प्रचण्डले सार्वजनिक गरेकाे शमी साहित्यिक पत्रिकाको पहिलो अङ्क पाँच हजार

काठमाडौँ, २५ साउन । साहित्यिक पत्रिकाको वितरण चुनौतीपूर्ण देखिएका बेला नवप्रकाशित ‘शमी’ साहित्यिक मासिक पत्रिका पहिलो अङ्क नै पाँच हजार १०० प्रतिसहित बजारमा आएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विमोचित सो पत्रिका ‘शमी साहित्य प्रतिष्ठान’ले बजारमा ल्याएको हो । सातै प्रदेशमा बजार प्रवद्र्धक राखेर विज्ञापन सङ्कलन र बजार प्रवद्र्धन तथा विशिष्ट एवम विविध रचना समावेशको लक्ष्यसहित पत्रिका प्रकाशन गरिएको प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए ।

पहिलो अङ्कमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशीको व्यक्तित्व र कृतित्वबारे समालोचना तथा अन्य विधाका रचना समावेश छन् । नेपाली पत्रकारिताको थालनी साहित्यिक पत्रिकाबाटै भएको हो । पत्रिकाको प्रधानसम्पादक प्रदीप नेपाल र कार्यकारी सम्पादक लव गाउँले छन ।

Loading...