पानी पटाउने क्रममा गयो किसानको ज्यान

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा एक किसानको ज्यान गएको छ।पानी पटाउने क्रममा उनको ज्यान गएको हो। ज्यान गुमाउने व्यक्ति मध्यपुर थिमि वडा नम्बर १ का ६८ वर्षीय लाजु प्रजापति रहेका छन्। पारिवारिक स्रोतका अनुसार वडा नम्बर ३ स्थित तरकारी बारीमा पानी पटाउने क्रममा सोमबार बिहान साढ़े ७ बजे उनको निधन भएको हो। हनुमन्ते खोलामा रहेको […]

कांग्रेस कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक वैशाख २ गते (बुधबार ) बस्ने भएको छ । वैशाख ४ गतेका लागि तोकिएको संसदीय दलको नेता चयन सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको जानकारी गराइएको छ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने जानकारी गराइएको छ । संसदीय दलको नेतामा अर्जुनरसिंह केसी, भीष्म आङ्देम्बे, मोहन आचार्य, […]

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको भाउ घटेको छ। आइतबार तोलामा दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ९७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।  […]

चिडियाखानाभित्र डुबेको अवस्थामा पुरूष फेला, अस्पताल पुर्याउदा मृत घोषणा

ललितपुर । ललितपुरको जावलाखेलमा रहेको चिडियाखानामा डुबेको अवस्थामा फेला परेका पुरूषको मृत्यु भएको छ। सोमबार बिहान चिडियाखानाको पोखरीमा एक पुरूष डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार अन्दाजी ५५ वर्षीय पुरूषलाई तत्कालै पाटन अस्पताल लगिएको थियो। ‘डुबेको अवस्थामा फेला परेपछि तत्कालै पाटन अस्पताल पुर्‍याएका थियौं। अहिले मृत घोषणा […]

वैशाख महिनाका लागि ७ बैंकले थप घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थासँगै बैंकहरूको ब्याजदर अत्याधिक घटिसकेको छ । बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्दै आएका छन् । सोमबार वैशाख महिनाका लागि नयाँ ब्याजदर सूची सार्वजनिक गरेका हुन् । चैतको तुलनामा वैशाखमा […]

पश्चिमी र स्थानीय वायुको दोहोरो प्रभावले यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । नेपालको मौसमी प्रणालीमा अहिले पश्चिमी र स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको हो। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ भने अन्य पहाडी भू-भागमा आंशिक बादल लागेको […]

हंगेरीमा १६ वर्ष लामो ‘ओर्बान युग’ शासन ढल्यो, युरोपेली संघ पक्षधर म्याग्यारलाई ऐतिहासिक मत

बुडापेस्ट । युरोपेली संघ (ईयू) को नीतिको कडा आलोचक मानिने हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाएका छन्। आइतबार सम्पन्न निर्वाचनमा हंगेरीका नागरिकले ऐतिहासिक रूपमा मतदान गर्दै युरोपेली संघको पक्षमा वकालत गर्ने मध्य-दक्षिणपन्थी नेता पिटर म्याग्यारलाई अत्यधिक मत दिएका हुन्। देशको सुस्त अर्थतन्त्र र बढ्दो महँगीका कारण ६२ वर्षीय ओर्बानको राष्ट्रवादी ‘फिडेज’ पार्टीले म्याग्यारको […]

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । नयाँ सरकार बनेपछि सम्पत्ति विवरण सार्वजनिक नभएको भन्दै प्रश्न उठिरहेको थियो । यसैबीच आइतबार साँझ प्रधानमन्त्रीसहितका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो । 

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति सार्वजनिक : प्रायसंग पर्याप्त सुन, शिक्षामन्त्री सबैभन्दा धनी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनसहित मन्त्रिपरिषद्का मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सार्वजनिक विवरणमा धेरै मन्त्रीसँग उल्लेख्य मात्रामा सुन रहेको देखिएको छ। प्रधानमन्त्री शाहले आफूसँग तथा श्रीमतीसँग गरी १९० तोला सुन–चाँदीका गहना रहेको उल्लेख गरेका छन्, यद्यपि सुन र चाँदीको छुट्टै विवरण भने खुलाइएको छैन। उनका अनुसार सामाजिक सञ्जालबाट कमाइ गरेको करिब १ करोड […]

विद्यार्थी संगठन खारेजबिरुद्ध विप्लव : घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेलिन्छ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीति विरुद्ध विद्यार्थी संगठनहरूले गरेको विरोध कार्यक्रमप्रति पार्टीको समर्थन रहेको जनाएका छन् । नेता विप्लवले आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढ्न विद्यार्थी संगठनलाई सुझाव समेत दिएका छन् । ‘सरकारको यो सोच निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति हो । विद्यार्थी संगठनहरू सचेतता, खबरदारी, न्याय, […]