पानीको ट्याङ्कीमा डुबेर बालकको ज्यान गयो

कास्की । पोखरामा बुधबार साँझ पानीको ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ ।

स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको साँझ साढे ७ बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

साथीसँग खेल्ने क्रममा घरको भर्‍याङमुनि रहेको ट्याङ्कीमा खसेका उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्‍याइएकाे थियाे । अस्पताल पुगेपछि चिकित्सकले उनकाे मृत भइसकेकाे घोषणा गरेको प्रहरीले जनाएको छ ।

Loading...