आलु किसान मूल्य राम्रो पाउँदा हर्षित

सर्लाही, २७ माघ । आलुको राम्रो मुल्य पाएपछि सर्लाहीका किसान खुसी छन् । बरहथवा र बागमती नगरपालिकाका किसानले अघिल्लो वर्षको तुलनामा यस वर्ष आलुको राम्रो मूल्य पाएपछि खुसी भएका हुन्। आलु उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको बरहथवा र बागमतीका किसानले आलुबाट मनग्य आम्दानी गरेका छन्। अघिल्लो वर्ष आलु उत्पादनबाट राम्रो आम्दानी गर्न नसकेका बरहथवा नगरपालिका–५ […]

आफ्नै घरमा गम्भीर घाइते पूर्वसचिव कार्कीकी पत्नीको उपचारका क्रममा मृत्यु

काठमाडौं, २७ माघ । आज विहान ललितपुरको सानेपामा नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको  मुनाको हत्या प्रयास भएको थियो । गम्भीर घाइते भएकि मुनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि स्टार अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोमबार […]

पूर्वसचिव कार्कीकी पत्नी मुनाको हत्या प्रयास, कामदारको शव झुण्डिएको अवस्थामा

काठमाडौं, २७ माघ । आज विहान ललितपुरको सानेपामा नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या प्रयास भएको छ । कार्कीको घरमा काम गर्ने दाङ घर भएका विजय चौधरीको शव भने झुण्डिएको अवस्थामा फेला परेको छ । कार्कीकी पत्नी मुनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । टाउकोमा गम्भीर चोट लागेर रगतले लतपतिको अवस्थामा उनी भान्सामा […]

तुलसीपुरमा जीप दुर्घटना, ६ घाइते चालक फरार

तुलसीपुर, २७ माघ ।  दंगीशरण गाउँपालिका –१ फुर्केसल्लीस्थित साउनेमा गएराति जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण १ निवासी ४३ वर्षका पलाल बुढामगर, उनकी आमा ७३ की जयकली बुढामगर, १२ वर्षका भुवन घर्ती, १४ वर्षका प्रदीप परियार, ४० वर्षका मनकुमारी बुढामगर र २७ वर्षका प्रकाश बस्नेत घाइते भएको इलाका प्रहरी […]

१ सय २० अधिकृत अलपत्र, पत्र लिएर महिनौं भौतारिए

काठमाडौं, २७ माघ । स्थानीय तहका लागि लोकसेवा आयोगद्वारा नियुक्त गरिएका १ सय २० जना अधिकृत अझै अलपत्र परेका छन् । लोकसेवा आयोगले नियुक्त गर्नु अगावै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गरेर पठाइदिएपछि ती अधिकृत अलपत्र भएका हुन् । लोकसेवाले देशभरका स्थानीय तहका लागि झन्डै ९ हजार कर्मचारी छनोट गरी विभिन्न स्थानीय […]

विप्लवका कार्यकर्ता पेस्तोलसहित पक्राउ

बैतडी, २७ माघ। बैतडीमा बिप्लब नेतृत्वको प्रतिबन्धीत नेकपाका युवा संगठन जिल्ला इन्चार्ज लोकेन्द्र धामी पक्राउ परेका छन् । आइतबार दिउँसो दोगडाकेदार गाँउपालिका वडा न. ७ सित्तडबाट १ थान पेस्तोल र पर्चा, पम्पलेटहरु सहित धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लि नारायण पाण्डेले बताए । पक्राउ परेका धामीलाई जिल्ला प्रहरी कार्यालयमा […]

वुहानमा रहेका नेपालीलाई लिन ३ फागुनमा नेपाल एयरलाइन्सको वाइडबडी चीन जाने

काठमाडौं २७ माघ । नेपाल सरकारले चीनको वुहानस्थित कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीलाई लिन ३ फागुनमा नेपाल एयरलाइन्सको वाइडबडी एयरबस ३३० विमान पठाउने गरी तयारी थालेको छ । त्यस दिन कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने भएको छ । वुहानमा अधिकांश अध्ययनका […]

कांग्रेस भ्रष्टहरुको पार्टी भयो – अध्यक्ष बिजुक्छे

भक्तपुर, २७ माघ । भक्तपुर नगरपालिकाद्वारा आयोजित जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार देखि शुरु भएको दुई दिने प्रतियोगिता शनिबार सफलताका साथ सम्पन्न  भएको हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा आइतबार धिमेबाजा प्रतियोगिताको समापन तथा विजयी टोलीहरुलाई पुरस्कार वितरण समेत गरिएको छ । शनिबार र […]

कलश यात्रा गर्दै माधव नारायण व्रत समापन (फोटो फिचर)

माघ २६ ,काठमाडाैँ । नेवाः समाजमा प्रचलित परम्परागत माधव नारायण व्रत समापन गरिएकाे छ । माघ एक महिनासम्म हुने कठिन ब्रतपछि कलश यात्रा गर्दै अाज समापन गरिएकाे हाे । यसै क्रममा काठमाडाैँ, बुढानिलकण्ठ नगरपालिका, वडा नम्बर १३ अन्तर्गत टुसालस्थित ऋषेश्वर महादेवस्थानदेखि चुनिखेल, तुप्या हुँदै नाैलिन भद्रकालीसम्मकाे यात्रा पनि समापन गरिएकाे तुप्याका संस्कृतिकर्मी रामलाल श्रेष्ठले बताउनु […]

आज रंगशालाको धनधान्याचलमा कलाकारहरुले यति ठुलो सहयोग

चितवन, २६ माघ । रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव भईरहेको छ ।  चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा धनधान्याचल महोत्सवमा आज कलाकारहरुले आर्थिक सहयोग गरेका छन् । धनधान्याचल महोत्सव स्थलमा पुगेर कलाकारहरुले सहयोग गरेका छन् । सुपर हिट चलचित्र ‘छक्का पञ्जा’ सिरिज टिमले एक लाख ११ हजार एक सय ११ रुपैयाँ […]