‘पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छ’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्ब बराबरको पेट्रोलियम आयात घटाउन सकिने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले पेट्रोलमा इथानोल मिसाउने निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको चरणमा पुगेको बताएका हुन् । यसले नेपालबाट वार्षिक […]

निर्वाचनको लागि सशस्त्र प्रहरीलाई भारतले दियो १० हजार सेल टियर ग्याँस

काठमाडौँ । सशस्त्र प्रहरी बललाई भारत सरकारले अनुदानमा टियर ग्याँस सेल दिएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भारत सरकारले सशस्त्रलाई टियर ग्याँस दिएको हो । निर्वाचनमा प्रयोग गर्न १० हजार सेल टियर ग्याँस भारत सरकारबाट प्राप्त भएको सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले बताए । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागी भारत […]

क्लब ५० मा नयाँ नेतृत्व

काठमाडौँ क्ल्ब ५० नेपालको १९ औँ साधारण सभा सम्पन्न भएको छ । काठमाडौँ स्थिति अलोफ्ट होटलमा सम्पन्न १९ औँ साधारणसभाबाट निवर्तमान क्लबका वरिष्ठ उपाध्यक्ष रोशनकुमार न्याछ्यौँ अध्यक्षका लागि सर्वसम्मतबाट चयन भएको घोषण निर्वाचन आयुक्त दीपक मल्होत्राले गरे । त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रदीपकुमार कार्की, उपाध्यक्ष युवराज श्रेष्ठ महासचिव हवेन्द्रप्रसाद देव कोषाध्यक्ष पदमराज सुवेदी कार्यकारिणी सदस्यहरुमा सुवर्ण […]

भूमध्यसागरमा डुङ्गा दुर्घटना: लिबिया र ग्रीसमा आठ शव भेटिए

त्रिपोली । भूमध्यसागर हुँदै युरोप पुग्ने प्रयासका क्रममा भएको पछिल्ला दुर्घटनामा लिबिया र ग्रीसमा गरी आठ जनाको शव फेला परेको छ । अधिकारीहरूले शनिबार लिबियाको राजधानी त्रिपोली नजिक र ग्रीसको क्रेट टापु आसपास छुट्टाछुट्टै घटनामा मृत्यु भएको पुष्टि गरेका हुन् । लिबियामा समुद्री किनारमा बगेर आएका पाँच आप्रवासीको शव स्थानीय बासिन्दाले कास्र अल–अख्यार तटीय सहर […]

रौतहटमा धार्मिक सहिष्णुता बिथोल्न खोजेको आरोपमा २३ जना नियन्त्रणमा

काठमाडौँ । रौतहटको गौरमा हिन्दु र मुस्लिम समुदायको विवादलाई थप चर्काउने भूमिका खेलेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जम्सेद र गौर नगरपालिका–६ का वडा अध्यक्ष अवध बिहारी शाहलाई पक्राउ गरेको छ । जम्मेद र शाह सहित कर्फ्यू उल्लङ्घन गर्ने थप २१ जनालाईपनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले […]

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्यमा वृद्धि भएको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, प्रतिदश ग्राम सुनको मूल्य २ लाख ६६ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको […]

विश्वव्यापी १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । सर्वोच्च अदालतले यसअघि उनले लगाएका आयात कर खारेज गरेपछि ट्रम्पले त्यस निर्णयको आलोचना गर्दै नयाँ कदम चाल्ने बताएका हुन् । शुक्रबार उनले अदालतले खारेज गरेका शुल्कको सट्टा अमेरिकामा आउने सबै वस्तुमा १० प्रतिशत कर लगाइने बताएका थिए । […]

गौरमा कर्फ्यु कायमै, भारत–नेपाल सीमामा समेत कडाइ

रौतहट । गौर नगरपालिका–६ सवगढामा भएको साम्प्रदायिक झडपपछि उत्पन्न तनावका कारण जिल्ला प्रशासन कार्यालय रौतहटले हिजोदेखि लगाएको कर्फ्यु आदेश आज पनि जारी राखेको छ। प्रशासनले जारी सूचनाअनुसार आज बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म कर्फ्यु केही खुकुलो बनाइए पनि पुनः पूर्ववत कर्फ्यु कायमै रहेको जनाएको छ । घटनापछि भारत–नेपाल सीमामा समेत कडाइ गरिएको छ। सीमा क्षेत्रमा […]

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागलगायत देशको बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ। देशको हिमाली भूभागमा साधरणतया बादल […]

मधेसको सुरक्षा अवस्था बुझ्न केन्द्रीय सुरक्षा समितिले एआइजी चतुर्वेदीलाई खटायो

काठमाडौं । सरकारले निर्वाचनका बेलामा तराई क्षेत्रमा हुनसक्ने सुरक्षा संवेदनशीलताबारे बुझ्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीलाई खटाएको छ । शनिबार गृह मन्त्रालयमा बसेको समिति बैठकले एआइजी चतुर्वेदीलाई प्रतिवेदन पेस गर्नका लागि खटाउने निर्णय गरेको प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए। उनका अनुसार चतुर्वेदी मधेसतर्फ खटिइसकेका छन्। पछिल्लो केहीदिन यता रौतहटमा दुई समुदायबीच […]