काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनास्थलमा सम्पर्कविहीन भएका ९३ जनाको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ। रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार आयोजनाका नियमित कर्मचारी ५१ जना, सञ्चालक एक जना, दैनिक ज्यालादारी कामदार दुई जना तथा तीनवटा ठेकेदार कम्पनीका ३९ जना गरी कुल ९३ जना अझै सम्पर्कविहीन छन्। खोजी तथा उद्धारका […]
समाज
मानव बेचबिखनमुक्त समाजका लागि सबै तहको सहकार्य आवश्यक : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन् । मानव बेचबिखनविरुद्धको २० औं राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले मानव बेचबिखन मानव सभ्यताकै कलंकका रूपमा रहेको र संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको उल्लेख गरेका छन् […]
पृथ्वी राजमार्गको परेवाभिर खण्ड १२ घण्टा पूर्ण बन्द रहने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्डमा आज शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण परेवाभिर क्षेत्रको सडकमा क्षति पुगेपछि राजमार्ग एकतर्फी मात्र सञ्चालन हुँदै आएको थियो। क्षतिग्रस्त सडकको मर्मत कार्य गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय धादिङले शनिबार […]
मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो
विराटनगर । जिल्ला कारागार मोरङमा कैदीबन्दीबीच झडप भएको छ । विराटनगर- ८ मा रहेको कारागारमा शुक्रबार दिउँसो दुई पक्षबीच झडप भएको हो । झडपपछि १९ जना कैदीबन्दीलाई बाहिर निकालिएको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए । उनका अनुसार ‘बी ब्लक’ १९ जनालाई निकालिएको हो । कैदीबन्दीलाई यातना दिएको र रकम असुल गरेको भन्दै अर्को […]
रसुवा बाढीमा ज्यान गुमाउने १३४४ जनाको शव फेला, झण्डै ५ हजार अझै बेपत्ता
रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेका १ हजार ३४४ को शव फेला परेकाे छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार ४ हजार ८ सय ९८ जना अझै बेपत्ता रहेका छन्। प्रहरीका अनुसार फेला परेका १,३४४ शवहरूमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन्। अन्य ५०१ वटा शवका […]
गोलि प्रहारबाट गयो शिक्षकको ज्यान
सङ्खुवासभा । मकालु गाउँपालिका–१ चिर्खाङमा भरुवा बन्दुकको गोली प्रहारबाट एक शिक्षकको हत्या भएको छ। कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको बिहीबार साँझ करिब ७ बजे विद्यालय नजिकै गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी कुमारप्रसाद मैनालीले बताएका छन् । खाना खाएपछि भाँडा माझ्न बाहिर निस्किएका राई गोली लागि भुइँमा लडिरहेको अवस्थामा […]
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको जोखिम कायमै, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रसुवा र नुवाकोट जिल्ला भई बहने नदीहरूमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ। महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनअनुसार यी दुई जिल्लाका भोटेकोशी, त्रिशुली तथा अन्य स-साना नदीमा पानीको बहाव उल्लेख्य बढ्नेछ। यस क्षेत्रका तटीय बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। गत भदौ […]
आज श्रीकृष्ण जन्माष्टमी, देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी ‘श्रीकृष्णजन्माष्टमी’ पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वासका आधारमा आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिन्छ। जन्माष्टमीका अवसरमा देशभरिका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको विशेष पूजा, प्रवचन र […]
विपद्मा परेका बालबालिकाको फोटो/भिडियो सार्वजनिक भइरहेकोबारे प्रहरीले गर्यो ७ बुँदे अनुरोध
काठमाडौँ। प्रहरी प्रधान कार्यालयले भोटेकोशी नदीमा आएको बाढीपछिको प्राकृतिक विपद्मा परेका बालबालिकाहरूको फोटो तथा भिडियो सामाजिक सञ्जालमा जथाभावी सार्वजनिक भइरहेको प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रहरीले यस्ता सामग्रीले बालबालिकाको गोपनीयता, आत्मसम्मान र मानसिक अवस्थामा दीर्घकालीन नकारात्मक असर पार्ने भन्दै ७ बुँदे विशेष अनुरोध गरेको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं […]
उद्धारमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिइने
काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । साथै, उद्धारका क्रममा घाइते भएमा सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई नि:शुल्क औषधि […]










