भारतले टनेल रेस्क्यू टिम र बेलिब्रिज पठाउने

काठमाडौँ । भारत सरकारले टनेल रेस्क्यू टिम र बेलिब्रिज पठाउने भएको छ। विभिन्न हाइड्रोपावरभित्र फसेका कामदारहरूको उद्धारका लागि भारत सरकारले टनेल रेस्क्यू टिम पठाउन लागेको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैयसवालले शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त टिम पठाउन लागेको जानकारी दिएका छन्। साथै, टिम पठाउनु अगाडि रेक्की गर्ने टोली बाढी प्रभावित क्षेत्रमा पुगेर निगरानी गर्ने […]

खुल्यो काठमाडाैँ उपत्यकाको प्रमुख लाइफलाइन पृथ्वी राजमार्ग

काठमाडौँ। काठमाडौँ उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। रसुवा बाढीपछि अवरुद्ध राजमार्ग शुक्रबार साँझदेखि सञ्चालनमा आएको सडक विभागले जनाएको छ। उक्त सडक खण्ड अन्तर्गत मलेखु नजिकको पोखरी, बांगे र गलौदी क्षेत्रको लेदो हटाउने काम सकिएसँगै यातायात सुचारु भएको हो । बाढीका कारण राजमार्गको गल्छी बैरेनी खण्डमा लेदो माटोले पुरिएको थियो । यसअघि उक्त […]

ललितपुरमा आकस्मिक रक्तदान

नवराज काफ्ले, ललितपुर । विपदमा रगतको अभाव हुन नदिन ललितपुरमा बृहत् खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २८ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन्। पातञ्जल योग समिति नेपाल, जिल्ला शाखा ललितपुर र लायन्स क्लब अफ काठमाडौं स्पिरिचुअलको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर र योगामाण्डुको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागीहरूले ‘रक्तदान […]

रसुवा बाढी : अहिलेसम्म ४ सय ७५ जनाको शव संकलन

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममा ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा २७ र चितवनमा १७९ जनाको शव फेला परेको छ । गोरखामा ४४ जना, तनहुँमा २८ जना, नवलपरासी […]

रसुवा बाढीपीडितका लागि वडाध्यक्ष घिमिरेले दिए आधा लाख

ललितपुर । रसुवामा बाढीका कारण प्रभावित बनेका नागरिकको उद्धार र राहतका लागि गोदावरी नगरपालिका–३ का वडा अध्यक्ष राज घिमिरेले ५२ हजार रुपैयाँ सहयोग गरेका छन्। घिमिरेले आफ्नो व्यक्तिगत तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्ने निर्णय गरेका हुन्। उनले बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउन सरकारको कोषमा सहयोग गरेका हुन्। रसुवागढी भन्सार क्षेत्रमा […]

तिब्बततर्फ ड्याम फुटेको सूचनासंगै विदुर र त्रिशूली बजारबाट उद्धारकर्मी र डोजर हटाइयो

काठमाडौँ । नेपाल–चीन सीमावर्ती क्षेत्र तिब्बततर्फ पहिरोका कारण थुनिएको कृत्रिम ताल (ड्याम) पुनः फुटेको जानकारी प्राप्त भएपछि नेपालको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। चीनको जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बनेको ड्याम फुटेर पानीको ठूलो बहाव तलतिर बग्न थालेपछि बाढीको गम्भीर खतरालाई मध्यनजर गर्दै नुवाकोटको सदरमुकाम विदुर र त्रिशूली बजार क्षेत्रमा उद्धारमा खटिएका डोजर, उपकरण […]

बाढीको उच्च जोखिमका कारण तिब्बतमा उद्धार कार्य स्थगित

काठमाडौँ । नेपाल र चीनको सीमावर्ती क्षेत्र तिब्बतमा गएको भीषण पहिरोपछि बनेको कृत्रिम ताल फुट्ने खतरा बढेसँगै चिनियाँ अधिकारीहरूले उद्धार कार्य तत्कालका लागि स्थगित गरेका छन्। गत बुधबार आएको पहिरो र लेदोसहितको बाढीले नेपाल–चीन सीमास्थित जिरोङ (केरुङ) नाकामा ठूलो क्षति पुर्‍याएको थियो। अधिकारीहरूका अनुसार पहिरोको भग्नावशेषका कारण नदी थुनिएर बनेको तालको जलस्तर लगातारको वर्षाले गर्दा […]

रसुवा बाढीमा अष्ट्रेलियाको साथ : ५० लाख डलर सहायता र विशेषज्ञ टोली नेपाल पठाउँदै

काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकका लागि अष्ट्रेलिया सरकारले ५० लाख अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अष्ट्रेलियाली सरकारले शुक्रबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त सहायता परिचालन गरिने जनाएको हो । बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि धेरै समुदाय अझै […]

रसुवा बाढीको असर : ९ बैंक शाखामा क्षति, २७ कर्मचारी सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि नदी आसपासका क्षेत्रमा कार्यरत ७ वटा बैंकका २७ कर्मचारी अझै सम्पर्कमा आउन सकेका छैनन्। बुधबार बिहान आएको बाढीपछि उनीहरूसँग सम्पर्क टुटेको हो। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बिहीबार अबेरसम्म पनि सम्पर्कविहीन कर्मचारीको अवस्था यकिन हुन सकेको छैन। उनीहरूको खोजी तथा सम्पर्कका लागि बैंकका तर्फबाट आवश्यक प्रयास भइरहेको […]

बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो

काठमाडौं । रसुवा बाढी तथा पहिरोमा परी ज्यान गुमाएकामध्ये हालसम्म ८ जिल्लाबाट ४६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार प्रभावित क्षेत्रमा […]