२४ घन्टामै थपिए २१३ संक्रमित, नेपालमा संक्रमितको सं‌ख्या पुग्यो ३४४८

काठमाडौं, २५ जेठ । नेपालमा काेराेना संक्रमितकाे संख्या ३४४८ पुगेकाे छ । आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि याे संख्या बढेको हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा २१३ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिए ।

नयाँ संक्रमितमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् । नेपालमा कोरोना भाइरस निको भएर ४६७ जना घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

Loading...