नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो ५३०३५, मृत्युु १८

काठमाडौं, ३१ जेठ । नेपालमा काेेेेेेराेना संक्रमितको संख्या ५३ सय ३५ पुगेको छ । त्यसैगरी मृत्यु हुनेकाे संख्या १८ पुगेको छ । संक्रमित मध्ये ९१३ जना निकाे भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ५३०३५ पुगेको हाे । त्यस्तै २४ घन्टामा थप २ जनाकाे मृत्यु भएको हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै रौतहटमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । त्यस्तै सुर्खेतका ४०, दैलेखका ३०, कपिलवस्तुका २५, बाँकेका १८, रोल्पाका १७ र सर्लाहीका १३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, पर्सा र बर्दियामा ६/६ जना, झापा र रुपन्देहीमा ५/५ जना, मोरङ र पर्वतमा ४/४ जना, दाङ र गुल्मीमा २/२ जना, महोत्तरी, बारा, नवलपरासी १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैैैैबीच कोरोनासंक्रमणबाट थप दुई जनाको मृत्यु भएको भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको र उनीहरूमा संक्रमण पुष्टि भएको जनाए ।

पर्सामा जेठ २८ गते एक पुरुषको शव भेटिएको थियो । नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब संकलन गरिएको थियो र त्यही अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोनोरा संक्रमण पुष्टि भएको छ ।

यस्तै बारा, निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । निमोनियाले ग्रस्त उनको आरडीटी र पीसीआर दुवै टेस्ट पोजेटिभ आएको छ ।

मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या ५३ सय ३५ पुगेको छ । उनीहरूमध्ये १८ जनाको मृत्यु भएको छ भने ९१३ जना डिस्चार्ज भएका छन् ।

Loading...