कठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई मन्त्रालयमा समय लिएर भेट्न पुगेका नेपाल कपास उद्योग तथा सिरक डसना व्यवसायी महासंघको पदाधिकारीको ज्ञापनपत्र खोसिएपछि आक्रोशित उनीहरुले मागको बेवास्ता गरेकाले आफूहरु प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी महासंघले अवैधानिक घुम्ती उद्योग रोकेर कारबाही नगरे आफूहरुले अवैधानिक कार्यविरुद्ध प्रतिकारमा उत्रन वाध्य […]
समाज
दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण बाँकेका अधिकांश गाउँ डुबानमा
बाँके ९ असार । बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन्। दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए। बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका अधिकांश घर […]
उपत्यकासहित देशभर भारी वर्षाको सम्भावना,
काठमाडौं ८ असार । आज उपत्यकासहित देशभरको मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशैभर पानी पर्ने र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । आज आइतबार खासगरी मध्ये र पश्चिमका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । यो क्रम […]
निजामती ऐनबारे मन्त्री पण्डित ,हिजो गरेनम् आज त्यो एकदम अनिवार्य छ, भविष्यमा अझै अनिवार्य हुन सक्छ
काठमाडौं, ८ असार। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीसँग सम्बन्धित नीति नियमहरु समयअनुकूल परिवर्तन गर्दै जाने बताएका छन् । सबै कुरा भताभुंग बनाएर नयाँ निर्माण अहिले सम्भव नभएको उनले बताए । हिजो गरेनम् आज त्यो एकदम अनिवार्य छ, भविष्यमा अझै अनिवार्य हुन सक्छ,’ आइतबार संसदको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले भने […]
गुठी विधेयक खारेजीको माग गर्दै ब्ल्याक आउट
काठमाडौँ, ७ असार । सरकारले संसदमा पेश गरेर फिर्ता लिएको गुठी विधेयक खारेज गर्नुपर्ने मागसहित आज काठमाडौंलगाएत स्थानमा ब्ल्याक आउट गरिएको छ । गुठी विधेयक खारेजीको माग राख्दै आएको राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिले शनिबार बेलुकि ७ः३० बजेदेखि ८ः०० बजेसम्म मुख्यगरी नेवार समुदायको बाहुल्यता रहेको भित्रि शहरमा ब्ल्याक आउट गर्न आव्हान गर्दै टोलटोलमा सरकार बिरुद्द […]
जापानमा रहेका नेपाली विज्ञहरुको नामावली संकलन कार्य सुरु (लिंक सहित)
टाेकियाे । जापानमा रहेका नेपाली विज्ञहरुलाई एकिकृत गर्न गैरआवासीय नेपाली संघ एनआरएनए जापानले नामावली संकलन कार्य सुरु गरेको छ। गैरआवासीय नेपाली संघ एनआरएनए जापानले एनआरएनए आईसीसीसंगको सहकार्यमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले सुरु गरेको ब्रेन गेन सेन्टरमा धेरै भन्दा धेरै नेपाली विषय विज्ञहरुलाई आवद्ध गराउने लक्ष्य सहित पहिलो चरणमा विशेषज्ञता हासिल गरेकाहरुको नामावली संकलन कार्य सुरु […]
पत्रकार बस्नेतमाथि आक्रामण गर्नेलाई कारबाही गर्न माग
काठमाडौं, ६ असार । सल्लेरी खबरडटकमका प्रवन्ध निर्देशक सुदर्शन बुढाथोकीले आफ्नो अनलाईनका समाचार सम्पादक दिनेश बस्नेतमाथि सांघातिक आक्रमण भएको भन्दै आक्रामणमा संलग्न दोषीलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त अनलाईनकर्मीहरुले सम्पादक बस्नेतमाथि असार ५ गते समाचार संकलनका क्रममा झत्तपुरको लोकन्थलीमा आक्रमण भएको जनाए । बस्नेतलाई शैलेश […]
हिमनदीको बरफ पग्लने दर दोब्बर, करोडौं मानिस जोखिममा
एजेन्सी – अघिल्लो २५ वर्षको तुलनामा गएको दुई दशकमा हिमनदीको बरफ पग्लने दर दोब्बरले बढेको अनुसन्धानले देखाएको छ ।अमेरिकी जासुसी भूउपग्रहले खिचेका तस्बिर विश्लेषण गरेका न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले अघिल्लो २५ वर्षको तुलनामा गएको दुई दशकमा हिमनदीको बरफ पग्लने दर दोब्बरले बढेको बताएका हुन् । उनीहरुले अमेरिकी जासुसी भूउपग्रहले विगतमा खिचेका तस्बिरसँग हालैका अन्तरीक्ष यानका […]
दाङ घोराही तल्लो मालेगाउँका अग्निपीडितलाई सहयोग
दाङ, ५ असार । दाङको घोराही उपमहानगरपालिका–१ सिरुखर्क र तल्लो मालेगाउँका अग्निपीडितलाई स्थानीय अगुवाहरुले २ लाख बढी नगद रकम हस्तान्तरण गरेका छन्। अग्निपीडितहरु बसोबास गर्दै आइरहेको सिरुखर्क गाँउमा एक कार्यक्रम गरी अग्निपीडित ९ परिवारलाई प्रति परिवार २३ हजार ६० रुपैयाका दरले २ लाख ७ हजार ५ सय ४० रुपैया प्रदान गरिएको नेपाली काग्रे्रस दाङ क्षेत्र […]
युद्ध र द्वन्दका कारण दैनिक ३७ हजार मानिस पुर्खाको थातथलो त्याग्न बाध्य,
काठमाडौ,४ असार । युद्ध, विभिन्न किसिमका उत्पीडन र द्वन्दका कारण आफ्नो थातथलोबाट विस्थापित हुने मानिसहरूको संख्या ७ करोड पुगेको छ। सन् २०१८ को तथ्यांक सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघको शरणार्थी नियोगले भनेको छ, नियोग स्थापना भएयताकै यो सर्वाधिक ठूलो आँकडा हो। नियोग ७० वर्षदेखि शरणार्थी व्यवस्थापनको क्षेत्रमा क्रियाशील छ। नियोगका अनुसार ७ करोडमध्ये २३ लाख मानिस […]









