न्यूरोडका पार्किङ्ग स्थान भरिए, पार्किङ अभाव भएर बाटोमै पार्किंङ

बन्द सटरमा सम्पर्क नं टाँसेर ग्राहक कुर्दै ब्यापारी

जेष्ठ काठमाडौँ, २५  जेठ ।  सरकारले गरेको लकडाडाउनकाे ७६ औ दिनपछि उपत्यकामा आइतबार सडकमा सवारीसाधनको संख्या एकाएक बाक्लिएकाे छ । लकडाउन खुकुलाे हुने हल्लासँगै सडकमा सवारी साधनकाे अावागमन बढेकाे हाे । 

सरकारले औषधी तथा रासन सामग्री ओसारपसार गर्ने लगायतका सवारीलाई मात्र अनुमति दिएको भए तापनि अधिकांश व्यक्तिहरु निजी सवारी साधन लिएर निस्कने गरेकाले सवारी चाप बढेकाे हाे ।

काठमाडाैंकाे प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको नयाँ सडक (न्यूरोड) का केही पसल अाइतबार खुलेका छन । केही पसल भने बन्द छन ।  बन्द गरिएका पसलका सटरमा ‘कुनै समान चाहिएमा सम्पर्क’ नं भन्दै सूचना टाँसेर व्यापारी बस्ने गरेका छन् ।

काठमाडाैंकाे धर्मपथ र शुक्रपथका बाटाेकाे छेउमा रहेका पार्किंङ अाइतबार भरिए । पार्किङ स्थल भरिएका कारण बाटामै निजी सवारी साधन पार्किंङ गरेको देखियाे । अाइतबार केही व्यवसायीहरु पसल बाहिर ग्राहक पर्खेको देखिन्थे भने केहि पसल सरसफाईमा ब्यस्त देखिन्थे  ।

न्यूराेडका एक व्यापारीले भने “लामो लकडाउन अब थेग्न सकिदैन । जेनतेन बन्द पसलमा सम्पर्क नं टाँसेर ग्राहक कुर्नुको विकल्प छैन । घरैमा पुर्याउनेसम्म सुबिधा दिएरै भए पनि बाँचिएको छ ।”  

Loading...