काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिल्ला प्रशासन कार्यालय काठमाडौँले पछिल्लो समय लागू गरेको प्रविधिमैत्री व्यवस्थाको प्रशंसा गरेका छन् । मंगलबार अनुगमनका क्रममा उनले पछिल्लो समय कार्यालयले पब्लिक अनाउन्समेन्ट सिस्टम (पीएएसएस) लागू गरेको र यसले सेवाग्राहीलाई सजिलो र छिटो सेवा दिन सहायता गरेको बताए । सञ्चारमन्त्री खरेलले पीएएसएस प्रणालीलाई देशव्यापी रूपमा विस्तार गर्न […]
सूचना प्रविधि
पहिलोपटक फेसबुकमा जोडिए प्रेस सेन्टरका संस्थापक अध्यक्ष दाहाल
काठमाडौं । प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष एवं नेपाली कम्युनिस्ट पार्टीका नेता महेश्वर दाहाल पहिलोपटक डिजिटल सामाजिक सञ्जालमा जोडिएका छन् । सक्रिय पत्रकारिता र राजनीतिको केन्द्रमा रहेर पनि सामाजिक सञ्जाललाई अनावश्यक जञ्जाल ठान्ने दाहालले शनिबार फेसबुक खाता सार्वजनिक गरेका हुन् । सामाजिक सञ्जालबाट टाढा रहेपनि उनी डिजिटल दुनियाँमा भने सक्रिय नै थिए । झिल्को अनलाइन […]
४५ देश संलग्न भिडियो प्रतियोगितामा नास्ट तेस्रो बन्न सफल
काठमाडौं । कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सी (National Information Society Agency–NIA) द्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय भिडियो प्रतियोगितामा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले तेस्रो स्थान हासिल गर्न सफल भएको छ। ४५ देशका ६० सूचना पहुँच केन्द्रका कार्यक्रमलाई समेट्दै आयोजना गरिएको प्रतियोगितामा विभिन्न देशबाट ३० वटा भिडियो प्रस्तुत गरिएको थियो। ३ देखि ५ मिनेट […]
फेसबुकबाट बालिकासंग साथी बनी साइबर अपराध गर्ने युवक समातिए
काठमाडौं । सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। नक्कली (फेक) फेसबुक प्रयोग गरी नाबालिकासँग मित्रता गाँसी विभिन्न प्रलोभन, दबाब र प्रभावमा पार्दै नग्न तस्बिर तथा भिडियो माग गर्ने र ती सामग्री राखी अश्लील गतिविधि गराउन लगाएको उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो। पीडित नाबालिकाले पछि ती तस्बिर तथा भिडियो आफ्नो […]
जनताको मौलिक समस्यालाई सञ्चार माध्यमले प्राथमिकता दिनुपर्नेमा जोड
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख तथा ख्वप टेलिभिजन व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले जनताको आवाज र विद्रोह समेटिएको सञ्चार माध्यम समाज परिवर्तनको प्रभावकारी हतियार हुने बताए। भक्तपुर नगरपालिकाद्वारा आयोजित टेलिभिजन सम्बन्धी क्षमता विकास तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रजापतिले नगरपालिका मातहत सञ्चालित ख्वप टेलिभिजन स्थानीय सरकारद्वारा सञ्चालित देशकै पहिलो टेलिभिजन भएको दावी गर्दै यसले […]
गोकर्णेश्वरका विज्ञान शिक्षकलाई नास्टको एआई तालिम
काठमाडौ । गोकर्णेश्वर नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत विज्ञान शिक्षकलाई आधुनिक डिजिटल सीप र एआई–आधारित शिक्षण विधिमा सक्षम बनाउने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले शुक्रबार एकदिने विशेष तालिम दिएको छ। नास्टअन्तर्गत रहेको विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्र (सूचना पहुँच केन्द्र) द्वारा आयोजित ‘प्रभावकारी उपकरण र प्रविधिमार्फत आधुनिक शिक्षक सशक्तीकरण” तालिममा […]
चप्पलबाट स्याटेलाइटसम्म : चेपाङ विद्यार्थीले बनाए पहिलो स्वदेशी स्याटेलाइट
काठमाडौँ । आर्थिक रूपमा पछाडि पारिएको अल्पसंख्यक समुदायबाट आएका चेपाङ विद्यार्थीहरूको संलग्नतामा नेपालमै डिजाइन तथा निर्माण गरिएको पहिलो स्वदेशी स्याटेलाइट बुधबार सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरिएकाे छ। ‘स्लिपर्स टु स्याट’ नाम दिइएको यस प्रेरणादायी मिसनअन्तर्गत निर्माण गरिएको क्युब–स्याटेलाइट चीनको इनर मंगोलियास्थित चिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट बिहानीपख पौने १० बजे काइनेटिका–वान रकेटमार्फत प्रक्षेपण भएको हो । स्रोतसाधन […]
अर्बौँ डलरको एआई पूर्वाधार निर्माण सम्झौता
सिड्नी, अस्ट्रेलिया । कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा ऐतिहासिक कदम चाल्दै ओपनएआई र अस्ट्रेलियाली डाटा–सेन्टर अपरेटर नेक्स्टडीसीबीच सिड्नीमा अर्बौँ डलरको एआई पूर्वाधार निर्माण गर्ने सम्झौता सम्पन्न भएको छ। शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार दुवै कम्पनीले पश्चिमी सिड्नीमा अत्याधुनिक ‘एआई क्याम्पस’ र उच्च क्षमताको ‘जिपियु सुपरक्लस्टर’ निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। नेक्स्टडीसीको S7 साइटमा बन्ने उक्त क्याम्पसलाई […]
मिथ्या सूचना रोक्न प्रशिक्षक उत्पादन गर्दै पत्रकार महासंघ
काठमाडौं । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना रोक्न नेपाल पत्रकार महासंघले प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघ मिलेर “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्चालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम दिएका हुन् । सञ्चारमाध्यमको विश्वसनीयता कायम राख्न र पत्रकारलाई सामाजिक सञ्जाल प्रयोगमा जिम्मेवार […]
क्यामेराको लेन्सबाट कथा लेख्ने तालिम
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा क्यामरेको लेन्सबाट पर्यटनको कथा लेख्न सिकाउने उद्देश्यले मंगलबारदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त साझेदारीमा सञ्चालन भइरहेको दीगो पर्यटन परियोजना (एसटीपी) ले राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) सँगको सहकार्यमा नि:शुल्क फोटो पत्रकारिता तालिम सुरु […]











