झलनाथ खनालले ल्याए खनालले ल्याए दोस्रो गीति एल्बम

काठमाडौँ, ४ चैत । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको विकास, समृद्धि र राष्ट्रियतासम्बन्धी गीति एल्बम बजारमा आउने भएको छ । उनको दोस्रो गीति एल्बम ‘परिवर्तनका स्वरहरू भाग २’ मिलन तिमल्सिनाको सङ्गीत र विभिन्न गायकगायिकाको स्वरमा यही चैत ९ गते प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीबाट सार्वजनिक हुने जनसांस्कृतिक महासङ्घले […]

प्रलेसमा चरम विवाद, समानान्तर प्रलेस बनाउने तयारी

काठमाडौँ, ४ चैत । वामपन्थी लेखक–साहित्यकारको साझा मोर्चा प्रगतिशील लेखक सङ्घ (प्रलेस) को एघारौँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा वैचारिक र नेतृत्वका साथै समानान्तर वा बेग्लै साहित्यिक संस्थाको बहस उत्पन्न भएको छ । डा ईश्वरचन्द्र ज्ञवाली नेतृत्वको अखिल नेपाल जनसांस्कृतिक महासङ्घले प्रलेसको औचित्यमाथि प्रश्न उठाउँदै बेग्लै संस्था गठनको तयारी गरेपछि विवाद देखिएको हो । महासङ्घ मोहन वैद्य […]

संस्कृतिविद सत्यमोहन जोशीलाई अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कार प्रदान

काठमाडौं, २८ फागुन । संस्कृतिविद सत्यमोहन जोशी अन्तराष्ट्रिय लोकसाहित्य पुरस्कारबाट पुरस्कृत भएका छन । मंगलबार राजधानीमा आयोजित एक समारोहमा जोशीलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सो पुरस्कार प्रदान गरेका हुन् । नेपाली लोक साहित्यमा अनवरत योगदान गरेका संस्कृतिविद् जोशीलाई कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले स्थापना गरेको सो पुरस्कार प्रदान गरेको हो । एक लाख एक […]

खतिवडालाई वेदमणि अभिनव वर्ष उत्कृष्ट गजल पुरस्कार

काठमाडौँ, २६ फागुन । अभिनव साहित्य समाजले स्थापनाको १८ औँ वार्षिकोत्सवका अवसरमा जनप्रतिनिधिलाई सम्मान गरेको छ । काठमाडौँ क्षेत्र नं. ३ (क) बाट प्रदेशसभा सदस्य पदमा विजयी छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल र गोकर्णेश्वर नगरपालिका–५ का अध्यक्ष नारायण सुवेदीलाई सम्मान गरिएको हो । जनप्रतिनिधिलाई सम्मान गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ […]

सुखानीको रगतले भन्छ हामीलाई, सही बाटो हिड्दैछौ कि भुल्यौ दाजुभाइ

‘सुखानीको रगतले भन्छ हामीलाई, सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाइ !’ छयालीस वर्षअघि झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएका ‘झापा विद्रोह’का पाँच अगुवा क्रान्तिकारीको शहादतको स्मृतिमा रचना गरिएको यो गीतले क्रान्तिको बाटो नभुल्न सन्देश दिइरहेको छ । विसं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा […]

मातृभाषा दिवसमा बहुभाषिक कवि गोष्ठी

फिदिम । बीसौँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा पाँचथरमा बहुभाषिक कवि गोष्ठी आयोजना गरिएको छ । लिम्बू विद्यार्थी मञ्चलगायत संस्थाको आयोजनामा सञ्चालित गोष्ठीमा कविले नेपाली, लिम्बू तथा शेर्पा भाषामा आआफ्ना रचना वाचन गरेका थिए । कवि प्रेम ओझा, दीलेन्द्र कुरुम्बाङ, मधुराज केरुङ, निशा लोवा, दोलाक्पा शेर्पा, सागर केरुङ लगायतले मातृभाषामा कविता वाचन गरे । नेपाल आदिवासी […]

दुई जनाले बोल्ने भाषा

नारायणपुर, ९ फागुन । ‘वनराजा’ र ‘वनकरिया’ जस्ता नामले समेत चिनिने कुसुण्डा समुदायको आफ्नै भाषा छ । यो भाषा अहिले लोप हुने खतरामा छ । भाषा लोप हुन थालेपछि कुसुण्डा समुदाय चिन्तित छ । सिङ्गो समुदायमा पूर्ण रुपमा यो भाषा जानेका दुई महिला मात्र छन् । बयासी वर्षीया ज्ञानीमैयाँ कुसुण्डा र ४२ वर्षीया कमला कुसुण्डा मात्रै […]

नियात्राकार रन्जु दाहालले ल्याइन् ‘प्रियसंगको यात्रा”

संजीप शुभचिन्तक,काठमाडौं, ५ फागुन । भीएस निकेतन स्कूलकी नेपाली विभाग प्रमुख समेत रहेकी साहित्यकार रन्जु दाहालले प्रियसंगको यात्रा’ नामक नियात्रा संग्रह बजारमा ल्याएकी छन् । शनिवार एक कार्यक्रमका बीच उनको पहिलो नियात्रा संग्रह सार्वजनिक भएको हो । नियात्रा विधाका जनक बरिस्ठ साहित्यकार डा ताना शर्मा,प्राडा निर्मोही ब्यास लगायतले रन्जुको प्रियसंगको यात्रा’सार्वजनिक गरेका हुन् । प्रमुख […]

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन साउनमा

काठमाडौँ, २९ माघ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले आगामी साउन १८–२० गते छैटौंँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन बेलायतमा आयोजना गर्ने भएको छ । अनेसासका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । सम्मेलनको सम्पूर्ण तयारी अनेसास बेलायत शाखाले गर्ने जिम्मेवारी लिएको छ । बेलायतले यसअघि पनि दोस्रो सम्मेलन सम्पन्न गरिसकेको […]

उपत्यकाका संचारगृहमा छिटै संयुक्त अनुगमन थाल्ने

काठमाडौं । २७ माघ २०७५ न्यूनतम पारिश्रमिक निर्धारण समितिले काठमाडौं उपत्यकामा रहेका विभिन्न संचार प्रतिष्ठानहरुमा संयुक्त रुपमा अनुगमन थाल्ने भएको छ । संचार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीहरुको न्यूनतम पारिश्रमिकमा वृद्धि गर्ने नेपाल सरकारको निर्णयपछि समितिले पारिश्रमिक भुक्तानीको अवस्था र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन विषयमा अनुगमन गर्न लागेको हो । समितिले नेपाल पत्रकार […]