नायिका केकीले गुपचुपमा विवाह गरेको खुलासा

काठमाडौँ । अभिनेत्री केकी अधिकारीले गुपचुप विवाह ग​रेकी छिन । आफ्नो प्रेम जीवनलाई सोसल मिडिया र मिडियामा छताछुल्ल बनाउन पछि नपर्ने कलाकारहरुको भिडमा केकी भने आफ्नो सम्बन्धलाई गोप्य राख्ने अभिनेत्रीमा पर्छिन् । यसैले गर्दा पनि उनको विवाहको खबर सहकर्मीलाई समेत पूर्णरुपमा जानकारी छैन । केकीले रोजेकी जीवनसाथी व्यवसायी रोहित तिवारी हुन् । केकी र रोहित […]

दार्चुलामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका-६ ग्वानीमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । शान्तिपूर्ण र्‍याली गरिरहेको समयमा कांग्रेसका कार्यकर्ताले आफूमाथि ढुंगा र सिसाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ता राजेश विष्टले आरोप लगाए । झडपमा एमालेका केही कार्यकर्ता घाइते भएको र गाडीका सिसा फुटाइएको पनि विष्टले बताए । घाइतेको टाउकोमा चोट लागेको छ […]

काठमाडौँको मेयरका लागि कांग्रेसबाट ५ जनाको नाम सिफारिस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारका लागि नेपाली कांग्रेसबाट ५ जनाको नाम सिफारिस भएको छ । काठमाडौँ महानगरपालिका समितिको बैठकले महानगरपालिकाको मेयर पदका लागि ५ जना र उपमेयरका लागि २ जनाको नाम सिफारिस गरेको हो । मेयरका लागि श्रृजना सिंह, हरिप्रभा खड्गी, सुशन वैद्य, नीलकाजी शाक्य र प्रगतीमान रञ्जितको नाम कांग्रेसको महानगर समितिले सिफारिस गरेको […]

तीन महानगर प्रमुखमा एमालेले बनायो सर्वसम्मत उम्मेदवार, बाँकीमा विवाद कायमै

काठमाडौँ । देशका ६ वटा महानगरपालिकामध्ये नेकपा एमालेबाट ३ वटामा प्रमुखमा सर्वसम्मत उम्मेदवार तय भएका छन्। चितवनको भरतपुर, ललितपुर र पर्साको वीरगन्ज महानगरपालिकामा तल्लो कमिटीबाट सर्वसम्मत आएका नामलाई एमालेको सचिवालय बैठकले सदर गरेको हो। ललितपुर महानगरपालिकामा हरिकृष्ण ब्यन्जनकार, वीरगन्जमा विजय सरावगी र भरतपुर महानगरपालिकामा विजय सुवेदी एमालेबाट मेयरमा उठ्ने भएका छन्। एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले […]

मकवानपुरबाट सात हजार परीक्षार्थीले एसईई दिने

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षा शुक्रबारबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण गत दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको एसईई परीक्षा यसवर्ष परीक्षा केन्द्र तोकेर सञ्चालन गर्न लागेको हो । मकवानपुरबाट एसईईमा १ सय ३६ विद्यालयका ७ हजार १ सय ३८ जना परीक्षार्थी सहभागी हुनेछन् […]

दल, चुनाव चिन्ह अंकित सामग्री उत्पादन तथा प्रयोग गरे ऐनबमोजिम कारबाही हुने

वैशाख ८ ,काठमाडौँ   । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीतका दल, चुनावी चिन्ह अंकित सामग्री उत्पादन नगर्न नगराउन निर्देशन दिएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका सामग्री प्रयोग भइरहेको गुनासो बढेपछि आयोगले आचारसंहिताको उक्त व्यवस्थाबारे दल, उम्मेदवार र सर्वसाधारणलाई पुनः स्मरण गराएको हो ।  आयोगले आचारसंहिताविपरीतका यस्ता सामग्री उत्पादन तथा प्रयोग गरेको पाइए ऐनबमोजिम कारबाही गर्ने […]

बीबीसी मास्टर सेफको टोलीबाट नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धन

काठमाडौँ । बीबीसी मास्टर सेफ सन्तोष साहसहित सेफहरुको टोलीले नेपालको मौलिक खना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरेका छन् । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछि नेपाली पर्यटनक्षेत्रको पुनरुत्थान अभियान अन्तर्गत “बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०” का फाईनालिस्टहरुलाई नेपालको मौलिक संस्कृति र खाना मार्फत गन्तव्यको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल […]

‘गठबन्धन गर्दै गर्दा केन्द्रको निर्णय मान्नुपर्छ र हामी मान्छौँ ’ : चिरिबाबु महर्जन

काठमाडौँ –  लितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धन गर्दै गर्दा केन्द्रको निर्णय मान्ने बताउनु भयो। मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मेयर महर्जनले गठबन्धनले महानगरपालिकामा गर्ने भागबन्डा आफूहरुले मान्ने बताउनु भएको हो ।  उहाले ललितपुर महानगरपालिका भने नेपाली कांग्रेसले पहिले पनि निर्वाचन जितेको हुनाले यस पटकको निर्वाचनमा अरुलाई नछोड्ने बउनु भयो । त्यसैगरी मेयर […]

सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु हुन चार दिन मात्र बाँकी रहँदा सत्ता गठबन्धनका शीर्ष नेता टिकट बाँडफाँट र तालमेललाई अन्तिम रूप दिन आज बुधबार पनि छलफलमा बस्दैछन् । प्रधानमन्त्री निवास बालुवाटारमा हुने बस्ने बैठक ११ बजेबाट सुरु हुने बताइएको छ । मंगलबार महानगरको भागबण्डा मिलाएको गठबन्धन बैठकले बुधबार उपमहानगरपालिकाको टुङ्गो […]

चिया पसलदेखि करोडौंको मालिक बनेका कार्कीको संघर्षको कथा

काठमाडौं । संघर्ष नै जीवन हो भन्ने कुराको प्रमाण खोज्न कहिलेकाही हामी टाढा पुग्नै पर्दैन । जस्तोसुकै परिस्थितीमा पनि विचलित नभई मिहेनत गर्न छाडेन भने सफलता पाइन्छ भन्ने उदाहरण हाम्रो समाजमा प्रशस्तै छन् । यस्तै उदाहरण मध्येका एक हुन् भगवान कार्की । चितवनमा जन्मिएर काठमाडौंमा हुर्किएका कार्की नुवाकोटसँग पनि एकदमै नजिक छन् । किनकी उनको […]