काठमाडौँ । झापाको भद्रपुर विमानस्थलमा शुक्रबार राति भएको बुद्ध एयरको एटीआर–७२ विमान दुर्घटनामा चालक दलका एक सदस्यसहित सात जना सामान्य घाइते भएका छन् । काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे अवतरण गर्ने क्रममा रन–वे नाघ्दै पूर्वतर्फ करिब ३०० मिटर अगाडि पुगेपछि घाँसे झाडी र माटोमा भासिएर दुर्घटनाग्रस्त […]
समाज
बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रन-वेबाट चिप्लियो
काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले ग्राउन्डभन्दा केही बाहिर विमान गएको र अहिले बुझ्ने क्रम जारी रहेको जानकारी दिए । काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, काठमाडौं–भद्रपुर उडानको 901 उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको हो । […]
कुलमान घिसिङ रास्वपा प्रवेश गरेको विषय जानकारीमा आएको छैन : सरकारका प्रवक्ता
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको विषय सरकारलाई औपचारिक जानकारी नभएको बताएका छन् । शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको बिषय औपचारिक रुपमा जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र स्वयं घिसिङका तर्फबाट लिनुपर्ने निर्णय हुने समेत बताए । ‘कुलमान घिसिङ […]
हेलिकप्टरमा वनभोज खान गएका मुख्यमन्त्रीले दिए यस्तो प्रष्टीकरण
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदभार सम्हालेसँगै प्रदेश सरकारको खर्च कटौती र मितव्ययिता अपनाउँदै आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । स्वकीय सचिवालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री बानियाँले सरकारी निकायहरूलाई आर्थिक मितव्ययिता र पारदर्शिता अपनाउन निर्देशन दिँदै आएको बताइएको छ। बानियाँले आफूले पनि त्यही अभ्यासलाई कार्यान्वयनमा ल्याएको उल्लेख गरेका छन् । […]
ललितपुरको अन्डरग्राउण्ड म्युजिकल पार्टीमा प्रहरी छापा, ६ विदेशीसहित ९ जना पक्राउ
काठमाडौँ । ललितपुरको गोदावरीस्थित एक रिसोर्टमा चलिरहेको ‘अन्डरग्राउण्ड म्युजिकल पार्टी’ मा प्रहरीले छापा मारी लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले ६ जना विदेशी र ३ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो। ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक जनक बहादुर शाहीले शुक्रबार विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार दक्षिण भारतका आयोजक र केही […]
गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ जना घाइते
बुटवल । गुल्मीमा विद्यार्थी बोकेर वनभोज हिँडेको बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पिकनिकका लागि हिँडेको लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले शुक्रबार लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीको मालिका गाउँपालिका–६ का ३६ वर्षका वसन्त अर्याल र ६० वर्षकी मनकला अर्यालको […]
बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ। गत सोमबारदेखि घट्ने क्रममा रहेको सुन यसदिन भने प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ५९ हजार ६ सय रूपैयाँमा किनबेच भएको थियो। […]
बन्दसूची संशोधन गर्न दलहरूलाई आयोगले दियो ७ दिनको समय
काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्ने समय पुस २१ देखि २७ गतेसम्म तोकेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको बन्दसूची दलहरूले पुस १३ र १४ गते आयोगमा पेस गरेका थिए । उम्मेदवारहरूको बन्दसूची छानबिन गरी सच्याउनका लागि आयोगले पुस १५ गते आयोगले दलहरूलाई सूचित […]
निर्वाचन आउन ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक, कन्टेनर प्रयोग गरिनेछ । ढुवानीका लागि कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई सूचीकृत हुन आउन आयोगले आग्रह गरेको छ । आयोगले सूचीकृत […]
विद्युत प्राधिकरणले माग्यो सह-निर्देशकदेखि सुपरभाइजरसम्म २६६ कर्मचारी (विज्ञापनसहित)
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। प्राधिकरणले शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरूमा कर्मचारी माग गरेको हो। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ ८ गतेसम्म दरखास्त दिन सक्नेछन्। विद्युत प्राधिकरणको वेबसाइटमार्फत दरखास्त फाराम भर्न सक्नेछन्।










