नेपालमा कोरोनाबाट मृत्यु हुने पुगे १३

काठमाडौं, २४ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेकाे संख्या १३ पुगेकाे छ । शनिवार काेराेना संक्रमित भएका कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएपछि संख्या १३ पुगेकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिला र डोल्पाको जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएकाे छ । डाेल्पामा मृत्यु भएका व्यक्ति जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए । त्यहाँ पुगेपछि गरिएकाे आरडीटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको थियो ।

उनको २० गते निधन भयो । निधनपछि पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उनी लामो समयदेखि दमको रोगले पीडित थिए ।