चीनद्वारा तातोपानी नाका अनिश्चितकालका लागि बन्द

काठमाडौँ । बाढी र पहिरोको जोखिम बढेको भन्दै चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले अर्को मुख्य नाका रसुवागढीको टिमुरे बजार, भन्सार र अध्यागमन कार्यालयहरू समेत ध्वस्त बनाएकै बेला चीनले तातोपानी नाकासमेत बन्द गरेको हो । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाले लिपिङ क्षेत्रमा पहिरोको जोखिम […]

ओलीको दावी : मेरो आफन्तको उद्धार आफै गर्छु भन्दा पनि सरकारले रोकिराख्या छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको उद्धारको गतिमाथि प्रश्न उठाएका छन् । सोमबार एमाले उपत्यका कमिटीले उपलब्ध गराएको राहत रकम बुझ्दै ओलीले सरकारले अरूलाई उद्धार गर्न रोकिराखेको आरोप लगाएका हुन् । ‘अरूलाई निजी हेलिकप्टर पनि चलाउन दिएको छैन,’ ओलीले भने, ‘जान्नेहरू छन् त्यहाँ, उद्धार गर्न इच्छुकहरू छन् त्यहाँ । उद्धारका निम्ति तालिम […]

भोटेकोशी बाढीमा ज्यान गुमाउने ९०३ जनाको शव भेटियो, कति छन् बेपत्ता ?

काठमाडौँ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको भीषण बाढी भोटेकोशी नदीमा मिसिँदा रसुवा र नुवाकोटस्थित नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण हालसम्म ९०३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने हजारौँ नागरिक अझै सम्पर्कविहीन छन्। गृह मन्त्रालय र प्रहरीका अनुसार रसुवागढी नाका, टिमुरेस्थित भन्सार कार्यालय र स्याफ्रुवेशी क्षेत्र बाढीबाट सबैभन्दा बढी […]

इरानको लारक द्वीपमा अमेरिकी आक्रमण

तेहरान । अमेरिकी सेनाले इरानको लारक द्वीपमा रहेका दुईवटा इरानी लन्चरमा आक्रमण गरेको छ। गत जुलाईको अन्त्यपछि इरानमाथि भएको यो पहिलो अमेरिकी सैन्य प्रहार हो। इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) का बलहरूले स्ट्रेट अफ होर्मुजमा समुद्री माइनहरूसहित रकेट प्रहारको तयारी गरिरहेको फेला पारेपछि उक्त कारबाही गरिएको अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम्) का प्रवक्ता कमाण्डर टिम हकिन्सले […]

भोटेकोशी बाढीको पाँच दिनपछि पनि अपर त्रिशूली–१ का बेपत्ताको उद्धार हुन सकेन

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत ९ जना कोरियन नागरिकसहित कैयौँ नेपाली कामदार सम्पर्कविहीन भएका छन्। उनीहरू बेपत्ता भएको पाँच दिन बितिसक्दा पनि प्रभावकारी खोज तथा उद्धार हुन नसकेको परिवार र आयोजनासँग सम्बन्धित पक्षको गुनासो छ। बाढीले आयोजनास्थलमा ठूलो क्षति पुर्‍याएपछि त्यहाँ कार्यरत श्रमिकहरूको अवस्थाबारे अन्योल […]

कृष्णभिरको सडक अवरुद्ध : कुन सवारी कुन रुटबाट काठमाडौं जाने ?

काठमाडौं । धादिङको कृष्णभिरमा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यका प्रवेश तथा बाहिरिने सवारी साधनका लागि वैकल्पिक मार्ग तोकिएको छ। मुख्य राजमार्ग बन्द भएपछि मकवानपुरतर्फ जाने सवारीको संख्या बढ्दा त्यहाँका सडकमा समेत चाप बढ्न थालेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। यात्रुको आवागमन व्यवस्थापन गर्न सवारीको प्रकृति र क्षमताअनुसार फरक–फरक मार्ग प्रयोग गर्न […]

रसुवा बाढी प्रभावितलाई अमेरिकाले ३६ लाख डलर सहायत दिने, १० हजार परिवारलाई खाद्यान्न

काठमाडौं । अमेरिकाले नेपालका बाढी प्रभावितहरूका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक सन्देश जारी गर्दै यस विपद्को घडीमा अमेरिका नेपाली जनताको साथमा उभिएको प्रस्ट पारेको छ। मन्त्रालयले घोषणा गरेको उक्त सहायताअन्तर्गत बाढीबाट प्रभावित १० हजार घरपरिवारलाई ३ महिनासम्मका […]

५० टन राहत सामग्रीसहित चिनियाँ वायुसेनाका दुई विमान काठमाडौंमा

काठमाडौं । चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई-२० ठूला ट्रान्सपोर्ट विमानहरू उक्त राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार, विमानमार्फत आपत्कालीन राहत सामग्रीका साथै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार […]

रसुवा विनाशकारी बाढी : अहिलेसम्म ७३४ जनाको शव भेटियो

काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजे सार्वजिनक गरेको बुलेटिन अनुसार बाढीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो । प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, […]

त्रिशूलीको बाढीले धादिङको गल्छीमा चार घर बगायो

काठमाडौँ । त्रिशूली नदीमा बाढीको बहाब बढ्दा धादिङको गल्छीमा चार वटा घरहरू बगाएका छन्। आइतबार बिहान रसुवातर्फ भोटेकोशी नदीसँगै त्रिशूलीसम्म बाढीको बहाब बढ्दा चारवटा घरहरू बगाएको गल्छी गाउँपालिका-४ का वडाध्यक्ष राजु अधिकारीले जानकारी दिए। उनका अनुसार गल्छी-४ चिरौँदीमा नदी तटीय क्षेत्रमा रहेका घरहरू बगाएका हुन्। स्थानीय कर्णबहादुर मगरको पक्की घर र रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी […]