सर्वोच्चले फेरि उल्टायो चिकित्सा शिक्षा अध्ययन संस्थानको निर्णय, के गर्लान गोविन्द केसी

काठमाडौं, ३० पुस । डा. गाेविन्द केसीकाे अान्दाेलनसहित डिन विवादमा रहेकाे त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थानकाे एउटा निर्णयलार्इ सर्वाेच्च अदालतले उल्टाइदिएकाे छ । यसअघि संस्थानका पूर्व डिन डा. शशी शर्माका बारेमा गरिएकाे निर्णयलार्इ पनि सर्वाेच्चले उल्टाएकाे थियाे । साेही कारण डा. शशी शर्मालार्इ पुनर्बहाली गरेपछि सर्वाेच्चका प्रधानन्यायाधिशका विरुद्ध कडा अभिव्यक्ति दिँदै डा. केसी फेरि अनसन […]

यसरी खोलाको पानी सोलार जडान गरी गाउँ गाउँमा तान्न थालिएपछि

गुल्मी, ३० पुस । खोला किनारमा रहेको मुहानको पानी सोलार प्रविधिले डाँडोमा रहेको गाउँबस्तीमै पु¥याइदिएपछि गुल्मीको जिमी र नरम गाउँका स्थानीयलाई सुविधा पुगेको छ । गाउँमा पुगेको खानेपानी सुविधासँगै स्थानीयले तरकारी खेतीमा सिँचाइ गरेर आम्दानी गर्न शुरु गरेका छन् । नजिकमा मुहानको अभावका कारण वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका गुल्मी दरबार गाउँपालिका– ४ वीरबासको जिमी […]

कपिलवस्तुको प्राचीन तिलौराकोट दरबार पुनः उत्खनन शुरु

कपिलवस्तु, ३० पुस । प्राचीन कपिलवस्तु दरबार क्षेत्र (तिलौराकोट) मा यस वर्ष पुनःउत्खनन शुरु गरिएको छ । बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले प्राचीन कपिलवस्तु दरबार क्षेत्र हालको तिलौराकोटमा उत्खनन गरिरहेका छन् । उत्खनन कार्य दुरह्याम विश्वविद्यालयका प्रोफेसर रविन्स कनिंघम, पुरातत्व विभागका पूर्वनिर्देशक कोषराज आचार्य, पुरातत्व विभागका प्रवक्ता […]

जन्मिदा पनि, मृत्यु हुँदा पनि नयाँ नगरपालिकाले ५/५ हजार दिने निर्णय गरेपछि देउमाइभरि खुसीयाली

इलाम, ३० पुस । जन्मँदा र मृत्यु हुँदा नगद पाँच हजार दिने निर्णयले इलाम देउमाइवासीमा खुसियाली छाएको छ । देउमाइ नगरपालिकाको नगरसभाले शिशु जन्मँदा लालनपालनमा सहयोग पु¥याउने र मृत्युपछि दाहसंस्कारमा सहयोगस्वरुप नगद उपलब्ध गराउने निर्णयले नगरवासीमा खुसियाली छाएको हो । जन्म र मृत्युको सहयोगस्वरुप नगद दिने व्यवस्था १ नं प्रदेशकै पहिलो पटक भएको बताइएको छ […]

मन्त्रिपरिषदमा इतिहासकै ठूलो अपारदर्शीता, निर्णय के भयो भन्ने थाहा नै पाउँदैनन मन्त्रीहरु

काठमाडाैं, २९ पुस । निर्वाचन सम्पन्न भइसकेर पनि सरकार नछाडेका शेरबहादुर देउवा नेतृत्वकाे मन्त्रिपरिषद इतिहासकै सबैभन्दा बढी अपारदर्शी भएकाे छ । बैठकका एजेण्डा सूचीमा नै नचढाइ साेझै खल्तीबाट ल्याएका प्रस्तावहरु पारित हुन थालेका छन् । मन्त्रिपरिषद बैठकमा के निर्णय भए भन्ने स्वयम् मन्त्रीहरुले नै थाहा पाउँदैनन । निर्णय भएका प्रस्तावहरु सार्वजनिक गरिए मात्र मन्त्रीले थाहा […]

डा. केसी र सरकारबीच मध्यरातमा ५ बुँदे सहमति

काठमाडाैं, २९ पुस । सरकार र अनशनरत डा. गोविन्द केसीबीच शुक्रबार मध्यराति पाँचबुँदे सहमति भएको छ । स्वास्थ्यमन्त्री दीपक बोहरा र केसीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै चौधौँपटक अनशन बसिरहेका केसी र स्वास्थ्यमन्त्री बोहराबीच चार घन्टा लामो छलफलपछि दुवै पक्ष सहमतिमा पुगेका हुन् । राति ११ बजे […]

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव विष्ट र पूर्व उपाध्यक्ष खिलबहादुर भण्डारी गिरफ्तार

काठमाडौं, २९ पुस । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द अाचार्य, महासचिव रमेश विष्टसहित चार जना पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको छ । कतार शाखाको अायोजना कार्यक्रममा भाग लिइरहेको बेला उनीहरुलाई गिरफ्तार गरिएको हो । शुक्रबार कतारको दोहास्थित ग्राण्ड प्यालेस होटलमा पत्रकार महासंघको कतार शाखाले गरेको कार्यक्रममा सहभागी भएका बेला कतारका सुरक्षाकर्मीले गिरफ्तार गरेको हो । कार्यक्रमका […]

शुक्लाफाँटाका जलपंक्षी गणना सुरु

कञ्चनपुर, २८ पुस । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जलपक्षी गणनाको कार्य सम्पन्न भएको छ । विशेषज्ञको सहयोगमा एक साता लगाएर गरिएको गणनामा ५८ प्रजातिका तीन हजार ६४१ वटा जलपक्षी फेला परेका छन् । प्रत्यक्ष अवलोकन र वाइनाकुलरको सहायताले गरिएको गणनाका क्रममा हाँस प्रजाति १५, गरुड प्रजाति पाँच, बकुल्ला १२, जलेवा दुई, सारस एक, हुटिट्याउँ चार, […]

देशभरका नर्सहरु अान्दाेलनमा

काठमाडाैं, २८ पुस। ११ बुँदे माग राख्दै देशभरका नर्सहरु अान्दाेलनमा उत्रिएका छन् । नेपाल नर्सिङ्ग संघको आवहानमा देशभरका नर्सहरुले वुधवारबाट आन्दोलित भएका हुन् । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले ३ जना नर्सलाई निस्काशन गरेपछि नर्सिङ संघले अान्दाेलनमा जाने निर्णय गरेकाे हाे । निष्कासित नर्सहरुको पुर्नवहालीको माग गर्दै आन्दोलनमा उत्रेका दभरका नर्सहरुले पहिलाे दिन अाज १ […]

मौसमी सूचना प्रणालीलाई आधुनिकीकरण गर्न राडार जडान

काठमाडौँ, २८ पुस । मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले अत्याधुनिक मौसमी राडार जडान प्रक्रिया शुरु गरेको छ । विभागले मौसमी सूचनालाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमा पहिलो पटक सुर्खेत, पाल्पा र उदयपुरमा राडार जडान गर्न थालेको हो । मौसमी प्रणालीलाई आधुनिकीकरण गर्न तीनवटा मौसमी राडार जडानको प्रक्रिया शुरु […]