ग्यास बुलेट पल्टिएर अबरुद्ध बनेको चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड झन्डै २४ घण्टापछि खुल्यो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झन्डै २४ घण्टापछि खुलेको छ । ग्यास बुलेट पल्टिएका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । मंगलबार बिहान करिब ७:५० बजेदेखि राजमार्ग ठप्प थियो । मुख्य राजमार्ग बन्द हुँदा विकल्पको रुपमा सवारी साधनहरु लामो र घुमाउरो ग्रामिण सडक प्रयोग गर्न बाध्य भएका थिए । क्रेनको सहायताले ग्याँस बुलेटलाई […]

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ घटेको छ । यसअघि मंगलबार पनि सुनको मूल्यमा भारी गिरावट आएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य […]

वीरेन्द्रनगरको सहिद पार्कमा युवा युवती मृत भेटिए

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा युवायुवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४, को सहिद पार्क नजिकै जङ्गलमा युवा युवती मृत अवस्थामा भेटिएका हुन् । आज बिहान मर्निङ वाकमा गएका स्थानीयहरूले शवलाई देखेका थिए । लगत्तै प्रहरीलाई खबर गरेपछि अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी त्यहाँ पुगेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता श्याम प्रकाश यादवले घटनाबारे […]

राष्ट्रपति पुत्री र पूर्वराष्ट्रपति पुत्र कांग्रेसका समानुपातिक उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलकी पुत्री र पूर्वराष्ट्रपति डा.रामवरण यादवका पुत्रलाई समानुपातिकतर्फको बन्दसूचीमा राखेको छ । कांग्रेसले पौडेलपुत्री संज्ञा पोखरेल पौडेल र पूर्वराष्ट्रपति डा. यादवका पुत्र डा. चन्द्रमोहन यादवलाई उम्मेदवार बनाएको हो । कास्कीकी संज्ञाको नाम ६२ नम्बरमा छ भने धनुषाका डा. चन्द्रमोहनको ७६ नम्बरमा छ ।

आईजीपी कार्कीको दावी : जेन–जी आन्दोलनमा लुटिएका अधिकांश हतियार फिर्ता आइसके

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको साथ र सहयोगका कारण जेन-जी आन्दोलनका क्रममा लुटिएका धेरै हतियार फिर्ता आइसकेको बताएका छन् । मंगलबार काेटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभागको पुनः निर्मित भवन हस्तान्तरण कार्यक्रममा कार्कीले जेन-जी आन्दोलनका क्रममा लुटिएका थोरै हतियार मात्रै फिर्ता आउन बाँकी रहेको र धेरै हतियार फिर्ता भइसकेको बताएका हुन् । […]

केपी ओलीको कटाक्ष : बाख्रा, कुखुरा र स्यालले मोर्चा गरेर केही हुँदैन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशन धेरै हिसाबले अर्थपूर्ण र सामयिक रहेको बताएका छन् । मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले जनअनुमोदित नेतृत्वको टिम एमालेसँग रहेको बताएका हुन् । लोकप्रियता र अलोकप्रियताका सिर्जना गरिएका भाष्यलाई महाधिवेशनले जवाफ दिएको पनि […]

बयान दिन जाँचबुझ आयोग जाँदै पूर्वगृहमन्त्री लेखक

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको घटनाको सम्बन्धमा जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने भएका छन्। आयोगले सोधपुछका लागि बोलाएपछि उनी सोमबार बिहान ११ बजे आयोगको कार्यालयमा उपस्थित हुन लागेका हुन्। जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते घटेको विशेष घटनाको छानबिन गरिरहेको आयोगले […]

आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ। देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । देशका […]

युक्रेन पुनर्निर्माणमा रुसले सहयोग गर्ने ट्रम्पको दाबी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको पुनर्निर्माणमा रुसले सहयोग गर्ने बताएका छन् । आइतबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फ्लोरिडामा भेटवार्तापछि पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले ‘रुसले युक्रेनलाई सफल भएको देख्न चाहन्छ’ बताए । उनका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई ऊर्जा, बिजुली तथा अन्य सामग्रीहरू सस्तो मूल्यमा उपलब्ध गराउने इच्छा व्यक्त गरेका छन् । […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर […]