काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले प्रदर्शन गरेका छन्। भाषा पास गरेर रोस्टरमा वर्ष दिनभन्दा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै मंगलबार काठमाडौंको माइतीघरमा उनीहरूले प्रदर्शन गरेका हुन्। यसअघि उनीहरूले ग्वार्कोस्थित इपिएस कार्यालयमा विरोध प्रदर्शन गरेका थिए। इपिएसअन्तर्गत […]
समाज
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
काठमाडौँ । टेरामक्स प्रविधि खरिदमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदैछ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र न्यायाधीश हेमन्त रावल र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनामाथि ३ खर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी गरेको थियो […]
बंगलादेशमा पूर्व प्रहरी आयुक्तसहित तीन वरिष्ठ प्रहरी अधिकारीलाई मृत्युदण्ड
काठमाडौँ । बंगलादेशका पूर्व ढाका प्रहरी आयुक्तसहित तीन जना प्रहरी अधिकारीलाई सन् २०२४ को हिंसात्मक सडक आन्दोलन क्रममा उनीहरूको कथित भूमिकाका लागि सोमबार मृत्युदण्डको सजाय सुनाइएको छ। उक्त आन्दोलनकै कारण तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सत्ता पतन भएको थियो। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणका न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मोजुम्दरको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले पूर्व ढाका मेट्रोपोलिटन […]
समानुपातिकतर्फको मतपत्र छपाइ सकियो
काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगले जनाएको हो। केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले समानुपातिकतर्फको मतपत्र छपाइ पूरा भएपछि प्रत्यक्षतर्फको सुरु भएको जानकारी दिए। […]
चुमनुव्री गाउँपालिकाबाट घरदैलो अभियान सुरु गर्दै सुदन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट गोरखा–१ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनेका सुदन गुरुङले आजदेखि घरदैलो अभियान सुरु गर्ने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत गोरखाको चुमनुव्री गाउँपालिकाबाट आउँदो निर्वाचनका लागि घरदैलो अभियान सुरु गर्ने बताए । उनले भनेका छन्– ‘आजदेखि गोरखाको चुमनुव्री गाउँपालिकाबाट आउँदो निर्वाचनका लागि घरदैलो अभियान सुरु गर्दैछु, यो यात्रा कुनै पदको […]
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज र भोलि यी स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली […]
शुल्क शोषण र शैक्षिक दलालविरुद्ध अखिल (क्रान्तिकारी) आन्दोलनमा, निकाल्यो मसाल जुलुस
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयभित्र बढ्दो शुल्क शोषण र शैक्षिक दलालीविरुद्ध अखिल (क्रान्तिकारी) ले तेस्रो चरणको आन्दोलन अन्तर्गत मसाल जुलुस निकालेको छ। अखिल (क्रान्तिकारी) का नेता–कार्यकर्ताहरूले त्रिभुवन विश्वविद्यालयको कुलपतिको कार्यालय अगाडि मसाल जुलुस निकाल्दै विश्वविद्यालय प्रशासन र सरकारविरुद्ध नाराबाजी गरेका हुन्। उनीहरूले शिक्षा क्षेत्रमा व्यापारीकरण बढ्दै गएको, विद्यार्थीमाथि आर्थिक बोझ थोपर्ने नीति लादिएको र विश्वविद्यालय प्रशासन […]
विदेशी सम्बन्धन प्राप्त ब्रिटिश कलेज लगायतलाई बन्द गर्न सरोकारवालाको माग
काठमाडौं । विदेशी सम्बन्धन प्राप्त ब्रिटिश कलेजलागायतलाई बन्द गरिनुपर्ने सरोकारवालाहरुले माग गरेका छन् । सोमबार राजधानीको संवाद डबलीमा पीडित विद्यार्थीको सहभागितमा अखिल क्रान्तिकारीले गरेको अन्तरक्रियामा विदेशी कलेज सञ्चालन निर्देशिका नै खारेज गर्न मागसमेत गरेका छन् । अखिल (क्रान्तिकारी)का अध्यक्ष बिरेन्द्र शाहले विदेशी सम्बन्धन प्राप्त कलेजहरुले नेपालमा खुलेआम शैक्षिक शोषण गरिरहेको आरोप लगाएका छन् । ‘विदेशी […]
सिरहामा पोस्टमार्टमपछि शव साटियो, अर्कै परिवारले किशोरीको दाहसंस्कार गरेपछि खुल्यो रहस्य
काठमाडौँ । सिरहामा पोस्टमार्टमपछि शव हेरफेर भएको गम्भीर घटना सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। मृतक किशोरीको शव अर्कै परिवारले दाहसंस्कार गरेको खुलासा भएपछि घटनाले मानविक संवेदनामाथि गम्भीर प्रश्न उठाएको छ। माघ १० गते शनिबार सिरहाको गोलबजार नगरपालिका–३, जम्दहकी करिब १६ वर्षीया निशा बानियाँ आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। इलाका प्रहरी कार्यालय […]
बालेन शाहको अभिव्यक्तिविरूद्ध निर्वाचन आयोगमा उजुरी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी परेको हो। निवेदक धर्मराज तिमिल्सिनाले निर्वाचन आयोगमा उजुरी दिएका हुन्। निवेदनमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले […]











