कर्णालीमा कोरोना संक्रमितको संख्या पुग्यो १२८७, २४ घन्टामा थपिए २६ नयाँ संक्रमित

सुर्खेत । कर्णाली प्रदेशका चार जिल्लामा थप २६ जना काेराेना संक्रमित भेटिएका छन् । कर्णाली प्रदेश अन्तर्गत सल्यान, सुर्खेत, दैलेख र हुम्लामा नयाँ संक्रमित भेटिएका हुन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ८७ पुगेको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । सोमबार कोरोना पुष्टि हुनेमा सल्यान जिल्ला बनकुपिण्डे नगरपालिका वडा न्म्बर ४, ५ र ६ का चार जना, सुर्खेत जिल्ला बराहाता गाउँपालिकाका वडा नम्बर ५ र ६ का चार जना, भेरीगंगा नगरपालिका वडा नम्बर १, २, ३, ६ , ७ , ९ र १३ का ११ जना, बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ३, ४ र ७ मा पाँच जना छन ।

त्यसैगरी दैलेख जिल्ला नारायण नगरपालिका वडा नम्बर ६ का तीन जना र हुम्ला जिल्ला ताँजाकोट गाउँपालिका वडा नम्बर ६ का एक जना गरि कुल २६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशकाे सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले कोरोना पुष्टि भएका सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकाे जानकारी गराए । उनले संक्रमितहरु ५ देखि ६४ वर्ष उमेर समूहका रहेको र तीन जना महिला र २३ जना पुरुष रहेकाे बताए ।

सोमबार नै चौरजहारी अस्पताल रुकुम पश्चिमबाट ९ जना, सालकोट आइसोलेशन सेन्टरबाट ६ जना, मेहलकुना अस्पतालबाट ५ जना सहित २० जना डिस्चार्ज भएका थिए । कर्णालीमा कोरोना जितेर घरफिर्ता हुनेमा कूल संख्या ५५१ जना पुगेको छ।

Loading...