काठमाडौँ। प्रहरी प्रधान कार्यालयले भोटेकोशी नदीमा आएको बाढीपछिको प्राकृतिक विपद्मा परेका बालबालिकाहरूको फोटो तथा भिडियो सामाजिक सञ्जालमा जथाभावी सार्वजनिक भइरहेको प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रहरीले यस्ता सामग्रीले बालबालिकाको गोपनीयता, आत्मसम्मान र मानसिक अवस्थामा दीर्घकालीन नकारात्मक असर पार्ने भन्दै ७ बुँदे विशेष अनुरोध गरेको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं […]
समाज
उद्धारमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिइने
काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । साथै, उद्धारका क्रममा घाइते भएमा सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई नि:शुल्क औषधि […]
बाढीमा बेपत्ताका आफन्तलाई डीएनए परीक्षण गराउन आह्वान
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएका नागरिकहरूको खोजी र फेला परेका बेवारिसे शव तथा मानव अंगहरूको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ। गत भदौ १० गतेको भीषण बाढीपछि नदी किनार तथा तटीय क्षेत्रमा फेला परेका शव एवं शरीरका भागहरू पहिचान गर्न नेपाल प्रहरीले सूचना जारी गर्दै मृतकका […]
ग्यास आपूर्ति सहज बनाउन कोसिस गर्दै साल्ट ट्रेडिङ
काठमाडौँ । पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट ट्रेडिङ कर्पोरेसनले निजी ग्यास कम्पनीहरूसँगको सहकार्यमा आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भरेर आपूर्ति सहज बनाउन कोसिस थालेको छ। धादिङको जुगेखोलास्थित कर्पोरेसनको आफ्नै ‘एलपीजी प्लान्ट’मा ग्यास बुलेट पुग्न नसकेपछि मनोज र बाबा ग्यासका प्लान्टमार्फत एसटिसी सिलिन्डरमा बोटलिङ गरी वैकल्पिक मार्गबाट उपत्यका ल्याउन लागिएको हो। कर्पोरेसनका सहायक प्रमुख […]
बाढीमा हराइरहेका मधेसका ३० जना आए सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन्। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मधेस प्रदेशका १९२ जनामध्ये ३० जना टेलिफोनमार्फत सम्पर्कमा आएको र १६२ जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीनमध्ये पर्साको वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर […]
केवाईसी पुष्टि गरेर बाढीमा चेक, कार्ड, मोबाइल हराएका ग्राहकले पनि बैंकिङ कारोबार गर्न पाउने
काठमाडौँ । बाढीले प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकले पनि बैंकिङ कारोबार गर्न पाउने भएका छन् । राष्ट्र बैंकले बैंकहरुलाई परिपत्र गरेर आफैँसँग रहेको ग्राहक जानकारी (केवाईसी) सँग भिडाएर पुष्टि भएमा ग्राहकलाई वित्तीय जानकारी गर्न निर्देशन दिएको हाे । ‘हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपतबाट प्रभावित […]
नागढुंगामा सडक भासिएपछि खोलियो सुरुङमार्ग
काठमाडौं । काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई नागढुंगा सुरुङमार्ग खुला गरिएको छ । नागढुंगा पातले वनमा सडक भासिएपछि आवागमन प्रभावित भएको छ । अहिले पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकलहरूलाई भने सोही स्थानबाट एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको सडक विभागले जनाएको छ । विभागका अनुसार सडक भासिएको […]
१११३ जनाको शव फेला, ४८५८ जना सम्पर्कविहीन
काठमाडौँ । भोटेकोशी-त्रिशूलीको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ११३ पुगेको छ। नेपाल प्रहरीका अनुसार बुधबार बिहानसम्म बाढीमा परेका १११३ जनाको शव फेला परेको हो। फेला परेका शवहरूमा ३१ जना बालकको, ४४ जना बालिका, २२४ जना महिला, ३९५ पुरूष र लिंग पहिचान नभएका ४२३ जना छन्। तीमध्ये ९५ वटा शवको सनाखत भई परिवारलाई हस्तान्तरण भइसकेका […]
लाङटाङको सुरूङमा फसेकाको उद्धार गर्न सेनासँगै आयोजनाको प्राविधिक पनि खटिने
काठमाडौँ । रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरूङभित्र फसेको आशंका गरिएका २५ जनाको खोजी तथा उद्धार कार्य आजदेखि पुनः सुरु हुने भएको छ। उद्धारका लागि बुधबार बिहान आयोजनास्थलमा नेपाली सेनाका १५ जना र कम्पनीका करिब ८ जना प्राविधिकसहितको टोली परिचालन भएको छ। उद्धारमा आवश्यक उपकरणहरू पनि हेलिकप्टरमार्फत आयोजनास्थलमा पुर्याउने काम भइरहेको आयोजनाले जनाएको छ। आयोजनाका प्रबन्ध […]
सुनकोशी, बुढीगण्डकी लगायतका नदीमा जलसतहले सतर्कता तह पार गर्याे, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको वर्षासँगै ठूला नदीहरूमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेको मापनमा सुनकोशी, बुढीगण्डकी र महाकाली नदीले सतर्कता तह पार गरेका हुन्। महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार निम्न स्थानमा जलसतह बढेको छ: सुनकोशी नदी (खुर्कोट, सिन्धुली): यहाँ […]










