देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । देशको हिमाली […]

बाढीपीडित बालबालिकाका लागि राहत सामग्री हस्तान्तरण

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकालाई लक्षित गरी गोकर्णेश्वर नगरपालिका जोरपाटीका आमाहरूले राहत सामग्री हस्तान्तरण गरेका छन् । जोरपाटी निवासी संगीता दाहाल, सविता फुयाल, मनिषा सिग्देल, अलिशा बराल र देवकी बराललगायत आमाहरूको पहलमा बालबालिकालाई लक्षित गरी राहत सामग्री हस्तान्तरण गरिएको हो । उनीहरूले काठमाडौं जिल्ला प्रशासन कार्यालयकी प्रतिनिधि सुजनकुमारी बर्देवामार्फत प्रभावित […]

बाढीको ११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्दार

काठमाडौं । रसुवामा बाढीका कारण अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक चिनियाँ नागरिकको उद्धार गरिएको छ। नेपाली सेनाको उद्धार टोलीले सुरुङभित्र करिब २२५ मिटरको दूरीमा रहेका चिनियाँ नागरिक लुहाइताओलाई सुरक्षित रूपमा बाहिर निकालेको हो। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले उद्धार गरिएको व्यक्तिको विवरण सार्वजनिक गरेका छन्। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण […]

बाढीमा पुरिएको घरबाट चन्डिकाको जीवित उद्धार, उपचारका लागि काठमाडौं ल्याइँयो

काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीका कारण घर पुरिएपछि भित्र फसेकी एक महिलाको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ। विदुर नगरपालिका–१० बेत्रावतीमा रहेको आनन्द श्रेष्ठको घरमा बाढी पसेर पुरिएपछि उनकी श्रीमती चन्डिका घरभित्रै फसेकी थिइन्। सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा खटिएको टोलीले उनलाई उद्धार गरेको हो। उद्धार गरिएकी चन्डिकाको स्वास्थ्य उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने […]

रसुवागढीका ९३ अझै सम्पर्कविहीन, खोजीमा रक क्लाइम्बरदेखि हेलिकप्टरसम्म परिचालन

काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनास्थलमा सम्पर्कविहीन भएका ९३ जनाको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ। रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार आयोजनाका नियमित कर्मचारी ५१ जना, सञ्चालक एक जना, दैनिक ज्यालादारी कामदार दुई जना तथा तीनवटा ठेकेदार कम्पनीका ३९ जना गरी कुल ९३ जना अझै सम्पर्कविहीन छन्। खोजी तथा उद्धारका […]

मानव बेचबिखनमुक्त समाजका लागि सबै तहको सहकार्य आवश्यक : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन् । मानव बेचबिखनविरुद्धको २० औं राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले मानव बेचबिखन मानव सभ्यताकै कलंकका रूपमा रहेको र संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको उल्लेख गरेका छन् […]

पृथ्वी राजमार्गको परेवाभिर खण्ड १२ घण्टा पूर्ण बन्द रहने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्डमा आज शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण परेवाभिर क्षेत्रको सडकमा क्षति पुगेपछि राजमार्ग एकतर्फी मात्र सञ्चालन हुँदै आएको थियो। क्षतिग्रस्त सडकको मर्मत कार्य गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय धादिङले शनिबार […]

मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो

विराटनगर । जिल्ला कारागार मोरङमा कैदीबन्दीबीच झडप भएको छ । विराटनगर- ८ मा रहेको कारागारमा शुक्रबार दिउँसो दुई पक्षबीच झडप भएको हो । झडपपछि १९ जना कैदीबन्दीलाई बाहिर निकालिएको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए । उनका अनुसार ‘बी ब्लक’ १९ जनालाई निकालिएको हो । कैदीबन्दीलाई यातना दिएको र रकम असुल गरेको भन्दै अर्को […]

रसुवा बाढीमा ज्यान गुमाउने १३४४ जनाको शव फेला, झण्डै ५ हजार अझै बेपत्ता

रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेका १ हजार ३४४ को शव फेला परेकाे छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार ४ हजार ८ सय ९८ जना अझै बेपत्ता रहेका छन्। प्रहरीका अनुसार फेला परेका १,३४४ शवहरूमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन्। अन्य ५०१ वटा शवका […]

गोलि प्रहारबाट गयो शिक्षकको ज्यान

सङ्खुवासभा । मकालु गाउँपालिका–१ चिर्खाङमा भरुवा बन्दुकको गोली प्रहारबाट एक शिक्षकको हत्या भएको छ। कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको बिहीबार साँझ करिब ७ बजे विद्यालय नजिकै गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी कुमारप्रसाद मैनालीले बताएका छन् । खाना खाएपछि भाँडा माझ्न बाहिर निस्किएका राई गोली लागि भुइँमा लडिरहेको अवस्थामा […]