५० टन राहत सामग्रीसहित चिनियाँ वायुसेनाका दुई विमान काठमाडौंमा

काठमाडौं । चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई-२० ठूला ट्रान्सपोर्ट विमानहरू उक्त राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार, विमानमार्फत आपत्कालीन राहत सामग्रीका साथै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार […]

रसुवा विनाशकारी बाढी : अहिलेसम्म ७३४ जनाको शव भेटियो

काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजे सार्वजिनक गरेको बुलेटिन अनुसार बाढीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो । प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, […]

त्रिशूलीको बाढीले धादिङको गल्छीमा चार घर बगायो

काठमाडौँ । त्रिशूली नदीमा बाढीको बहाब बढ्दा धादिङको गल्छीमा चार वटा घरहरू बगाएका छन्। आइतबार बिहान रसुवातर्फ भोटेकोशी नदीसँगै त्रिशूलीसम्म बाढीको बहाब बढ्दा चारवटा घरहरू बगाएको गल्छी गाउँपालिका-४ का वडाध्यक्ष राजु अधिकारीले जानकारी दिए। उनका अनुसार गल्छी-४ चिरौँदीमा नदी तटीय क्षेत्रमा रहेका घरहरू बगाएका हुन्। स्थानीय कर्णबहादुर मगरको पक्की घर र रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी […]

कृष्णभीरमा सडक भासियो : मुग्लिङ–काठमाडौँ सडकखण्ड अवरुद्ध

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र बाढीका कारण सडकको ठूलो हिस्सा भत्किएपछि सवारी आवागमन ठप्प भएको हो। बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिल्लीनारायण पाण्डेका अनुसार कृष्णभीरमा सडकको जग नै खस्किएर भासिएका कारण अहिले दुवैतर्फबाट सवारी साधन सञ्चालन गर्न सकिने अवस्था छैन। […]

त्रिशूलीमा जलसतह खतराको तहभन्दा ३ मिटर माथि, नारायणीको तटीय क्षेत्रमा पनि जोखिम

काठमाडौं । पछिल्लो भारी वर्षाका कारण केही नदीमा जलसतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङस्थित त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा ३ मिटर बढेको छ । रसुवाको भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रिशुली नदीमा जलसतह बढेको हो । साथै गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा […]

अवरुद्ध काठमाडौं-मुग्लिन-नारायणगढ सडक पूर्णरूपमा सञ्चालन

काठमाडौं । आइतबार बिहान केहीबेर अवरुद्ध काठमाडौं-मुग्लिन-नारायगण सडक खण्ड पुनः पूर्णरूपमा सञ्चालनमा आएको छ । रसुवाको भोटेकोशी नदीमा बाढीको बहाब बढेको सूचनापछि नारायणगढबाट मुग्लिङ हुँदै पोखरा र काठमाडौँतर्फ जाने तथा आउने सबै प्रकारका सवारीसाधन चलाउन प्रहरीले रोक लगाएको थियो । भोटेकोशी बाढीको बहाब जोखिमपूर्ण नभएको सूचना जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले गराएपछि […]

पानीको बहाव बढे पनि भोटेकोशीमा ठुलो बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाडौँ । भोटेकोशी नदीमा पानीको बहाव बढेको सूचनापछि त्रसित बनेका तटीय क्षेत्रका नागरिकहरूका लागि राहतको खबर आएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठुलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ । महाशाखाले आइतबार (आज) बिहान ५ः४५ बजे अद्यावधिक सूचना जारी गर्दै जिल्ला प्रहरी […]

रसुवा बाढी : अहिलेसम्म ६१६ को शव भेटियो, २३०१ जनाको उद्धार

काठमाडौँ । नेपाल प्रहरीले रसुवाको भोटेकोशी लगायतका क्षेत्रमा आएको भीषण बाढी र पहिरोको पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको छ। तथ्याङ्क अनुसार देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार फेला परेका ६१६ शवहरू मध्ये सबैभन्दा बढी चितवन जिल्लामा २३३ जना रहेका छन्। अन्य जिल्लागत […]

विभिन्न स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय राजपत्रमा प्रकाशित

काठमाडौँ । नेपाल सरकारले बाढीका कारण अत्यधिक प्रभावित भएका रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न स्थानीय तहहरूलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय राजपत्रमा प्रकाशित गरेको छ । गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार […]

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५३ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट अहिलेसम्म ५५३ जनाको शव फेला परेको हो । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार गएरातिसम्म रसुवामा १३, धादिङमा ४०, तनहुँमा ३१, नुवाकोटमा ३८, गोरखामा ४७, चितवनमा २२२, नवलपरासी पूर्वमा १३४ र नवलपरासी […]