काठमाडौँ । रसुवा र नुवाकोटका बाढी प्रभावित बस्तीहरूमा खोज तथा उद्धारको लागि सशस्त्र प्रहरीले विशेष तालिम प्राप्त सीएसएसआर टोली खटाएको छ । भत्किएका संरचना खोजी तथा उद्धारको तालिम लिएका सुरक्षाकर्मीले संरचनाभित्र थुनिएका मानिसहरूलाई पर्खाल र फलाम काटेर उद्धार गर्छन् । हाइड्रोपावरमा फसेकाहरू र नदी तटका संरचनामा फसेकाहरूको उद्धारको लागी सीएसएसआर टिम परिचालन गरिएको सशस्त्र प्रहरीका […]
समाज
अचानक आएको बाढीले ७ विद्यालयमा क्षति, विद्यार्थी भागेर जोगिए
काठमाडौं । भोटेकोशी नदीमा आएको अचानक बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न विद्यालय प्रभावित भएका छन्। प्रारम्भिक विवरणअनुसार दुवै जिल्लाका गरी ८ विद्यालयमा क्षति पुगेको छ, जसमध्ये अधिकांश विद्यालय रसुवाका छन्। रसुवाको गोसाईकुण्ड गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको देखिएको छ। टिमुरेमा रहेको टिमुरे सामुदायिक विद्यालयको भवनमा बाढीले ठूलो क्षति पुर्याएको छ। उत्तरगया गाउँपालिकास्थित उत्तरगया विद्यालयसमेत […]
रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला
काठमाडौं । रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला परेको छ । बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर १६२ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ।
बाढीको घटनामा दुःख, मानवीय सहायता गर्न तयार : अमेरिकी विदेशमन्त्री मार्को रुबियो
काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालमा आएको विनाशकारी बाढी र डुबानको घटनाप्रति दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन्। सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश जारी गर्दै विदेशमन्त्री रुबियोले यस विपद्को घडीमा अमेरिका नेपालको साथमा रहेको बताएका हुन्। उनले आफ्नो सन्देशमा भनेका छन्, ‘विनाशकारी बाढीपछि हामी नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ र हाम्रो प्रार्थना […]
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश […]
बाढीको प्राविधिक प्रतिवेदन सार्वजनिक, भूकम्पदेखि बाढी छिर्दासम्म के–के भयो ? पूर्णपाठसहित
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका सम्बन्धमा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनका अनुसार चीनको तिब्बततर्फ नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले माथिल्लो भोटेकोशी क्षेत्रमा बाढीको जोखिम अझै समाप्त भइसकेको छैन । महाशाखाले भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा निरन्तर अनुगमन आवश्यक रहेको […]
रसुवा बाढी : धादिङमा भेटियो ६ जनाको शव, ३८४ पर्यटक सम्पर्कविहीन
काठमाडौं । रसुवा बाढीमा परेकाहरूमध्ये धादिङमा ६ जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दिउँसो ३ बजेसम्म गल्छी गाउँपालिका महेश दोभानमा एक महिलाको, गल्छी कै कोल्फु खोला पुलनजिकै २ जना पुरुषको, सिद्धलेश गाउँपालिका-७ स्थित त्रिशूलीकै किनारमा एक शव, बेनिघाट रोराङ गाउँपालिका बेनिघाट बजार नजिकै त्रिशूली किनारमा २ महिलाको शव फेला परेको हो। […]
तिब्बतमा हिमपहिरो जाँदा भोटेकोशीमा भीषण बाढी आएको चीनले गरायो जानकारी
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको अकस्मात् बाढीको मुख्य कारण तिब्बतमा गएको हिमपहिरो रहेको चीनले नेपाललाई जानकारी गराएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चीनतर्फ तिब्बत क्षेत्रमा हिमपहिरो खसेका कारण भोटेकोशीमा भीषण बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको हो। प्राधिकरणकी उपसचिव एवं प्रवक्ता शान्ति महतले यो जानकारी चीनबाट अनौपचारिक रूपमा आएको र […]
ट्रमा सेन्टरका डाक्टरको टोली बाढी प्रभावित क्षेत्रतर्फ हिँड्यो
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक रसुवाको बाढी प्रभावित क्षेत्रतर्फ हिँडेका छन् । सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार ७ जना चिकित्सकलाई केही औषधि सहित पठाइएको छ । ‘अहिले केही औषधि सहित आकस्मिक टिक बाढी प्रभावित ठाँउमा पठाएका छौं,’ डा. मरासिनीले भने, ‘ अस्पतालमा पनि तयारी अवस्थामा बसेका छौं ।’ यस्तै सरकारले बाढी प्रभावित चार जिल्लामा नेपाल […]
विपद् प्रभावित क्षेत्रमा उद्धारका लागि सशस्त्र प्रहरीको ठूलो संख्यामा टोली परिचालन
काठमाडौँ । चीनबाट रसुवा हुँदै आएको बाढी तथा विपद् प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन सशस्त्र प्रहरी बल नेपालले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार प्रभावित क्षेत्रहरूमा विभिन्न युनिटबाट टोलीहरू खटिएका छन्। उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, […]









