काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसुवामा आएको विनाशकारी बाढीका कारण पीडामा परेको नेपाललाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका छन् । ट्रम्पले अमेरिकी प्रशासनले नेपालका नेतृत्वसँग सम्पर्क गरिरहेको र विपद्मा आवश्यक सहयोगका लागि तयार रहेको बताएका हुन् । अमेरिकी समाचार संस्था एनबीसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित लेक ओन्टारियोको […]
समाज
आज श्रावण शुक्ल पूर्णिमा: हिन्दु धर्मावलम्बीहरूले रक्षाबन्धन तथा जनै पूर्णिमा मनाउँदै
काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिन आज देशभर हिन्दु धर्मावलम्बीहरूको पवित्र चाड रक्षाबन्धन तथा जनैपूर्णिमा धार्मिक विधिअनुसार मनाइँदै छ । सत्य युगदेखि चलिआएको यो पर्वमा आध्यात्मिक शुद्धीकरण र आत्मरक्षाका लागि विभिन्न अनुष्ठानहरू गरिन्छ । आजको दिन बिहानैदेखि श्रद्धालुहरूले नदी, तलाउ, पोखरी र जलाशयमा स्नान गरी सप्तऋषि तथा प्रजापति ऋषिहरूको पूजा–अर्चना गर्ने गर्दछन् । वशिष्ठ, काश्यप, […]
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]
बाढीको कहर : ९१० जना सम्पर्कविहीन, ३५१ जनाको उद्धार
काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि ९१० जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सम्पर्कविहीन हुनेमा ५१७ जना विदेशी नागरिक रहेका छन्। त्यस्तै, नेपाली सेनाका ४४ जना र नेपाल प्रहरीका २८ जना पनि बेपत्ता सूचीमा छन्। हालसम्म बाढीमा परी २५८ जनाको शव फेला परेको र ३५१ जनालाई […]
रसुवा बाढीको असर : लुम्बिनीका १२९ नागरिक सम्पर्कविहीन
बुटवल । रसुवामा आएको बाढी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट त्यहाँ पुगेका १२९ जना नागरिक परिवारको सम्पर्कमा नआएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शारदा प्रसाद चौधरीका अनुसार प्रदेशका १२ वटै जिल्लाबाट रसुवा पुगेका व्यक्तिमध्ये १२९ जना हालसम्म सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको हो। […]
त्रिशूली बाढीपछि आठ जिल्लाबाट २८९ जनाको शव फेला
काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका क्रममा विभिन्न आठ जिल्लाबाट २८९ जनाको शव फेला परेको छ। प्राप्त विवरणअनुसार दिउँसो ३ बजेसम्म रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५ र पश्चिम नवलपरासीमा १४ जनाको शव भेटिएको हो। बाढीले नदी […]
रसुवा बाढीको असर : कर्णालीका १० जिल्लाका १३४ जना सम्पर्कविहीन
सुर्खेत । रसुवा जिल्लामा आएको भीषण बाढीपछि रोजगारीका लागि रसुवा, नुवाकोट तथा त्रिशूली आसपासका क्षेत्रमा पुगेका कर्णाली प्रदेशका १३४ जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि प्रदेशका १० जिल्लाबाट ती व्यक्तिहरू सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको हो। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषसिंह राठौरले […]
भोटेकोशी विनाशकारी बाढी : अहिलेसम्म १७७ जनाको शव भेटियो
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १७७ पुगेको छ । अहिलेसम्म १७७ जनाको शव भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले बताए । अहिलेसम्म चितवनको नदी तटीय क्षेत्रमा सबैभन्दा धेरै शव भेटिएको छ । चितवनमा ५२ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाले जानकारी दिए । उनका अनुसार […]
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री
काठमाडौँ । देश अकल्पनीय विपत्तिमा परेका बेला सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहत कार्यमा जुटेको जानकारी प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बोधन गर्दै उनले सिङ्गो देश, विश्वभरका नेपाली र अन्तर्राष्ट्रिय समुदायको सहयोग एवम् सहकार्यमा विपत्तिको मिलेर सामना भइरहेको बताएका छन्। उद्धारका लागि बिहान ६:३० बजेदेखि नै उडानहरू सुरु भइसकेको र […]
भोटेकोसी र त्रिशूलीमा उच्च सतर्कता अपनाउन आग्रह, काठमाडौँसहित दुई दर्जन जिल्लामा बाढीको जोखिम
काठमाडौँ । हिजो भोटेकोसीमा आएको बाढीपश्चात् हाल भोटेकोसी र त्रिशूलीको बहाव सतर्कता तहभन्दा तल छ । यद्यपि, यी नदीमा अझै पनि उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ। बाढी पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको […]









