भक्तपुरमा गोपाल ढकालको ज्यान लिएर फरार रहेको अभियोगमा थप एक व्यक्ति पक्राउ परेका छन् । भक्तपुरकाे चाँगुनारायण घर भएका २९ वर्षीय सन्तोष सुवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तेह्रथुमकाे छथर गाउँपालिका-२ घर भई भक्तपुरको सूर्यविनायक ८ सिपाडोल बस्ने ३३ वर्षीय गोपाल ढकाल गत फागुन ११ गते सोही स्थानको एक कच्ची गोठमा परालले छोपेको अवस्था […]
समाचार
शाहबाज पाकिस्तानको २४ औं प्रधानमन्त्री
पाकिस्तानमा शाहबाज सरिफ देशको २४ औं प्रधानमन्त्री बनेका छन् । शहबाज सरिफ २०१ मत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । पीएमएल-एनका अध्यक्ष शहबाज शरीफ २०१ मत प्राप्त गर्दै पाकिस्तानको २४औँ प्रधानमन्त्री निर्वाचित भएको राष्ट्रिय सभाका अध्यक्ष सरदार अयाज सादिकले घोषणा गरेका छन् । प्रधानमन्त्रीका लागि पीटीआईका उम्मेदवार ओमर अयुब खानले ९२ मत प्राप्त गरे । […]
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुसँग सभापति देउवाको छलफल
काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरेका छन्। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सभापति देउवाले आइतबार अपरान्ह छलफलका लागि बुढानीलकण्ठस्थित निवासमा बोलाएका थिए। मन्त्रिपरिषद् पुन: गठन, राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र गठबन्धनका विषयमा सत्ता गठबन्धनमा विषयमा उनले छलफल गरिएको बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ […]
एमाले अध्यक्ष ओली आइतबार राति पनि पुगे प्रधानमन्त्री निवास
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार राति पनि बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न उनी बालुवाटार पुगेका हुन् । पार्टी महासचिव शंकर पोखरेलका साथमा अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका बताइएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओलीबीच आइतवार बिहान पनि छलफल भएको थियो । भेटमा संक्रमणकालनी […]
संसारका सबैभन्दा पुराना शहर : ११ हजार वर्ष अघिदेखिको इतिहास
काठमाडौं, २० फागुन २०८० । संसारमा विद्यमान हरेक चिजको आफ्नै इतिहास छ। हामी वरपरका चीजहरू, खाना, भवनहरू सबैको कुनै न कुनै इतिहास छ, जसलाई मानिसहरू प्रायः जान्न उत्सुक हुन्छन्। इतिहास जान्न मन पराउने मानिसहरू प्रायः ऐतिहासिक चीजहरू खोज्न संसारका विभिन्न कुनाहरूमा जान्छन्। यस्तो अवस्थामा आज हामी तपाईलाई ती सहरहरूको बारेमा बताउनेछौं, जुन संसारका सबैभन्दा पुराना […]
देश वृद्धाश्रम बन्ने खतरा रहेको उपप्रधान एवं गृहमन्त्रीको खुलासा
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवाहरू बिदेसीने र उतै पलायन हुने क्रम बढेकोले देश वृद्धाश्रम बन्ने खतरा रहेको बताएका छन् । शनिबार गोरखा पत्रकार समाजका प्रतिनिधि संग कुरा गर्दै उनले सोकुरा बताएका हुन् । […]
केपी ओली कपको फाइनलमा आज मछिन्द्र र एनआरटी भिड्दै
काठमाडौं, १९ फागुन । जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा आज मछिन्द्र क्लब र एनआरटी क्लबको भिडन्त हुदैँछ । दशरथ रंगशाला, त्रिपुरेश्वरमामा हुने यो खेल अपराहन्न ५ बजेदेखि शुरु हुदैँछ । विहिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने विहिबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा […]
पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने प्रधानमन्त्रीको विश्वास
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ् सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रवार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न यो कार्यक्रमले योगदान पुर्याउने बिश्वास व्यक्त गरेका हुन् । विशिष्ट पाहुनाहरूबाट […]
विकास निर्माणका काम जस्तै अब खेलकुद विकासका काम हुन्छ : मेयर काफ्ले
रौतहट,१८ फागुन । चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले नगरमा हुने अन्य विकास निर्माणका काम जस्तै खेलकुदको विकासका लागि पनि प्राथमिकता दिने बताएका छन् आजबाट चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित बागमती माध्यमिक विद्यालयमा सुरु भएको तेस्रो नगरस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख काफ्लेले सो कुरा बताएका हुन्। मेयर काफ्लेले रौतहटको चन्द्रपुर नगरपालिकाका […]
ऐलानी जग्गा व्यक्तिको नाममा पास गर्ने पर्साका तत्कालीन मालपोत अधिकृतसहित चारजना दोषी
मालपोत कार्यालय पर्साका ४ कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । गलत लिखत तयार गरी ऐलानी जग्गा व्यक्तिको नाममा पास गरेको मुद्दा खेपिरहेका उनीहरु दोषी ठहर भएका हुन् । मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र नायब सुब्बा लेखनाथ भट्टराईसहित चारजना दोषी ठहर भएका छन् । उनीहरु संगै वीरगञ्ज महानगरपालिका-२ का ज्याउल […]










