काठमाडौ । वाइसीएल नेपाल गजुरी गाउँपालिका समिति, धादिङद्वारा आयोजित बृहत वृक्षारोपण कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। शनिबार सो बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको उपस्थिति थियो। कार्यक्रममा वाइसीएल केन्द्रीय सदस्य सन्तोष अधिकारी, वाइसीएल धादिङ जिल्ला अध्यक्ष राजन लम्साल (ज्वाला) लगायतको विशेष आतिथ्य रहेको बताइएको […]
समाचार
आयुर्वेद उपचार हरेक नागरिकसम्म पुर्याउने सरकारको लक्ष्य
काठमाडौं। आरोग्य नेपाल निर्माण गर्ने लक्ष्यसहित सरकार नागरिक आरोग्य सेवालाई स्थानीय तहसम्म पुर्याउन प्रतिवद्ध रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादवले बताएका छन्। आर्थिक वर्ष २०८१/८२ को वार्षिक समिक्षा बैठकलाई शनिबार सम्बोधन गर्दै उनले विगतमा तीन लाख रुपैयाँमा सीमित बजेटलाई अहिले पाँच लाख रुपैयाँ पुर्याएर सबै स्थानीय तहमा आयुर्वेद सेवा विस्तार गरिने […]
बनेपा–नाला–ताथली सडकखण्ड अवरुद्ध
बनेपा । बनेपा–नाला–ताथली-च्यामासिंह सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका–४ र १ को सीमाना नजिक रहेको एक पुल भाँचिएपछि उक्त सडकमार्ग अवरुद्ध भएको छ। सडक भासिँदै गएको सूचनाका बीच बनेपा नाला मार्गको उक्त खण्डमा रहेको पुल भाँचिएको हो। घटनापछि सो रूटमा सवारीसाधन आवतजावत रोकिएको छ। स्थानीय प्रशासनले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। भक्तपुर हुँदै काठमाडौं […]
काठमाडौमा ४ हजार ६ सय बढीको नि:शुल्क नसर्ने रोग स्क्रिनिङ्ग
काठमाडौं । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालित ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ मा काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयले सञ्चालन गरेको नसर्ने रोग स्क्रिनिङ्ग अभियानमा ४ हजार ६ सय ७४ जनाले सेवा लिएका छन्। शुक्रवार सार्वजनिक गरिएको स्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांक अनुसार, जिल्लाभरिका ११ स्थानीय तहमार्फत सेवा प्रवाह गरिएको थियो। जसमध्ये ४१ प्रतिशत महिला र […]
आउँदै सलाम इच्छुक
काठमाडौ । तत्कालीन जनयुद्धको कठिन कालखण्डमा राज्यद्वारा हत्या गरिएका क्रान्तिकारी पत्रकार एवं साहित्यकार शहीद कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा समर्पित नयाँ गीत ‘सलाम इच्छुक’ को छायांकन सम्पन्न भएको छ। सामाजिक न्याय, क्रान्तिकारी चेतना र मुक्तिको सपना बोकेका इच्छुकको बलिदानलाई श्रद्धापूर्वक स्मरण गर्दै यो गीत तयार पारिएको हो। गीतमा महेश्वर दाहालको शब्द, केशर कालिकोटेको संगीत र रमण […]
सर्लाहीमा नेता यादवलाई पक्राउ गर्न एक हजार बढी प्रहरी परिचालन
सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक यादवलाई पक्राउ गर्न सर्लाहीमा एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ। सर्लाहीको कविलासी घर भएका यादवलाई पक्राउ गर्न व्यापक प्रहरी परिचालन भएपनि उनी प्रहरीको हातमा परेका छैनन् । जिल्ला अदालत सर्लाहीबाट पक्राउ पूर्जी लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाभरका सबै […]
भक्तपुरमा शिक्षकलाई आगलागी सम्बन्धी विपद् व्यवस्थापन तालिम
भक्तपुर । भक्तपुर नगरपालिका–१ मा विद्यालयस्तरीय आगलागी सम्बन्धी विपद् व्यवस्थापन तालिम सम्पन्न भएको छ। शुक्रबार सम्पन्न तालिममा वडा नं १ भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका ३० शिक्षक र कर्मचारी सहभागी थिए। तालिममा आगलागीका प्रकार, नियन्त्रण विधि, तथा ‘DCMP’ र ‘PASS’ विधिको व्यवहारिक प्रयोगबारे सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइएको थियो। वडाध्यक्ष श्यामकृष्ण खत्रीले विद्यालयका शिक्षक तथा […]
बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बेलायतमा आयोजित एक विशेष कार्यक्रममा बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न खुलेर आग्रह गरेका छन्। लण्डनस्थित नेपाली दूतावास र बेलायत–नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा भएको कार्यक्रममा सम्बोधन गर्दै उनले जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार निर्माण र उत्पादन क्षेत्रलाई लगानीको प्रमुख गन्तव्यको रूपमा प्रस्तुत गरे। […]
उडेको चरा समात्ने साहस भएका युवासँग देश विकास गर्ने क्षमता हुन्छ-उपाध्यक्ष बस्नेत
काठमाडौं । राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले देश विकासका लागि युवा अग्रसरता अनिवार्य रहेको बताएका छन्। काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजमा आयोजित ‘युवा नेतृत्व तथा उद्यमशीलता कार्यशाला’ कार्यक्रममा बोल्दै उपाध्यक्ष बस्नेतले भने, “आकाशमा उडिरहेको चरा समात्ने साहस भएका युवासँग मात्र देश विकास गर्ने क्षमता हुन्छ।” उनले गौतम बुद्धदेखि बिनोद चौधरी र सोविता गौतमसम्मको उदाहरण प्रस्तुत […]
हेटौँडाबाट काठमाडौं आउँदै गरेको माइक्रोबस रातमाटेमा दुर्घटना
काठमाडौ । हेटौँडाबाट काठमाडौं आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा पाँच जना घाइेत भएका छन् । म,प्र,०३–००१ ज ०५५१ नम्बरको माइक्रोबस मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, रातमाटेमा दुर्घटनामा परेको मकवानपुर प्रहरी प्रमुख एसपी विश्व खड्काले जानकारी दिए । उनका अनुसार, घाइते पाँचमध्ये तीनजनाको अवस्था गम्भीर छ । एसपी खड्काले बस घुम्तीबाट तल खसेको जानकारी दिए ।










