुधार भइरहे पनि विश्वका अरु क्षेत्रमा भने थप संकट उत्पन्न भएको बताएका हुन् । पछिल्लो १० दिनमा ९ दिन विश्वभर […]
स्वास्थ्य
२४ घन्टामै थपिए २१३ संक्रमित, नेपालमा संक्रमितको संख्या पुग्यो ३४४८
काठमाडौं, २५ जेठ । नेपालमा काेराेना संक्रमितकाे संख्या ३४४८ पुगेकाे छ । आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि याे संख्या बढेको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा २१३ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिए । नयाँ […]
नेपालमा कोरोनाबाट मृत्यु हुने पुगे १३
काठमाडौं, २४ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेकाे संख्या १३ पुगेकाे छ । शनिवार काेराेना संक्रमित भएका कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएपछि संख्या १३ पुगेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिला र डोल्पाको जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका […]
थप ३२३ नयाँ संक्रमित थपिए, संक्रमितको संख्या ३२३५ पुग्यो
काठमाडौँ । नेपालमा ३२३ जना कोरोना भाइरसबाट नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप ३२३ जनामा कोरोना पुष्टि भएसँगै मुलुकमा संक्रमितको संख्या ३ हजार २३५ पुगेको बताए । संक्रमित […]
कोरोनाविरुद्ध नेपालले बनाएको भनिएकाे खोपमा डब्ल्युएचको चासो
हेटौँडा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गर्नुभएको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो । जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध […]
थप ३३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ हजार ६ सय ३४
काठमाडौं । पछिल्लो २४ घण्टामा बिहीबार थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । सँगै कुल संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ। बुधबार २०१ जना र मंगलबार २८८ […]
कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एकजनाको मृत्यु भइ कोरोनाले मृत्यु हुनेको संख्या ९ पुगेको जनाएको छ । मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको […]
एकैदिन २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो
काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा २ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । बुधबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । थपिएका नयाँ संक्रमितहरुमा धनकुटा […]
भारतबाट आएकी एक महिलाको गाउँको क्वारेन्टिनमा मृत्यु
कैलाली, २१ जेठ । क्वारेन्टिनमा एक महिलाको मृृत्यु भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वार्ड नं १ असिग्राम आधारभूत विद्यालय रौनाकोटमा रहेकाे क्वारेन्टिनमा रहेकी ३० वर्षीया महिलाको मृत्यु भएको हाे । भारतबाट ४ दिन पहिले आएर उक्त क्वारेन्टिनमा रहेकी महिलाकाे मृत्यु भएकाे डडेल्धुरा प्रहरीले जनाएकाे छ । मृतक महिला ४ दिन अघि मात्र अाफ्ना श्रीमानसँगै […]
थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९९ पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या २ हजार ९९ पुगेको जनाए । संक्रमित हुनेमा रौटहटका ३८ जना, स्याङ्जा चापाकोटका […]







