काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । छलफल कार्यक्रम मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यक्रममा सांसदहरूले आआफ्ना ‘क्लस्टर’ का समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा प्रस्तुत गर्ने गरी कार्यक्रम तय भएको छ […]
समाचार
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भू-भागमा बदली र वर्षाको सम्भावना बढेको हो। अहिले विशेष गरी हिमाली क्षेत्रमा बादल लागेको छ भने पहाडी भेगमा आंशिक बदलीको अवस्था छ। तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका पहाडी र […]
अनुसन्धान भइरहेका विषयमा भ्रामक सूचना प्रकाशन नगर्नू- प्रहरी
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले दर्ता भएर अनुसन्धान जारी रहेका घटनाका सम्बन्धमा भ्रामक, अप्रमाणित सूचना सृजना गरी प्रसारण/प्रकाशन नगर्न अनुरोध गरेको छ। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले दर्ता भएको ज्यानसम्बन्धी कसूरका आरोपी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकउपर सर्वोच्च अदालतको परमादेश र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनमा माथवर व्यक्तिको जमानीमा […]
इरानमाथि लगाएको नाकाबन्दी हटाउन अमेरिकालाई साउदीको दबाब
काठमाडौँ । साउदी अरबले अमेरिकालाई इरानमाथि लगाएको नाकाबन्दी हटाउन दबाब दिएको छ। इरान माथिको नाकाबन्दी हटाउन र पुनःवार्ताको टेबलमा फर्कन साउदीले अमेरिकालाई दबाब दिइरहेको भनेर द वाल स्ट्रिट जर्नलले जनाएको छ। नाकाबन्दीले इरानलाई थप उत्तेजित बनाउने र इरानले अन्य महत्त्वपूर्ण जलमार्गहरूमा अवरोध पुर्याउन सक्ने साउदीलाई डर छ। त्यसैले साउदीले अमेरिकालाई नाकाबन्दी अन्त्य गर्न दबाब हालेको […]
२९ वैशाखभित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को १ महिनाभित्र नतिजा सार्वजनिक गर्नेगरी इन्ट्रीको काम गरिरहेको छ । बोर्डले २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार जिल्ला जिल्लाबाट मार्कस्लिप र उत्तरपुस्तिका आइरहेको छ । एसईई १९ देखि २९चैतसम्म सञ्चलान भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै […]
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ। पार्टी सभापति गगन कुमार थापाले मंगलबार काठमाडौं महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको शुभारम्भ गरेका हुन् । क्रियाशील सदस्यता अध्यावधिक गर्ने र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानको रुपमा घोषणा गरेको छ। संगठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले सुरु […]
हर्क साम्पाङ भन्छन् : मेरो नाममा केही छैन, आमाको नाममा भिरालो पाखो र उतिस घारी मात्रै छ
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो सम्पत्ति विवरणबारे सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्। पछिल्लो समय आफ्नो सम्पत्तिलाई लिएर चासो र चर्चा हुन थालेपछि उनले फेसबुकमार्फत पैतृक र व्यक्तिगत सम्पत्तिको फेहरिस्त सार्वजनिक गर्ने घोषणा गरेका हुन्। उनले आफ्नो नाममा कुनै पनि व्यक्तिगत सम्पत्ति नरहेको दाबी गर्दै पुर्ख्यौली सम्पत्तिको रूपमा […]
आजदेखि विसं २०८३ प्रारम्भ, हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदै
काठमाडौँ । आजदेखि नेपालीहरूको नयाँ बर्ष विसं २०८३ को औपचारिक सुरुआत भएको छ। नयाँ वर्ष केवल पात्रो फेरिने दिन मात्र होइन, आशा, ऊर्जा र नयाँ सङ्कल्प बोकेर आउने एउटा महत्वपूर्ण मोडका रूपमा पनि लिइन्छ। वैशाख १ गतेको यो दिन देशभर हर्षोल्लासका साथ शुभकामना आदानप्रदान, भेटघाट गरी मनाइँदै छ। नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा […]
नयाँवर्षको पूर्वसन्ध्यामा यस्तो आयो पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल (पूर्णपाठ)
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले संवैधानिक समाधान खोज्न विलम्ब नगर्न सबै पक्ष संकल्पित हुनुपर्ने बताएका छन् । सोमबार नयाँ वर्ष–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन हुँदैन नहुने बताए । निषेध, फुट, बन्द र विद्रोहले हामी कमजोर हुने बताउँदै पूर्वराजा शाहले सबै पक्षको माग सम्बोधन हुनेगरी […]
प्रधानमन्त्रीलाई भारतबाट भ्रमणको निम्तो आएको छ : परराष्ट्रमन्त्री खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहलाई भारतबाट भ्रमणको निम्तो आएको बताएका छन् । ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रा प्रधानमन्त्री बालेन शाहलाई बधाइ चिठी पठाउँदा नै भ्रमणको निम्ति सहित आएको छ,’ नवौं हिन्द महासागर सम्मेलनमा सहभागी भएर फर्केका मन्त्री खनालले सोमबार विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने । यद्यपि भ्रमणको तिथि मिति भने तय भइनसकेको […]











