पाल्पाको अर्गलिमा जिप दुर्घटना एकको मृत्यु ५ जना घाइते

पाल्पा, २१ फागुन जिल्लाको तानसेन–१४, अर्गलीस्थित कुँडापानी भन्ने स्थानमा बुधबार दिउँशो जीप दुर्घटना भएको छ । दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । लु १ ज १४२८ नम्बरको जीप दुर्घटनामा परेको हो । जीप बुटवलबाट तानसेन हुँदै गुल्मी गइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक पृथ्वी […]

प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण सफल

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ। बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन्। भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको शरीरमा प्रत्यारोपणपछि काम गर्न थालेको एक चिकित्सकले बताए। ‘प्रधानमन्त्रीको शरीरमा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको छ’, ती चिकित्सकले भने, […]

संसद्‍मा हाजिर गरेपछि पूरै समय बस्न सांसदलाई दलको निर्देशन

काठमाडौ, २१ फागुन । संसद्‌मा हाजिरी गर्ने तर अन्तिमसम्म नबस्दा विधेयकहरू टुङ्गिन नसकेको भन्दै सांसदहरूलाई यस्तो निर्देशन दिएको नेकपा र नेपाली काङ्ग्रेसले बताएका छन्। जारी विधेयक अधिवेशनमा चारपटक प्रतिनिधि सभाको बैठक स्थगित भएको प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीले जानकारी दिए। योगीले भने, सांसदहरू उपस्थित हुने तर पूरा समय सदनमा नबस्ने गरेको देखिएको छ। एक दिन […]

काभ्रेकोमा बस दुर्घटना, ४४ जना घाइते

बनेपा, २१ फागुन । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका–५ ढाँटखर्कमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । रामेछाप जिल्लाको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नंको बस पछाडि सार्ने क्रममा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले बताए । घाइतेमध्ये छ जनाको अवस्था […]

सुर्खेतमा जिप दुर्घटना हुदा तीनको मृत्यु, चार घाइते

सुर्खेत, २१ फागुन । सुर्खेत र दैलेखको सिमानामा पर्ने तारापोखरी नजिकै राउटे गल्छीमा भएको जिप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा दुईजनाको घटनास्थलमै र एकजनाको उपाचारका लागि वीरेन्द्रनगरमा ल्याउँदै गर्दा बाटो मृत्यु भएको हो। दुर्घटनामा परी चारजना घाइते भएका छन् । घटना स्थलमा पुगेका ट्राफिक प्रहरी हवल्दार कुवेर केसीका अनुसार घाइतेहरुलाई उद्धार गरी […]

राष्ट्रियसभाका नयाँ १८ सदस्यले लिए शपथ

काठमाडौं, २१ फागुन । राष्ट्रियसभाका निर्वाचित १८ सांसदले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । संघीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका हुन। नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आज आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नव निर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । शपथ लिनेमा […]

टिपर ठक्करबाट दुई को मृत्यु

विराटनगर, २१ फागुन । विराटनगर महानगरपालिका–१९ स्थित मिलन चोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को १ क २९१७ नम्बरको टिपरले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई मङ्गलबार राति ९ः३० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । टेम्पो चालक ग्रामथान गाउँपालिका बस्ने ४५ वर्षीय […]

अर्थमन्त्रीमा पुनः डा. खतिवडा नियुक्त, आजै ४ बजे सपथ

काठमाडौं, २१ फागुन । अर्थमन्त्रीमा पुनः डा. युवराज खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् । राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएकै दिन मंगलवार खतिवडाले मन्त्रीबाट राजीनामा दिएका थिए । खतिवडाले आजै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथग्रहण लिनेछन् । मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन […]

राष्ट्रिय सभाका १८ सदस्यले आज शपथ लिंदै

काठमाडौं, २१ फागुन । राष्ट्रिय सभामा नव निर्वाचित १८ सदस्यले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । संघीय संसद भवनमा नवनिर्वाचित १८ जना सदस्यले पद तथा गोपनियताको शपथ लिन लागेका हुन्। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले उनीहरुलाई शपथ गराउनेछन्‌ ।  राष्ट्रिय सभामा रहेका एक तिहाइको कार्यकाल दुई वर्षमा सकिने संवैधानिक प्रावधानअनुसार रिक्त हुने स्थानका लागि गत […]

प्रधानमन्त्री ओली अप्रेसन थिएटरमा, पाँच घन्टामा मिर्गौला प्रत्यारोपणको काम सकिने

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया शुरु भएको छ । ओलीको बुधबार (आज )दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिँदै छ । उनलाई भान्जी नाता पर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिँदै छिन् । ओली सोमबार साँझ नै शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका थिए । शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल […]