काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन्। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मधेस प्रदेशका १९२ जनामध्ये ३० जना टेलिफोनमार्फत सम्पर्कमा आएको र १६२ जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीनमध्ये पर्साको वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर […]
समाज
केवाईसी पुष्टि गरेर बाढीमा चेक, कार्ड, मोबाइल हराएका ग्राहकले पनि बैंकिङ कारोबार गर्न पाउने
काठमाडौँ । बाढीले प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकले पनि बैंकिङ कारोबार गर्न पाउने भएका छन् । राष्ट्र बैंकले बैंकहरुलाई परिपत्र गरेर आफैँसँग रहेको ग्राहक जानकारी (केवाईसी) सँग भिडाएर पुष्टि भएमा ग्राहकलाई वित्तीय जानकारी गर्न निर्देशन दिएको हाे । ‘हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपतबाट प्रभावित […]
नागढुंगामा सडक भासिएपछि खोलियो सुरुङमार्ग
काठमाडौं । काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई नागढुंगा सुरुङमार्ग खुला गरिएको छ । नागढुंगा पातले वनमा सडक भासिएपछि आवागमन प्रभावित भएको छ । अहिले पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकलहरूलाई भने सोही स्थानबाट एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको सडक विभागले जनाएको छ । विभागका अनुसार सडक भासिएको […]
१११३ जनाको शव फेला, ४८५८ जना सम्पर्कविहीन
काठमाडौँ । भोटेकोशी-त्रिशूलीको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ११३ पुगेको छ। नेपाल प्रहरीका अनुसार बुधबार बिहानसम्म बाढीमा परेका १११३ जनाको शव फेला परेको हो। फेला परेका शवहरूमा ३१ जना बालकको, ४४ जना बालिका, २२४ जना महिला, ३९५ पुरूष र लिंग पहिचान नभएका ४२३ जना छन्। तीमध्ये ९५ वटा शवको सनाखत भई परिवारलाई हस्तान्तरण भइसकेका […]
लाङटाङको सुरूङमा फसेकाको उद्धार गर्न सेनासँगै आयोजनाको प्राविधिक पनि खटिने
काठमाडौँ । रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरूङभित्र फसेको आशंका गरिएका २५ जनाको खोजी तथा उद्धार कार्य आजदेखि पुनः सुरु हुने भएको छ। उद्धारका लागि बुधबार बिहान आयोजनास्थलमा नेपाली सेनाका १५ जना र कम्पनीका करिब ८ जना प्राविधिकसहितको टोली परिचालन भएको छ। उद्धारमा आवश्यक उपकरणहरू पनि हेलिकप्टरमार्फत आयोजनास्थलमा पुर्याउने काम भइरहेको आयोजनाले जनाएको छ। आयोजनाका प्रबन्ध […]
सुनकोशी, बुढीगण्डकी लगायतका नदीमा जलसतहले सतर्कता तह पार गर्याे, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको वर्षासँगै ठूला नदीहरूमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेको मापनमा सुनकोशी, बुढीगण्डकी र महाकाली नदीले सतर्कता तह पार गरेका हुन्। महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार निम्न स्थानमा जलसतह बढेको छ: सुनकोशी नदी (खुर्कोट, सिन्धुली): यहाँ […]
पश्चिम एसियामा तनाव चुलिँदै, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो
तेहरान । पश्चिम एसियामा अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण विश्व राजनीति र अर्थतन्त्रमा गम्भीर असर पर्न थालेको छ। पछिल्लो २४ घण्टामा भएका आक्रमण र त्यसपछिका चेतावनीले यस क्षेत्रमा अस्थिरता थप बढाएको छ। इरानको खातम अल-अन्बिया सेन्ट्रल हेडक्वाटरका प्रवक्ता कर्नल इब्राहिम जोल्फघारीले इरानी सेनाले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल र ड्रोन […]
भोटेकोशी र त्रिशुली नदीमा बाढीको उच्च जोखिम कायमै : बाढी पूर्वानुमान महाशाखा
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशुली तथा स-साना नदीहरुमा आकस्मिक बाढीको ‘उच्च सम्भावना’ रहेको जनाएको छ। महाशाखाले आज बिहान प्रकाशित गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार यी दुई जिल्लामा बाढीको उच्च जोखिम देखिएको हो। यसैगरी देशका अन्य तीन दर्जनभन्दा बढी जिल्लाका स-साना नदीमा पनि बाढीको मध्यम जोखिम रहेको विवरण […]
एमालेले घोषणा गरेको १ करोड २० लाख रकम प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा नगर्ने
काठमाडौँ। नेकपा(एमाले)ले भोटेकोशी बाढी प्रभावित क्षेत्रका जनतालाई उपलब्ध गराएको राहत सरकारी कोषमा जम्ममा(दाखिला) नगर्ने भएको छ । सोमबार एमालेले बाढी प्रभावित क्षेत्रका पीडितहरूलाई १ करोड २० लाख राहत सहयोग गर्ने घोषणा गरेको थियो । तर, पार्टीले घोषणा गरेको राहत सोझै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला नगरी राहत कोष केन्द्र र आवश्यकता अनुसार स्थानीय पालिकालाई […]
नुवाकोट र रसुवाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम, त्रिशूलीमा सतर्कता अपनाउन आग्रह
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनअनुसार देशभरका प्रमुख नदीहरूमा पानीको बहाव बढ्ने सम्भावना छ। विशेषगरी नुवाकोट र रसुवा जिल्ला भई बग्ने साना नदीहरूमा आकस्मिक बाढी आउने उच्च सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाको पछिल्लो मापनअनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी […]









