खड्गी समुदायद्धारा भिक्षु धर्मगुरु प्रशिक्षण थालनी

चैत २९  , काठमाडौँ । पूर्व मन्त्री डा.केशवमान शाक्यले गृहस्थमै भिक्षु बन्ने परम्परा लोप भइसकेको अवस्थामा खड्गी सेवा समितिले पुनजार्गित गरेको बताउनुभयो । समितिले सोमवार राजधानीमा आयोजित नेवाः धर्म गुरू प्रशिक्षण सार्वजनिक सामारोहमा उहाँले समाजबाट लोप भइसकेको परम्परालाई पुन थालनी गरेको बताउनुभएको हो । पूर्वमन्त्री शाक्यले चार हजार वर्ष अगाडि पहिचान बनाएका खड्गी समुदायले बौद्ध […]

बागमती नदीलाई व्यवस्थित बनाउन वीस बर्षे ‘एक्सन प्लान’ बन्ने

चैत २८, काठमाडौं। काठमाडौँ उपत्यकाको मुख्य नदि  बागमतीलाइ  व्यवस्थित बनाउन वीस बर्षे ‘एक्सन प्लान’ बन्ने भएको छ। बढ्दो जनधनत्व , अव्यबस्थित शहरीकरणका कारणले दिनानुदिन प्रदुषित बन्दै गएको बागमती नदीको संरक्षण र विकास गर्ने उदेश्यसहित सरकारले वीस बर्षे ‘एक्सन प्लान’ बनाउन लागेको हो। यसअघि बनाएको पाँच बर्षे ‘एक्सन प्लान’ अपुरो भएको भन्दै प्रदुषित भएको नदीलाई सफा […]

१४ करोडमा खरिद गरिएको ब्रुमर चालक नभएका कारण थन्किए

चैत २८ , काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन वर्षअघि करिब १४ करोड रुपियाँमा खरिद गरेको ७ वटा इटालियन ब्रुमर चालक नभएका कारण थन्किएको छ । ब्रुमर नभएपछि कामपाले बाटो बढार्न सकेको छैन । ब्रुमरसँगै ३ वर्षसम्म चालक दिने सहमति भएको थियो । करिब दुई साता अघि ब्रुमरसँग आएका चालकको म्याद सकिएपछि ब्रुमर थन्किएको हो । […]

भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा सुरु

सौर्यमासका आधारमा मनाइने देसको एकमा मात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का बिस्केट जात्रा आजबाट सुरु भएको छ । तौमदि स्थित नागपताकासहितको लिङो उथादै जात्रा ८ दिन ९ रात मनाइने भक्तपुरमा नौ दिन आठ रात बिस्केट जात्रा पाँचतल्ले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिएको हो । नाग र नागिनको संहार गरि बस्ती विस्तार […]

फुट्यो लामो इतिहास बोकेको मसालको रक्तिम परिवार

काठमाडौँ । नेकपा (मसाल)को सांस्कृतिक मोर्चा औपचारिक रुपमा विभाजन भएको छ । रक्तिमले शनिबार संवाद डबलीमा ३६ औं स्थापना दिवस मनाउँदै शर्माको अध्यक्षमा नयाँ कार्यसमिति घोषणा गरिएको छ । रक्तिमको संस्थापन पक्षले मसालसँग सम्बन्ध विच्छेद गर्दै नयाँ समितिको घोषणा गरेको हो । नयाँ समितिको उपाध्यक्षहरुमा निलिमा पुन, दलबहादुर बिक र मानबहादुर भण्डारी रहेका छन् । […]

प्रधानमन्त्री देउवा बाट मंगलबार मेलम्ची खानेपानी आयोजनाको उद्घाटन हुने

चैत २६, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नुहुनेछ । खानेपानीमन्त्री उमाकान्त चौधरीले गोरखापत्र दैनिकसँग कुरा गर्दै खानेपानी आयोजनाको सम्पूर्ण सफाइ पूरा भएको र यही चैत २९ गते मङ्गलबार प्रधानमन्त्रीबाट उद्घाटन हुने जानकारी दिनुभयो […]

नेता वा कार्यकर्ताले पार्टीको विचार र उम्मेदवारको पक्षमा प्रचार गर्न नपाउने, नेताका पोष्ट सेयर गर्न पनि नपाउने

काठमाडौं । राजनीतिक पार्टीका शुभचिन्तक, नेता तथा कार्यकर्ताले अब सामाजिक सञ्जालमा आफ्नो पार्टी वा उम्मेदवारका पक्षमा प्रचारप्रसार गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले आचारसंहिता जारी गर्दै यस्तो प्रतिबन्ध लगाएको हो । निर्वाचनमा सामाजिक सञ्जालको प्रयोगले व्यापक विवाद सिर्जना हुने गरेको भन्दै आयोगले यस्तो प्रतिबन्धात्मक व्यवस्था गरेको बताइएको छ । शुक्रबार मध्यरातदेखि लागु हुने गरी […]

अर्थतन्त्र डावाडोल पार्न भूमिका खेलेको भन्दै गर्भनर महाप्रसादमाथि सरकारले थाल्यो छानविन

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने प्रक्रिया थालेको छ । राष्ट्र बैंकको महत्वपूर्ण सूचना चुहाउने गरेको भन्दै सरकारले उनीमाथि छानविनको प्रक्रिया अगाडि बढाएको हो । सरकारले उनकाबारेमा जाँचबुझ समिति बनाएपछि नेपाल राष्ट्र बैंक ऐनअनुसार उनी स्वतः निलम्बनमा परेका हुन् । अर्थमन्त्रालयका अनुसार सरकारले तत्कालका लागि डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक […]

सामाजिक सञ्जालमा उम्मेदवार र दलले बाहेक अरुले प्रचार गर्न नपाउने

    चैत२५, काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवार र दलले बाहेक अरुले सामाजिक संजाल बात प्रचार गर्न नपाइने भएको छ ।   निर्वाचन आयोगले शुक्रबार आजकै मिति -२५ चैत- लागू गरेको आचार संहिता अनुसार सामाजिक सञ्जालमा प्रचार पोस्ट वा शेयर गर्न पनि पाइने  जनाएको हो । जारि आचार संहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा […]