देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ (नेपालको पश्चिमतर्फ नेपाल नजिकै) रहेको छ। साथै उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ । जसको प्रभावले मधेस प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी […]

कानुन आयोगको वार्षिक प्रगति प्रतिवेदन पेश

काठमाडौं । नेपाल कानुन आयोगले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका कामकारबाही समेटिएको वार्षिक प्रतिवेदन सोमबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसमक्ष पेश गरेको छ । नेपाल कानून आयोग ऐन, २०६३ को दफा २२ बमोजिम आयोगले तयार गरेको प्रतिवेदन कानुनमन्त्री गौतममार्फत नेपाल सरकारसमक्ष पेश गरिने छ । आयोगले पेश गरेको वार्षिक प्रतिवेदनमा आयोगको परिचय, […]

अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्रीको सम्बोधन : दुःखको यो घडीमा हामी साथमा छौँ

काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाल एक्लै नरहेको बताएका छन्। अस्ट्रेलियाली संसद्‌लाई सम्बोधन गर्दै उनले बाढीमा परी आफ्ना ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको पुष्टी गरेका छन्। ‘चमत्कारको आशमा छौँ’ गत अगस्ट २६ मा हिमपहिरो […]

तोलामा २ हजार ४ सय रुपैयाँ घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन […]

नेपालमा एकैपटक धेरै जटिल उद्धारको सामना गर्नु जीवनकै कठिन परीक्षा : आर्नोल्ड डिक्स

काठमाडौँ । भारतको उत्तराखण्डस्थित सिल्क्यरा सुरुङमा फसेका ४१ मजदुरको सफल उद्धारको नेतृत्व गरेर विश्वभर चर्चा कमाएका अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ प्राध्यापक आर्नोल्ड डिक्सले नेपालको बाढीग्रस्त सुरुङहरूमा जारी उद्धार अभियान आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा भएको बताएका छन्। नेपालमा जारी उद्धार अभियानको स्थलगत नेतृत्व र प्राविधिक परामर्श दिइरहेका अस्ट्रेलियाली भूगर्भविद् तथा इन्जिनियर डिक्सले सोमबार बिहान साढे ३० […]

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। १८ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा […]

आजको मौसम : देशभर कतै मेघगर्जन त कतै भारी वर्षा हुने

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको छ। अहिले देशभर साधारणतया बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका केही स्थानमा तथा पहाडी भू-भागका धेरै स्थानमा […]

रसुवागढी हाइड्रोका सम्पर्कविहीन ९३ जनाको जंगलमा पनि खोजी

काठमाडौँ । बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका ९३ कर्मचारी तथा श्रमिकको खोजी कार्य जंगल र पहाडी क्षेत्रमा समेत विस्तार गरिएको छ। बाढीबाट जोगिन आयोजनाको विद्युत्गृहबाट बाहिर निस्किएर जंगल तथा माथिल्लो क्षेत्रमा भागेको हुन सक्ने आशंकामा सम्भावित स्थानहरूमा खोजी गर्न दक्ष र अनुभवी रक क्लाइम्बर टोली परिचालन गरिएको हो। कम्पनीले आफ्नै पहलमा नेपाल नेसनल माउन्टेन […]

लगातारको पानीले बाजुरामा पहिरा : साँफे–मार्तडी सडकखण्ड अवरूद्ध

बाजुरा । पहिरोले बाजुराको जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। लगातार परेको पानीका कारण मार्तडीस्थित बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायत स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगनसिंह भाटले बडीमालिका नगरपालिका–८ को राप्का र वडा नं ६ को जडाङ्गालगायत स्थानमा पनि […]

गोरखाको नाम्रुङ खोलामा बाढी : चार घर र फलामे पुल बगायो

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-४ मा बाढीले चार घर बगाएको छ । गएराति तीन बजेतिर नाम्रुङ खोलामा आएको बाढीले वडा नम्बर-४ नाम्रुङका नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । डीएसपी श्रेष्ठका अनुसार बाढीबाट मानवीय क्षति भने भएको छैन। बाढी आएको थाहा पाएपछि स्थानीयले भने […]