बुटवल: शान्तिसुरक्षाको अधिकार प्रदेशलाई हुनुपर्छ ः सभापति शाह

रुपन्देही, ७ साउन । संसद्को सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले शान्तिसुरक्षाको अधिकार प्रदेशकै मातहतमा हुनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा उहाँले संविधानमै व्यवस्था भएका विषयमा केन्द्रले एकाधिकार गर्न नहुने समेत बताए । “अधिकार बाँडफाँटमा सङ्घले कन्जुस्याइँ गर्नु हुँदैन, प्रजिअ प्रदेशकै मातहतमा हुनुपर्छ”, उनले भने । सभापति […]

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक महिलाको मृत्यु

सर्लाही, ७ साउन । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक महिलाको मृत्यु भएको छ । सोमवार ईश्वरपुरमा भएको दुर्घटनामा परी घाइते महिलाको मृत्यु भएको हो । नरेशखोरबाट बयलवास बजारतर्फ जादै गरेको ना २३ प नंको मोटरसाइकलले सोमबार २ महिलालाई ठक्कर दिएको थियो । बाटो छेउमा बसिरहेका ठक्करबाट ईश्वरपुर नगरपालिका–५ नरेशखोरका स्थानीय ३८ वर्षीया शान्तिदेवी महतो […]

तिनाउ नदीको बाढीले खतराको तह पार गर्‍यो, सतर्क रहन आग्रह

बुटवल – ७ असार । रातिदेखि परेको अविरल वर्षाका कारण तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ । नेपाल बाढी मापन सूचना केन्द्रले तिनाउको माथिल्लो तटीय क्षेत्रमा जल सतहले खतराको तह पार गरेको र जल सतह बढ्दो क्रममा रहेको जनाएको छ । केन्द्रले मंगलबार बिहान ६ बजे सूचना जारी गर्दै बुटवलभन्दा तल्लो तटीय क्षेत्रका […]

इँटाभट्टाले खनेको खाल्डोमा डुबेर लालबन्दीस्थित पुनर्वासका १ बालकको मृत्यु

सर्लाही, ७ साउन । लालबन्दी नगरपालिका वडा नम्बर- २ अन्तर्गत पर्ने पुर्नवासमा एक बालकको डुबेर मृत्यु भएको छ । पुनर्वासको सी टोलमा एक १० वर्षिय बालकको खाल्डोमा डुबेर ज्यान गएको हो । ज्यान जानेमा स्थानीय सञ्जय पासवानका १० वर्षीय छोरा आशिष पासवान रहेका छन् । घर नजिकैको सूर्य इँटाभट्टाको खाल्डोमा डुबेर उनको ज्यान गएको सर्लाही […]

दाङमा हत्या भएको नौ वर्षसम्म हत्यारा पत्ता लागेन

लमही, ७ साउन । दाङका सञ्चारउद्यमी हेमराज धितालको हत्या भएको नौ वर्ष पुग्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । दाङ तुलसीपुरबाट सञ्चालित रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष धितालको हत्या भएको सोमबार साउन ६ गते नौ वर्ष पूरा भएको छ । तत्कालीन संविधानसभा चुनावको प्रचारप्रसार गरेर फर्कने क्रममा विसं २०६७ साउन ६ गते धितालको हत्या भएको […]

बागलुङ : पहिरोमा परी एकको मृत्यु

बागलुङ, ७ साउन । अविरल वर्षासँगै आज बिहान खसेको पहिरोमा परी गलकोट नगरपालिका–८ ज्यामिरेकी १७ वर्षीया सीता गौतमको मृत्यु भएको छ । बिहान करीब ६ बजेतिर गोठ माथिबाट खसेको पहिरोमा पुरिएर गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक केशवसिंह थापाले बताए। गौतमले गोठमा काम गरिरहेका बेला झण्डै २० मिटरमाथिबाट एक्कासि पहिरो खसेको थियो […]

बाग्लुङ्गमा उद्धार गरिएका बालक आफन्तको जिम्मा

गलकोट, ७ साउन । गण्डकी प्रदेशको राजधानी पोखराका विभिन्न होटलमा बालश्रमिकको रूपमा काम गर्दै आएका बागलुङका तीन बालकको उद्धारपछि आफन्तको जिम्मा लगाइएको छ । पोखराका विभिन्न होटलमा भाँडा धुने, पोछा लगाउने, सामग्री ओसारपसार गर्नेलगायतका काममा लगाई श्रमशोषण गरिएको भन्ने सूचनाका आधारमा श्रम तथा रोजगार विभाग कास्कीले तीन बालकको उद्धार गरेको थियो । बागलुङ जिल्लाको जैमिनी […]

लागुऔषध कारोवारमा समातिने किन भरिया मात्रै?

बाँके, ७ साउन । दुई साताअघि एक नेपाली महिला भारतको रुपैडिहामा अफिमसहित समातिइन् । भारतीय सीमा सुरक्षा बल एसएसबी र प्रहरीको संयुक्त टोलीले नेपाली महिलालाई जाँचका क्रममा अफिमसहित पक्राउ ग¥यो । उनी रु पाँच हजारको लोभमा अफिम पु¥याउनकै लागि नेपालगञ्जबाट रुपैडिहा पुगेकी थिइन् । भारतीय प्रहरीका अनुसार, लागुऔषध तस्करीको सूचनामा चेकपोष्टमा जाँच गर्दा जाजरकोटकी काली […]

काभ्रेमा पत्रकार कल्याण कोष स्थापना

काभ्रे, ७ साउन । नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले पत्रकार कल्याण कोष स्थापना गरेको छ । विपद्मा परेका पत्रकारलाई सहयोग गर्ने उद्दश्यले रु पाँच लाखको कल्याण कोष स्थापना गरिएको शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले बताए । उनका अनुसार १० वर्षे मुद्धति खातामा राखिएको उक्त रकमको ब्याजबाट विपद्मा परेका पत्रकारलाई सहयोग गरिनेछ । “कार्यविधि बनाएर ब्याजवापतको रकमले […]