बारामा प्राधिकरणका कर्मचारी र उपभोक्ताबीच झडप हुँदा ३ को टाउको फुट्यो

बारा, २७ जेठ । विद्युत प्राधिकरणको कमजोरीका कारण हाइभोल्टेज आएर घरका सबै सामानमा क्षति पुगेको विषय उठाउने स्थानीय जनता र प्राधिकरणका कर्मचारीबीच बारामा ठूलो झडप भएको छ । झडपमा परी केही स्थानीयको टाउको समेत फुटेको छ । झडपका क्रममा प्राधिकरणका कर्मचारीले बाँसको भाटाले प्रहार गर्दा तीन जना स्थानीयको टाउको फुटेको हो । बाराको कलैयास्थित विद्युत […]

लोकसेवाले निकालेको ९ हजारको दरवन्दी रद्द गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, २७ जेठ । लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी पूर्ती गर्न निकालेको विज्ञापन रद्द गर्न संसदीय समितिले निर्देशन गरेको छ । आयोगले अहिलेसम्मकै बढी ९ हजार कर्मचारी पूर्ती गर्नका लागि विज्ञापन खोलेको थियो । आयोगको विज्ञापन संविधानको मर्म र भावनाअनुरुप नभएको भन्दै समितिले रद्द गर्न निर्देशन दिएको हो । संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु […]

भक्तपुर नगरपालिकाले दिन शुरु गर्यो शैक्षिक ऋण

  भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रका विद्यार्थीहरुलाई शैक्षिक ऋण वितरण सुरु गरेको छ । ६ प्रतिशत ब्याजमा बढीमा पाँच लाखसम्म पाइने उक्त ऋण भक्तपुर नपाले चालू आर्थिक वर्षमा ३६ जना विद्यार्थीलाई वितरण गरेको हो । आइतबार एक कार्यक्रमबीच भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले निवदेन दिएका ३६ जनालाई शैक्षिक ऋण प्रदान गरेका हुन् । भक्तपुर […]

बिहे भोजमा विषाक्त खानाले ४२ जना विरामी

सिन्धुपाल्चोक, २७ जेठ । बिहे भोजको विषाक्त खानाले बलेफी गाउँपालिका ५ मूलाबारी गाउँमा ४२ जनामा एकैसाथ झाडापखाला महामारी फैलिएको छ । १८ वर्षीया सुशीला भुजेल, २३ वर्षीया संगीता भुजेल र ३४ वर्षीया विमला कार्कीको अवस्था गम्भीर भएपछि राजधानीस्थित शिक्षण अस्पताल लगिएको छ । गत बिहीबार बिहे भोज खाएका जन्ती धमाधम बिरामी पर्न थालेपछि गाउँमा आतंक मच्चिएको बलेफी […]

हेटौडामा कार दुर्घटनामा परी ५ घाइते

हेटौंडा । हेटौंडाको सामरी पुलमा एउटा भारतीय नम्बर प्लेटकाे कार दुर्घटना परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले साँझ साढे पाँच बजेको समयमा उक्त कार दुर्घटनामा परेकाे जनाएकाे छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।   मकवानपुरकै भैसैबाट हेटौँडा बजारतर्फ आइरहेको कार अनियन्त्रित भइ पुलको बारमा ठाेक्किएर दुर्घटनामा परेकाे प्रहरीले जनाएकाे छ । […]

पेन्टागन एकेडेमीमा आन्तरिक राजस्व कार्यालयको छापा

हेटौंडा । हेटौँडाकाे एक इन्स्च्यूटमा आन्तरिक राजश्व कार्यालयले छापा मारेकाे छ । हेटाैडा उपमहानगरपालिका वार्ड नं. ४  स्कूलरोडमा रहेको पेन्टागन एकेडेमीले कर छली गरेको सूचना अाएपछि राजश्व कार्यालयले छापा मारेकाे हाे ।  उक्त इन्स्च्यूटले झुटा विवरण बनाएर कर छली गरेकाे भन्ने उजुरी परेपछि राजश्व कार्यालयकाे टाेली पेन्टागन एकेडेमी पुगेकाे थियाे । टाेलीले उक्त इन्स्च्यूटबाट कर […]

गणतन्त्रमा पनि बढ्दो छ मुस्ताङको मुखिया प्रणालीको महत्व

हिमाल पारीको जिल्ला मुस्ताङ प्राकृतिक सुन्दरतामा जति भरीपूर्ण छ त्यतिकै मात्रामा संस्कृति, संस्कार र प्रथाजनित परम्परामा पनि त्यति नै धनी रहेको छ । आदिवासी जनजाति थकाली समूदायको आदि पितृभूमि थाक सातसय मुस्ताङमा स्थानीय समूदायले त्यहाँको मुखिया प्रणालीलाई आफनो पहिचानकै एक स्वरुपका रुपमा हुर्काएर अगाडि बढाएका छन् । त्यहाँको सम्पुर्ण प्रशासन, स्थानीय स्वराजलाई यही तेह्र मुखिया […]

विकासे ढाँचामा आदिवासीको असन्तुष्टी

मुलुकको विकास प्रक्रियाको ढाँचाप्रति आदिवासी अधिकारकर्मीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । बिद्यमान राज्यका नीतिप्रति असहमति प्रकट गर्दै असन्तुष्ठी व्यक्त गरेका हुन् । आदिवासीको मानव अधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप)का सचिब अधिवक्ता शंकर लिम्बूले शिक्षा, स्वास्थ्य, रोजगारी तथा भूमि तथा पकृतिक सेतमा आदिवासी जनजातिको पहुँच कमजोर रहेको तर राज्यको ध्यान यस तर्फ जान नसकेको बताउनु भयो । […]

गफमा सीमित भाषा बर्ष, सिन्को पनि नभाँची सकियो आधा वर्ष

‘दिगो विकास, शान्ति र मेलमिलापका लागि भाषा’ भन्ने नारासहित सुरु भएको आदिवासी भाषा वर्ष २०१९ एउटा सिन्को पनि नभाँची आधा बर्ष सकिएको छ । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सामाजिक संगठन (युनेस्को)को मुख्यालय पेरिसमा गत फेब्रुअरीमा यस बर्षको औपचारिक सूरुवात गरिएको थियो । संयुक्त राष्ट्रसंघको साधारणसभाले अन्तर्राष्ट्रिय क्षेत्रमा हराउदै गएका भाषाहरुप्रति विश्वको ध्यानाकार्षण गर्ने […]

आदिवासीको परम्परागत ज्ञान लोप हुँदै

बाँस तथा बेतको सामान बनाउने आदिबासी जनजाति थारु समुदायको परम्परागत सीप यतिबेला खतराको सूचिमा परेको छ । बाँसको चोयाबाट बिभिन्न किसिमका घरयासी समानहरु बनाउने सीप परम्परागत पूस्तौनी हस्तान्तरणबाट सिकेको भए पनि कच्चा पदार्थको अभाब र ल्पास्टिकजन्य सामानको बजारले गर्दा लोप हुन लागेको हो । ‘हाम्रा बाबु बाजेले नै हामीलाई सिकाए, तर अहिले सबै बिर्सीसकेका छौ’– […]