काठमाडौँ । पोखरामा शुक्रबारदेखि चार दिनसम्म बिजुलीको लाइन काटिने भएको छ। पोखरामा वितरण गरिने कुँडहर सबस्टेशनमा १३२ केभी बसबार मर्मत गर्न दैनिक ५ घण्टा लाइन काटिने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए। उनका अनुसार शुक्रबार बिहान ६ बजेदेखि ११ बजेसम्म लाइन काटेर बसबार मर्मत गर्ने तयारी गरिएको छ। उक्त मर्मत कार्य […]
समाज
खालिदा जियाका छोरालाई मोदीले पठाए समवेदना पत्र, बंगलादेशसँग सम्बन्ध सुधारको पहल
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमानलाई व्यक्तिगत सन्देश पठाउँदै छिमेकी देशसँग सम्बन्ध सुधार गर्न चाहेको संकेत गरेका छन्। रहमानकी आमा तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको निधनपछि पठाएको समवेदना पत्रमार्फत मोदीले यो कूटनीतिक पहल गरेका हुन्। गत वर्ष सत्ताच्यूत भएर हाल भारत निर्वासनमा रहेकी प्रधानमन्त्री शेख हसिनाको […]
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्चबाट सदर
काठमाडौँ । उच्च अदालत पाटनले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौँले रास्वपा सभापति रवि लामिछानेसँग ६० लाख धरौटीमा रिहा गर्ने आदेश सदर गरेको छ । लामिछानेलाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्ने आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग गर्दै पुनरावेदन निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश खिमानन्द तिवारी र दीपककुमार खरेलको इजलासले जिल्ला अदालतकै आदेश […]
सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु
विराटनगर । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका-१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । घटना बुधबार राति करिब १:१० बजे कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा भएको हो । मृतक साह सोही […]
सन् २०२६ मा खनालको दावी : नेपाललाई युक्रेन बनाउने षड्यन्त्र भइरहेको छ
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेपाललाई वैदेशिक शक्तिहरूले युक्रेन बनाउन खोजेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुक बहुआयामिक संकटमा फसेको र यसबाट बाहिर निस्कन वामपन्थी तथा देशभक्त सक्तीहरूबिचको बृहत्तर एकता अनिवार्य रहेको बताए । खनालले विश्वको शक्ति […]
आजबाट अंग्रेजी नयाँ बर्ष सन् २०२६ प्रारम्भ
काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजबाट इस्वी संवतको अंग्रेजी नयाँ बर्ष सन् २०२६ प्रारम्भ भएको छ । येशु ख्रिस्टको जन्मवर्षलाई आधार मानेर पादरी ग्रेगोरियनले तयार पारेको यो पात्रो विश्वका धेरै मुलुकमा प्रचलनमा रहेकाले यसलाई ग्रेगोरियन पात्रो भनिन्छ । नयाँ वर्षको अवसरमा यो पात्रो अनुसरण गर्नेहरूले आज शुभकामना साटासाट गर्दै विभिन्न कार्यक्रममार्फत उत्सव मनाइरहेका छन् । इस्वी […]
नेप्से परिसूचकमा दोहोरो अंकको सुधार
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार आएको छ । राजनीतिक वातावरण निर्वाचन उन्मुख भएपछि सेयर लगानीकर्ताको मनोबल सकारात्मक हुँदा नेप्से बढेको हो । नयाँ राजनीतिक शक्तिका रूपमा रवि लामिछाने, बालेन्द्र (बालेन) साह र कुलमान घिसिङ एक भएसँगै आइतबार ४७ अंकले बढेको नेप्से सोमबार १० अंकले करेक्सन भएको थियो । नेप्से सूचक […]
पेरुमा रेल दुर्घटना, एक जनाको मृत्यु, ४० बढी घाइते
एजेन्सी । पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको र कम्तीमा ४० जना घाइते भएका छन्। मृतकमध्ये एक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्टि गरेको छ। अधिकारीहरूले घाइते यात्रुहरूको पहिचान गरिरहेको बताएका छन् । धेरैजसो घाइते विदेशी पर्यटक हुन् र अधिकांशको अवस्था गम्भीर छ । घटनास्थलमा यात्रुहरूले पठाएका भिडियोमा घाइतेहरू रेल पटरिमा लेटेका […]
चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण
काठमाडौँ । चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बुधबार दुई नयाँ उपग्रह सफलतापूर्वक कक्षमा पठाएको छ । ‘शिजियान–२९ए’ र ‘शिजियान–२९बी’ नामका उपग्रहहरू बिहान ६ः४० बजे (बेइजिङ समय) लङ मार्च–७ए वाहक रकेटमार्फत प्रक्षेपण गरिएका हुन् । प्रक्षेपणपछि दुवै उपग्रह तोकिएको कक्षमा सफलतापूर्वक प्रवेश गरेका छन् । शिजियान–२९ए र शिजियान–२९बी चीनद्वारा प्रक्षेपण गरिएका प्रायोगिक […]
उम्मेदवारलाई ‘ब्ल्याक लिष्ट’मा राखेको चर्चाबारे आयोगले दियो यस्तो प्रष्टीकरण
विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका केही पदाधिकारी नै चुनाव लड्न नपाउने भनेर प्रकाशित प्रसारित समाचार सत्य नभएको बताएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले अहिले प्रचार भएको विषय सत्य नभएको र आयोगले आजै त्यसबारे स्पष्ट पार्दै प्रेस नोट जारी गर्ने तयारी गरेको बताए […]











