मलामी खोज्दै गाउँमा प्रहरी, स्थानीय त्रासमा

कैलाली, २४ जेठ । कैलालीमा प्रहरीले मलामी खाेजेर गाउँ पसेपछि गाउँलेहरु त्रसित भएका छन् । कैलालीकाे धनगढी उपमहानगरपालिका वार्ड नं ४ मा प्रहरीले यसरी मलामी खाेजेकाे हाे ।

मलामी खाेज्नुकाे कारण अरु नभइ काेराेना नै रहेकाे बताइएकाे छ । एक मृतक महिलाकाे शव जलाएपछि उनमा काेराेना संक्रमण रहेकाे पुष्टि भएपछि प्रहरीले उनकाे मलामी गएकाहरुलाइ खाेजि थालेकाे हाे । धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीय महिलालाई शुक्रबार बिहान सेती अस्पतालको डायलासिस सेन्टरमा लगिएको थियो । डायलासिस सेवा सञ्चालन गरिररहेको विरंग हेल्थ केयरमा ¥यापिड डायग्नोस्टिक टेस्ट आरडीटी गरिएकाे थियाे । तर आरडीटीकाे रिपाेर्ट नेगेटिभ आएपछि उनलाइ अस्पतालले भर्ना गरेकाे थियाे । तर, भर्ना गरेकाे केहीबेरमा नै उनकाे मृत्यु भएको थियो ।

मृत्यु भएपछि उनकाे स्वाव संकलन गरेर पिसिअार परिक्षणमा पठाइएकाे थियाे । तर, त्यसकाे रिपाेर्ट नअाउँदै उनलाइ अन्त्येष्टि गरिएकाे थियाे । अन्त्येष्टि गरेपछि उनमा काेराेना भाइरस संक्रमण रहेकाे पुष्टि भएकाे थियाे । महिलाको अन्त्येष्टिमा परिवारका सदस्यसहित २०÷२२ जना सहभागी भएका थिए । प्रहरीले ती सबैकाे खोजी थालेको हाे । अहिले परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राख्न समन्वय भइरहेको बताइएकाे छ ।

अस्पतालले आरडीटी नेगेटिभ आएको भन्दै परिवारका सदस्यहरूलाई मृतकको शव बुझाएकाे बताइएकाे छ । आफन्तलाई पर्खिएको परिवारले शनिबार मोहना घाटमा अन्त्येष्टि गरे । त्यसको केही घण्टामा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियाे ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण एक सातामा २ जनाको मृत्यु भएको छ । भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकी बाजुरा बुढीगंगा नगरपालिका–१ की २ वर्षीया बालिकाको बाजुरा अस्पतालमा १८ गते मृत्यु भएको थियो ।

बालिकाको मृत्यु भएको करिब १२ घण्टापछि उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । मृतक बालिकाको आमालाई पनि कोरोना संक्रमणको पुष्टि भएको थियो भने बुबाको पीसीआर रिर्पाेट नेगेटिभ आएको छ ।

Loading...