दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले प्रत्येक छोरीलाई मासिक रु १सयका दरले दिने नयाँ कार्यक्रम ल्याएको छ । साउनदेखि नगर भित्र जन्मेका प्रत्येक छोरीले उक्त रकम पाउने भएका छन । आर्थिक वर्षदेखि लागू हुने ‘स्मार्ट छोरी, बिहेवारी बीस वर्ष पारी’ कार्यक्रम अन्तर्गत उक्त योजना ल्याइएको हो । यस अन्तर्गत प्रत्येक छोरीलाई जन्मेको दिनदेखि मासिक रु १सयका […]
समाज
डेङ्गु नियन्त्रण भन्दा बाहिर पूर्वी जिल्लाका ४ सय ७५ जना मानिसमा यो रोगको सङ्क्रमण
काठमाडौ ०१ असार । एक महिनाअघि देखिएको डेङ्गु नियन्त्रण हुनुको साटो फैलिएर सुनसरी हुँदै मोरङ र झापालगायतका जिल्लामा पुगिसेको छ । अहिलेसम्म पूर्वी जिल्लाका ४ सय ७५ जना मानिसमा यो रोगको सङ्क्रमण भेटिएको छ ।डेङ्गुको सङ्क्रमण सुरुमा सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ मा भेटिएको हो । त्यसपछि ७, ९ र १३ वडामा पनि यसका […]
शताब्दीपुरुष जोशीलाई किर्तिपुरवासीले गरे भब्य सम्मान
कीर्तिपुर, ३२ जेठ । शताब्दीपुरुष सत्यमोहन जोशीलाई कीर्तिपुरवासीलेे भव्य अभिनन्दन गरेका छन। अनक मिडियाको संयोजन तथा कीर्तिपुर क्षेत्रका नागरिकको आयोजनामा शनिबार जोशीलाई सममान गरिएको हाे । जाेशीले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई उज्ज्वल बनाउन संस्कृति, संम्पदा, साहित्य, भाषाको उत्थान हुन जरुरी रहेको बताउदै नेपाललाई विकासतिर लैजान सम्पदाको ठूलो देन रहने बताउनुभयाे । राष्ट्रिय आयोजनाका ठूल्ठूला सडक, […]
स्विट्जरल्यान्डका महिलाद्वारा ‘समान ज्याला र सम्मान’ माग
स्विट्जरल्यान्डका महिलाहरूले “समानतातिरको धीमा गति” विरुद्ध सडकमा प्रदर्शन गरेका छन्। २८ वर्ष अघि सन् १९९१ मा यस्तै ‘कारवाही’का लागि महिलाहरू सडकमा निस्केका थिए। स्वीस महिलाहरूले लैङ्गिक समानताको गति तीव्र पारियोस भन्ने अभियान लामो समयदेखि चलाउँदै आएका छन्। सन् १९१८ मा प्रथम विश्व युद्ध अन्त्य भएपछि युरोपका लाखौँ महिलाहरूसँगसँगै मतदानमा अधिकारका लागि स्वीस महिलाहरू सडकमा निस्केका […]
विषालु च्याउ खाँदा पाल्पामा ६ जनाको मृत्यु
पाल्पा । विषालु च्याउ खाँदा पाल्पामा पाँच बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । पूर्वी पाल्पास्थित निश्दीका गाउँलेहरूले गत हप्ता नजिकै रहेको जङ्गलबाट च्याउ ल्याएर खाएका थिए । जङ्गली च्याउ खाएर अशक्त भएका छ जनाको उपचारको क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको पाल्पा प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । गत शुक्रबार च्याउ खाएर गम्भीर […]
गुठी विधेयक विरुद्ध श्री ज्यापू महागुथिंले आफ्ना सबै गुठीयार सडकमा उतार्ने
काठमाडौँ, ३१ जेठ । सरकारले संसदमा दर्ता गरेको गुठी सम्बन्धि विधेयक तत्काल खारेज गर्न माग गर्दै काठमाडौँका आदिवासी ज्यापू समुदायको जातीय संस्था ‘ज्यापू महागुथिं नेपाः’ ले विधेयकका बिरुद्ध सबै गुठियारलाइ सडकमा उतार्ने भएकाे छ । महागुठीले गुठी विधेयक विरुद्ध संघर्ष समिति समेत गठन गरिसकेकाे छ । उक्त संघर्ष समितिले शनिवारबाट सडकमा सबै गुठियारलाइ उतार्ने जनाएकाे […]
५ घण्टा नबित्दै बढेको यातायात भाडा फिर्ता
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको ५ घन्टा नबित्दै सो निर्णय फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । तर, चौतर्फी विरोध भएपछि साँझ फिर्ता लिने निर्णय लिएको हो । विभागले दिउसो यातायातको भाडा बढाएर देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो । तर, […]
तलव वृद्धि लागू हुनु अगावै सरकारले सार्वजनिक यातायातको भाडा बढायो
काठमाडौं । केपी ओली सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । असार १ गतेदेखि लागू हुने गरि सार्वजनिक यातायातको भाडा वृद्धि गरिएको हो । हाल कायम रहेको भाडा दरमा १२ प्रतिशतले भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागले बतायो । हाल प्रति ४ किमि १४ रुपैयाँ भाडा भएकोमा भाडा वृद्धि लागू भए संगै १६ रुपैयाँ […]
मोटरसाइकल एकापसमा ठोक्किदा २ को मृत्यु ४ घाइते
सर्लाही, ३० जेठ । सर्लाहीको हरिपुर नगरपालिकामा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन् । हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प ६९२२ नंको मोटरसाइकल र ज२प ७८८६ नं को मोटरसाइकल एकापसमा गए राति करीब साढे १० बजेको समयमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र […]
पानीको ट्याङ्कीमा डुबेर बालकको ज्यान गयो
कास्की । पोखरामा बुधबार साँझ पानीको ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ । स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको साँझ साढे ७ बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए । […]











