अब नेपाल एअलाइन्सकै टिकटमा युरोप, सिड्नी र कोरिया उडन पाइने

काठमाडौ, २५ कार्तिक । नेपाल एयरलाइन्सको सिधा उडान नहुने गन्तब्यसम्म पनि अब नेपाल एयरलाइन्सकै टिकटबाट यात्रुले उडान गर्न सक्ने भएका छन। नेपाल वायुसेवा निगम र विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुबीच द्धिपक्षीय अनुपातिक सम्झौता भएपछि निगमले यो सेवा दिन सम्भव भएको हो । सम्झौता अनुसार सिधा उडान नहुने गन्तब्यसम्म पनि अब नेपाल एयरलाइन्सकै टिकटबाट यात्रुले उडान गर्न […]

बागमतीका नवनियुक्त मन्त्री जम्मकट्टेल र लामाले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मन्त्री शालिकराम जम्मकट्टेल र निमा लामाले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार उनीहरूलाई शपथ गराएका हुन् । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता जम्मकट्टेल तेस्रो वरियतासहित आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् । उनै जम्मकट्टेल तत्कालीन नेकपाको सरकार हुँदा दोस्रो वरियतासहित आन्तरिक मामिला तथा […]

मूल्यवृद्धि बिरुद्ध नेपाल कम्युनिष्ट पार्टीले गर्यो नेपाल बन्दको घोषणा

काठमाडौँ। बिप्लव नेतित्वको नेपाल कम्युनिष्ट पार्टीले हालै गरिएको मूल्यवृद्धि बिरुद्द बिभिन्न संघर्षका कार्येक्रम तथा नेपाल बन्दको घोषणा गरेको छ। पार्टी महासचिव बिप्लवले आज बिज्ञप्ति जारि गर्दै जनाता संग प्रत्क्षय जोडिएको पेट्रोलिएम प्रदर्थ लगाएतमा अत्यावस्यक बस्तुमा सरकारले लगातार गरेको मुल्य वृद्धिको बिरोधमा कार्तिक ३० गते नेपाल बन्दको धोषणा गरेको हो। जारि बिज्ञप्तिमा भनेको छ “ जनताको […]

जनगणना सुरु,लिपुलेक र लिम्पियाधुरा पनि समेटिने

 कात्तिक २५, काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ बिहीबार आज बात सुरु भएको छ । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो । ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक जनगणनाका लागि देशैभर गरी कार्यक्षेत्रमा खटिएका छन् । कोरोना महामारीका कारण जनगणना कार्यतालिका स्थगित भएको थियो । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । एक जना […]

एमसीसी फिर्ता लैजान अमेरिकालाई वामदेवको आग्रह

काठमाडौँ । राष्ट्रियसभाका सांसद तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन र नेपालबीच भएको सम्झौता एमसीसी कम्प्याक्ट नेपालको संसदबाट अनुमोदन हुने सम्भावना झन कम हुँदै गएको बताएका छन् । उनले सो अनुदान सहयोग सम्बन्धी सम्झौता फिर्ता लिन अमेरिकालाई आग्रह गरेका छन् । बुधबार एक् विज्ञप्ति जारी गर्दै गौतमले […]

कोरोनाविरुद्धको फाइजर खोप कात्तिक २८ देखि लगाइँदै

काठमाडौँ । कोरोनाविरुद्धको फाइजर खोप यही कात्तिक २८ देखि मंसिर ४ गतेसम्म लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन लागेको जानकारी दिए। नेपाललाई अमेरिकाले एक लाख ६२० डोज फाइजर खोप उपलब्ध गराएको थियो। मन्त्रालयले दीर्घरोगी भएका १२ वर्ष उमेरदेखि […]

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ– बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयाल निगमले १२ दिनपछि फेरि मूल्य बढाएको हो । पेट्रोल, डिजेल, मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेको छ । १२ दिन अघि पनि मूल्य बढाइएको थियो । यसरी दुई हप्तामा दुई पटक मूल्य बढेको हो […]

एमसीसीबारे नेकपा माओवादी केन्द्रले गर्यो यस्तो निर्णय

काठमाण्डाै। नेकपा माओवादी केन्द्रले एमसीसी प्रक्रिया तत्काल अगाडी नबढाउने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमति कायम नभइ र संशोधन तथा परिमार्जन नभइ एमसीसी सम्बन्धि प्रक्रिया अगाडी नबढाउने निर्णय गरेको हो । बैठकले आउँदाे पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय माओवादी केन्द्रले यसअघि नै गरिसकेको थियो । प्रवक्ता कृष्णबहादुर […]

तिलक परियार, परशुराम खापुङ र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले परशुराम खापुङ, तिलक परियार र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार राष्ट्रपति भण्डारीले प्रदेश १ मा खापुङ, कर्णाली प्रदेशमा परियार र सुदूरपश्चिम प्रदेशमा जोशीलाई प्रूदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ […]

२४ कम्पनीको साढे ६ अर्ब बढीको आइपिओ आउँदै

काठमाडौं । आइपिओ निष्कासनका लागि २४ वटा कम्पनीहरू नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा छन्। यसमा १४ वटा जलविद्युत कम्पनी, छ वटा माइक्रोफाइनान्स कम्पनी, दुइटा बीमा कम्पनी र दुइटा अन्य कम्पनी पाइपलाइनमा रहेको बोर्डले जनाएको छ। यी कम्पनीका प्राथमिक सेयर निष्कासन प्रक्रिया विभिन्न चरणमा छ। यी सबै कम्पनीले कुल ५ करोड ९३ लाख ६ हजार ४ कित्ता […]