कवि लालगोपाल सुवेदीको “अनि प्रतीत्य समुद्पाद, शून्य शून्य महाशून्य” कृतिको अन्तरकृया कार्यक्रम सम्पन्न

डिसेम्बर २१, सन् २०२४ शनिवार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा बुद्धदर्शनमा आधारित लामो कविता ‘अनि प्रतीत्य समुद्पाद, शून्य शून्य महाशून्य’ (१६० पृष्ठको एउटै लामो कविता ) उपर चर्चा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। प्राज्ञ प्रा.डा कृष्णहरि बरालको प्रमुख आतिथ्यता तथा अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माको समेत विशेष उपस्थितिमा भएको उक्त कार्यक्रमको सभापतित्व अनेसासका […]

बीआरआईमार्फत नेपालको समृद्धि सम्भव

बिराटनगर । चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआई मार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टले पुस ३ गते बुधबार विराटनगरमा आयोजना गरेको “नेपाल–चीन साँस्कृतिक तथा आर्थिक सम्बन्ध” विगतदेखि वर्तमानसम्म विषयक अन्तरक्रियामा बोल्दै राजनीतिज्ञहरुले सो विचार व्यक्त गरेका हुन् । होटल इस्टर्न स्टारमा आयोजित एक दिने अन्तरक्रियामा प्रमुख अतिथीको आसनबाट […]

नेपाल पत्रकार महासंघको नवनिर्वाचित अध्यक्ष निर्मला शर्मा सम्मानित 

 २०८१ पुस ५, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज नेपाल पत्रकार महासंघको नवनिर्वाचित अध्यक्ष पत्रकार निर्मला शर्मालाई बधाई एंव सम्मान समर्पण कार्यक्रमको आयोजना गर्‍यो । तपस होटल, बत्तिसपुतली, काठमाडौंमा आयोजना गरिएको सो कार्यक्रममा अध्यक्ष शर्मालाई कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री माननीय पशुपति शमशेर जबरा र कार्यक्रमका सभापति साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम […]

शिव प्रधानको “प्रेमाश्रु” बजारमा

२०८१ पुस ५, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा उपन्यासकार शिव प्रधानको “प्रेमाश्रु” उपन्यासको लोकार्पण गर्‍यो ।  सो लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले गरेका हुन् । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा लोकार्पित कृतिका सर्जक प्रधानलाई मायाको चिनोसहित सम्मान गरिएको थियो […]

सापसद्वारा सिटौला र उप्रेती सम्मानित

२०८१ मङ्सिर २५,  काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले  डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा  वरिष्ठ सर्जक मोहन सिटौला (अमेरिका) लाई अभिनन्दन गर्‍यो । यसैगरी  कवि सुरेन उप्रेतीलाई “व्यथित काव्य डायस्पोरा सम्मान”बाट सम्मानित गर्‍यो । अनेसासका पूर्व अध्यक्ष सिटौला र पूर्व महासचिव उप्रेती दुबै सम्मानित सर्जकलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. […]

शिक्षा विधेयक पारित गर्न दबाब दिनुपर्ने पूर्व प्रधानमन्त्री प्रचण्डको जोड

काठमाडौ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन र सडकबाट दबाब आवश्यक रहेको बताएका छन् । सदनबाट आफ्नो पार्टीले दबाब दिने भन्दै उनले शिक्षकहरूलाई सडकबाट दबाब दिन आग्रह गरे । एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद तथा शिक्षक समाज नेपालसँगको एकता घोषणा कार्यक्रममा बोल्दै […]

साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागीलाई सम्मान

बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ। नेपाल प्रोफेसनल बक्सिङ कमिसन र सिल्क ट्रान्सपोर्टले संयुक्त रुपमा  ललितपुरमा एक कार्यक्रम गरी उनीहरूलाई सम्मान गरेको हो। नगदसहित सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । सम्मानित हुनेहरुमा ६१ केजी तौल समूहका विजेता अनिलकुमार पुनमगर, ५९ केजीका […]

होम कार्कीलाई अनेसास शिखर पुरस्कार प्रदान

२०८१ मङ्सिर ११, काठमाडौ । अनेसास शिखर पुरस्कार, दोहा, कतारले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौँमा साहित्यकार एवं पत्रकार होम कार्कीलाई अनेसास शिखर पुरस्कार प्रदान गर्‍यो । सो पुरस्कार कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले प्रदान गरेका थिए । नगद ३३,३३३/- राशिसहित सम्मानपत्र, दोसल्ला, टोपी र मालासहित कार्कीलाई सम्मान गरिएको थियो । कान्तिपुरमा आवद्ध कार्कीको […]

उपप्रधानमन्त्री सिंहद्वारा नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल भवनको शिलान्यास

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सञ्चालित नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँ र आधुनिक भवनको शिलान्यास समारोह सम्पन्न भएको छ। सोमबार उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले भवनको शिलान्यास गर्दै अस्पतालले नेपाल र दक्षिण कोरियाबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे। दक्षिण कोरियाको सरकारको आर्थिक सहयोगमा निर्माण हुने यो भवनका लागि करिब ९.५ […]

गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम निर्धारित समयको दुई घण्टा अघि अचानक स्थगित भएको हो । आयोजक गणतन्त्र सेनानी कोषका संयोजक रहेका बागमती प्रदेश सभा सदस्य तथा नेकपा(माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले कार्यक्रम स्थगित भएको जानकारी गराए ।  माओवादी केन्द्रका केन्द्रीय सदस्य, […]