काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच आज बिहान ‘बृहत् एकता’मा सहमति जुटेको छ । सहमति पत्रमा दुवै नेताले हस्ताक्षर गरेका छन् । सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका […]
समाचार
रास्वपा–बालेनबिच सहमति: रवि लामिछाने पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच ‘बृहत् एकता’ सम्बन्धी सहमति भएको छ । आज (आइतबार) भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि सारिने भएको छ । रास्वपा […]
एमाले सचिवालय बैठक बस्दै
काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक बस्दै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजे सचिवायल बैठक बस्न लागेको एक नेताले जानकारी दिए। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ। त्यसबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाइएको ती नेताले जानकारी दिए। साथै […]
भक्तपुर-१ बाट उम्मेदवारमा नेकपाको रोजाइ पराजुली, लवजु र प्रजापति
भक्तपुर । नेपाली कम्युनिष्ट पार्टी भक्तपुरले प्रतिनिधि सभाको लागि भक्तपुर-१ बाट सुदर्शन पराजुलीको नाम सिफारिस गरेको छ । फागुन २१ गते हुने निर्वाचनमा पराजुली नेकपाको पहिलो रोजाइमा परेका हुन् । पार्टीको प्रदेश समिति सदस्य पराजुली सहकारी बिज्ञ हुन् । सहकारीमार्फत सामूहिक आवास निर्माण गरी नमूना बस्ती बसाल्न सफल नेतृत्व गरेका पराजुली चाँगुनारायण-९ मा कृषि सहकारी […]
पुनर्निमाणमा भक्तपुर मोडेल, जनसहभागितामा उभिँदै इन्द्रायणी द्याेछेँ
भक्तपुर । विकासमा भक्तपुर नगरपालिकाको आफ्नै मोडेल छ । नवयुवादेखि जेष्ठ नागरिकसम्म विकास निर्माणमा उत्तिकै सचेत र सहभागी छन् । नगरपालिकाले ठेकेदारलाई नभई स्थानीय समुदायलाई नै निर्माणको जिम्मेवारी दिने गरेकाले पनि भौतिक निर्माण र पुनर्निर्माणमा स्थानीय जनसमुदाय जोडिएका देखिन्छन् । दरवार क्षेत्र नजिकै वडा नम्बर-२ खौमास्थित इन्द्रायणी द्याेछेँ(इन्द्रायणी देवी बस्ने घर) पुनर्निर्माणमा शुक्रबार पूर्व […]
कुलमानद्वारा रास्वपाको प्रस्ताव अस्वीकार
काठमाडौं । उज्यालो नेपाल पार्टीले रास्वपाले अघि सारेको प्रस्ताव अस्वीकार गरेको छ । शनिबार दिउँसो १ बजेदेखि काठमाडौंको एक होटलमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले रास्वपाको प्रस्ताव अस्वीकार गर्ने र एकताको प्रयासमा थप गृहकार्य गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, रास्वपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा […]
निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव : पूर्वमन्त्री बस्नेत
सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सिन्धुपाल्चोक क्षेत्र नं. १ का लागि पार्टीतर्फबाट सिफारिस उम्मेदवार मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव हुने बताएका छन्। नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ द्वारा शुक्रबार बाह्रबिसेमा आयोजित बृहत् चुनाव तयारी सभामा बोल्दै बस्नेतले राजनीतिक परिवर्तनका लागि सधैं निर्णायक भूमिकामा रहेको कांग्रेसले फागुन २१ गते […]
रीतपूर्वक समानुपातिक उम्मेदवारको बन्दसूची तयार गर्न आयोगको आग्रह
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दर्ता भएका सबै राजनीतिक दलहरूलाई रीतपूर्वक उम्मेदवारको बन्दसूची तयार गर्न अनुरोध गरेको छ। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ तथा प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ बमोजिमको विधि, प्रक्रिया र आवश्यक प्रमाण कागजात […]
बालेनको यस्तो प्रस्तावप्रति रास्वपा असहमत, वार्ता अनिश्चित
काठमाडौँ । शनिबार निर्णायक वार्ता हुने भनिएको रास्वपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्व टिम बिचको निर्णायक वार्ता अनिश्चित भएको छ । शुक्रबार अबेरसम्म दुई पक्षीय छलफलमा बालेन पक्षले ५०–५० प्रतिशतको पावर सेयरिङको प्रस्ताव राखेपछि वार्ता अनिश्चित भएको हो । तर सभापति रवि लामिछानेलाई बनाउने र भावी प्रधानमन्त्रीमा बालेनलाई प्रस्ताव गर्नेबारे भने मोटामोटी सहमति […]
भक्तपुर-२ को उम्मेदवारमा दीपशिखाको इन्ट्री
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टी भक्तपुरले प्रतिनिधि सभा निर्वाचनको लागि भक्तपुर-२ मा उम्मेदवार टुङ्गो लगाएको छ । सो पार्टीका सबैभन्दा ठुला नेता दिलिप प्रजापति भीष्मले प्रत्यक्षतर्फको दावी छोडेर समानुपातिक रोजेपछि युवा नेता रामप्रसाद सापकोटा दीपशिखा प्रत्यक्ष उम्मेदवार बन्ने बाटो खुलेको छ । शुक्रबार पार्टी कार्यालयमा बसेको जिल्ला समन्वयको बैठकले निर्वाचन क्षेत्र नम्बर २ मा दीपशिखालाई […]











