नारावाजी गरेको भन्दै ट्रमा सेन्टरमा घाइते र मृतकका आफन्तमाथि प्रहरीद्वारा लाठीचार्ज

काठमाडौँ । जेनजीको भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा घाइते भएकाहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सेन्टरमा घाइते र मृतकका आफन्तहरूको भीड लागेको छ । उनीहरूले सेन्टरबाहिर नै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् । नाराबाजीपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको छ ।  देशमा बढ्दो भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालमा प्रतिबन्धको विरोधमा जेनजी पुस्ताले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेपछि […]

आजकै क्याबिनेटबाट सामाजिक सञ्जाल खोलेको निर्णय गर्नू भन्दै प्रधानमन्त्रीलाई देउवाको फोन

काठमाडौँ । सत्तारूढ नेपाली कांग्रेसले सामाजिक सञ्जाल पुन: सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले गत बिहीबार बन्द गरिएका सामाजिक सञ्जाल सरकारले पूर्ववत अवस्थामा चल्न दिने निर्णय गर्नुपर्ने निर्णय गरेको हो। महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सामाजिक सञ्जाल पूर्ववत अवस्थामा चल्न दिनुपर्ने निर्णय कांग्रेसले गरेको छ […]

(अपडेट) जेनजी प्रदर्शनमा देशभर १९ जनाको मृत्यु, ३४७ घाइते

काठमाडौं । सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् । काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण […]

प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको भन्दै बल्ल बोल्यो मानव अधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले सरकारले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । प्रदर्शनपूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरुको यथोचित रूपमा समयमै सम्बाेधन गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । साथै प्रदर्शनका क्रममा मृत्यु भएको परिवारलाई तत्काल […]

सरकार छोड्न कांग्रेसका नेता कार्यकर्ताको माग, पदाधिकारी बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताले गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । जेनजीले गरेको विरोध प्रदर्शनमा गरिएको प्रहरी दमनबाट १८ जनाको मृत्यु र दर्जनौं घाइते भएका छन् । प्रहरी दमनको विरोध गर्दै गृहमन्त्री लेखकको राजीनामा नेता कार्यकर्ताले मागेका हुन् । केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलले गृहमन्त्री लेखकको राजीनामा […]

जेन–जी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुग्यो, २५६ जना घाइते

काठमाडौं । जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ भने २ सय ५६ घाइते भएका छन् । काठमाडौंमा भएको प्रदर्शनमा १६ जनाको मृत्यु भएको हो भने उपत्काबाहिरका प्रदर्शनमा युवाहरू घाइते भएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सामजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा सोमबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेन–जी युवाहरू सडक […]

इटहरी उपमहानगरकाे कार्यालयमा जेनजीले लगाइदिए आगो

विराटनगर । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारकाविरुद्ध आन्दोलनमा उत्रिएको युवापुस्ताले सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाइदिएका छन् । सोमबार दिउँसो पालिका परिसर भित्र प्रदर्शनकारी प्रवेश गरेका थिए । प्रदर्शनकारीलाई लक्षित गर्दै प्रहरीले हवाइफायर गरेको थियो । लगतै प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाकाे मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आगो लगाइदिएका हुन् । आगो नियन्त्रणमा आउन नसकेको […]

जेनजी प्रदर्शन : ट्रमा सेन्टरमा थप दुई जनाको ज्यान गएसंगै मृतकको संख्या १७ पुग्यो

काठमाडौं । हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । यो सँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १७ पुगेको हो । ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ९ पुगेको छ । भ्रष्ट्राचार र सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका […]

माओवादी र एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। यस्तै सरकारले नरस‌ंहार गरेको दावी गरेको छ। ‘जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो। जेनजी आन्दोलनका क्रममा सरकारले प्रदर्शन गरेको व्यवहार अनुचीत रहेको माओवादीको भनाइ छ […]

इटहरी उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम यो आदेश जारी गरेका हुन्। सोमबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना नभएसम्मका लागि लागू हुने गरी यो कर्फ्यु आदेश जारी गरिएको छ। तोकिएको चार […]