गुठी विधेयक विरुद्ध श्री ज्यापू महागुथिंले आफ्ना सबै गुठीयार सडकमा उतार्ने

काठमाडौँ, ३१ जेठ । सरकारले संसदमा दर्ता गरेको गुठी सम्बन्धि विधेयक तत्काल खारेज गर्न माग गर्दै काठमाडौँका आदिवासी ज्यापू समुदायको जातीय संस्था ‘ज्यापू महागुथिं नेपाः’ ले विधेयकका बिरुद्ध सबै गुठियारलाइ सडकमा उतार्ने भएकाे छ । महागुठीले गुठी विधेयक विरुद्ध संघर्ष समिति समेत गठन गरिसकेकाे छ । उक्त संघर्ष समितिले शनिवारबाट सडकमा सबै गुठियारलाइ उतार्ने जनाएकाे छ । 

साे संघर्ष समितिका अध्यक्षमा सत्यनारायण डंगाल रहेका छन । उनले दिएको जानकारी अनुसार शनिबार नयाँसडक जुद्ध शालिकमा वृहत भेला भइ भित्रि सहरको सबै स्थानमा जुलस, र्याली तथा बेग्ला बेग्लै कोणसभा गरिने कार्यक्रम समेत बनाइएकाे छ । 

ज्यापू महागुठी नेपाः ले शुक्रबार गरेको भेलाबाट महागुठींका संस्थापक महासचिव सत्यनारायण डंगोलको अध्यक्षतामा २०१ जनाको संघर्ष समिति बनाएको हो । सो संघर्ष समितिले शुक्रबार साँझा ५ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमबारे जानकारी दिने भएको छ ।

Loading...