एमालेले जनतालाई झुठो र हावादारी गफ बाहेक केहि दिन सकेन- सांसद श्रेष्ठ

कार्तिक १८ ,काठमाडौँ।  नेपाल कम्युनिस्ट पार्टी  ( एकीकृत समाजवादी) का केन्द्रिय समिति सदस्य तथा सांसद जीवन राम श्रेष्ठले एमालेले जनतालाई दिएको बचन र चुनावी घोषणा पत्रमा बाचा गरे अनुसार काम नगरेपछि सोहि जिम्मेवारी बोकेर नेपाल कम्युनिस्ट पार्टी  (एकीकृत समाजबादी )  गएको बताएका छन् ।  (एकीकृत समाजबादी )  काठमाडौँ महानगर जिल्ला कमिटि २३ वडाले आयोजना गरेको […]

सम्पदा प्रवर्धनमा थपिएको इलाननी पार्कको उदघाटन

ललितपुर। ललितपुर महानगरपालिका– १६ वडाको सहयोगमा पुननिर्मित इलाननीस्थित पार्कको समुदघाटन गरिएको छ । १६ वडा र इलाननी टोल सुधारको संयुक्त आयोजनामा ऐतिहासिक हिरण्यवर्ण महाविहार ‘गोल्डेन टेम्पल’ पछाडितर्फ रहेको इलाननी चोकको पुरानो स्वरुपमा परिर्वतन गरिएको पुनर्निर्मित इलाननी पार्कको समुदघाटन ललितपुर महानगरपालिका काका प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख गिता सत्यालले संयुक्त रूपमा गरेका हुन । पुरानो पार्कको […]

तिहार बजार यस्तो छ – फोटोहरु

कार्तिक १७ ,काठमाडौँ। तिहार बजार काठमाडौँको प्रमुख बजार नयाँ सदक, इन्द्र चोक तथा असनमा देखिएका केहि तस्विरहरु समावेस गरेका छौ।        फोटो -बुद्ध शरण शाही    

दुलालले रत्नपार्कमा सम्पन्न गरे १८औं काग सम्मेलन

काठमाडौँ । काग तिहारको अवसर पारेर काग सम्मेलन भएको छ । कलाकार रमेश दुलालले काग तिहारको अवसर पारेर १८ वर्षदेखि काग सम्मेलन गर्दै आएका छन्। काठमाडौंको शान्तिबाटिका गेट रत्नपार्कमा बिहान ६ बजे काग सम्मेलन गरिएको हो । रमेशले कागको आवाज निकालेर काग जम्मा गर्ने गरेका छन् । एक सय ७३ जीव जनावर तथा चराचुरुंगीसँगै बाजाको […]

अनुचित व्यापारिक क्रियाकलाप गर्ने ११ वटालाई जरिवाना तिराउँदा ४ लाख ६० हजार रुपैयाँ राजस्व संकलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पर्व लक्षित बजार व्यवस्थापनका लागि गरेको १९ दिने अनुगमनका क्रममा ६१ वटा व्यापारिक प्रतिष्ठान हेरिएका छन् । यीमध्ये अनुचित व्यापारिक क्रियाकलाप गर्ने ११ वटालाई जरिवाना तिराउँदा ४ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ । जसमध्ये ७० हजार रुपैयाँ वाणिज्य विभागको खातामा र ३ लाख ९० हजार रुपैयाँ काठमाडौँ महानगरपालिकाको […]

काठमाडौँ महानगरले नेपालभाषा अध्यापन गराउन आरआर कलेजलाई वार्षिक १५ लाख दिने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसको स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन काठमाडौँ महानगरपालिकाले वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७० औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । बैठकका अध्यक्ष शाक्यकाअनुसार महानगरले उपलब्ध गराउने रकममा नपुग खर्च क्याम्पसको आन्तरिक स्रोत तथा […]

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीद्वारा शपथ ग्रहण

काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मंगलबार अबेर उनलाई शपथ गराएका छन् । शाही मंगलबारै मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मंगलबार मुख्यमन्त्रीलेमात्र शपथ ग्रहण गरेका छन् । अन्यमन्त्रीहरुको शपथ ग्रहण मंगलबार भएन । कांग्रेस प्रदेशसभा संसदीय दलका नेता शाही माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) […]

काठमाडौँमा राति ९ बजेसम्म देउसी खेल्न पाइने

काठमाडौँ । काठमाडौँ जिल्लामा राति ९ बजेसम्म देउसी–भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गर्दैै देउसी खेल्न पाइने बताएको छ । पटका, आतसवाजीजस्ता विस्फोटक एवं प्रज्वलनशिल पदार्थ उत्पादन, ओसारपोसार, विक्री वितरण तथा प्रयोग नगर्न भनिएको छ ।

सार्कका महासचिवसहितको टोली लुम्बिनीमा

बुटवल । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव इसला विराकुनले बौद्ध दर्शनले सार्कका मुलुकलाई एकआपसमा जोड्ने काम गरेको बताएका छन् । सार्कमा रहेकामध्ये दुई बौद्ध राष्ट्र भए पनि अन्य मुलुकमा समेत बुद्धिस्ट र बौद्ध संस्कृति उत्तिकै महत्त्वपूर्ण रहेको उनले बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै महासचिव विराकुनले नेपालबाट शान्तिको सन्देश […]

मुख्यमन्त्री पाण्डेले कात्तिक २२ मा विश्वासको मतका लागि प्रस्ताव राख्ने

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले यही कात्तिक २२ मा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते राजीनामा दिएसँगै स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक २२ गते डाकिएको छ । सोही बैठकमा पाण्डेले विश्वासको मतका लागि प्रस्ताव राख्ने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । उनका अनुसार […]