बैठक छोडेर सांसद गिरीले दिइन आत्महत्या गर्ने धम्की

बैठक छाेडेर सांसद गिरीले दिइन अात्महत्या गर्ने धम्की
काठमाडौं,३१ जेठ । लिम्पियाधुरासहितकाे भूगाेल समेटेर नक्सा र निशाना छाप परिवर्तन गर्नका लागि गरिएको छलफल र मतदान प्रक्रियाबाट सांसद सरिता गिरी भागेकी छन । याे प्रस्ताव खारेज गर्न भन्दै अर्को प्रस्ताव दर्ता गराएकी गिरी अाफ्नाे प्रस्ताव छलफल गर्न अस्वीकृत भएपछि संसद भवन नयाँ बानेश्वरमा चलिरहेकाे प्रतिनिधि सभाकाे बैठक बीचमै छाेडेर भागेकी हुन ।

गिरीले दर्ता गरेेेेेकाे प्रस्ताव सभामुख अग्नि सापकोटाले कार्यसूचीमा राख्न अस्वीकार गरेका थिए ।

सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाेल्न लाग्दै गर्दा कुनामा रहेकाे अाफ्नाे अासनबाट केही बाेल्न खाेजेर उठेकी सांसद गिरी विरुद्ध अरु सांसदहरुले हाेहल्ला गर्दै विराेध जनाएका थिए । लगत्तै सभामुखले गिरीकाे प्रस्ताव अस्वीकृत भएको रुलिङ गर्दै प्रचण्डलाई बाेल्न समय दिएका थिए ।

संसद भवनबाट बाहिरिने क्रममा गिरीले अाफ्ना अगाडि कि त आत्महत्या गर्ने वा लड्ने विकल्प बाँकी रहेकाे बताएकी थिइन । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भनिन, ‘म महिलाको रूपमा बोल्दैछु– या त मैले आत्महत्या गर्नुपर्छ वा जंगको मैदानमा जानुपर्छ भन्ने भयो। महिलाले आफ्नो डिग्निटी र सेल्फ रेस्पेक्टको रक्षा गर्नुपर्छ भनेर म लागेको हुँ ।´

उनले थपिन्, ‘राष्ट्रियताको नाममा एक जना महिला सांसदको नाममा भएको व्यवहार चेक गर्नु भएन भने नबिर्सनुस् बंगलादेशको निर्माण कसरी भयो’ गिरीले भनिन, ‘किनभने त्यहाँ पाकिस्तानी सेनाले महिलालाई बलात्कार गर्यो। महिलाहरूले निर्माण गर्नुभयो।’उनले जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आक्रमण भएको बताइन्।

‘जब जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आक्रमण गरिन्छ। त्यसमा हामी बेलमै सचेत भएन भनौं। यसको परिणाम मुलुकको राष्ट्रिय एकताका लागि र राष्ट्रियताका लागि हुँदैन,’ गिरीले भनिन्।

Loading...