ट्रमा सेन्टरका डाक्टरको टोली बाढी प्रभावित क्षेत्रतर्फ हिँड्यो

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक रसुवाको बाढी प्रभावित क्षेत्रतर्फ हिँडेका छन् । सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार ७ जना चिकित्सकलाई केही औषधि सहित पठाइएको छ । ‘अहिले केही औषधि सहित आकस्मिक टिक बाढी प्रभावित ठाँउमा पठाएका छौं,’ डा. मरासिनीले भने, ‘ अस्पतालमा पनि तयारी अवस्थामा बसेका छौं ।’ यस्तै सरकारले बाढी प्रभावित चार जिल्लामा नेपाल […]

विपद् प्रभावित क्षेत्रमा उद्धारका लागि सशस्त्र प्रहरीको ठूलो संख्यामा टोली परिचालन

काठमाडौँ । चीनबाट रसुवा हुँदै आएको बाढी तथा विपद् प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन सशस्त्र प्रहरी बल नेपालले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार प्रभावित क्षेत्रहरूमा विभिन्न युनिटबाट टोलीहरू खटिएका छन्। उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, […]

सुनको भाउ सामान्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ सामान्य घटेको छ भने चाँदी बढेको छ। मंगलबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा एक सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २२ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख २२ हजार दुई सय […]

रसुवा बाढी : त्रिशूली हुँदै अबको केही घण्टामा मुग्लिन पार गर्ने

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै तीव्र गतिमा अगाडि बढिरहेको छ । बुधबार बिहान १०: ५१ बजे पछिल्लो अपडेट जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले बाढी हाल धादिङको गल्छी आसपास पुगिसकेको र अबको केही घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेको जनाएको छ। बाढीको सतह बढ्दै गएपछि महाशाखाले पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ राजमार्ग […]

भोटेकोशी बाढी : उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ राखियो

काठमाडौं । रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ। प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत उद्धार तथा राहत कार्यलाई आवश्यकताअनुसार तत्काल अघि बढाउन सबै हेलिकप्टरलाई तयारी अवस्थामा राख्न भनिएको जानकारी दिएका छन्। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत आफ्ना हेलिकप्टर स्ट्यान्डबाइमा राख्न जानकारी गराइएको उनले बताएका छन्। यसैगरी, बाढी प्रभावित क्षेत्रमा […]

रसुवा बाढी : प्रहरीका ३ कार्यालय बगायो, सेनाका २ वटा हेलिकप्टर रसुवा उडे

काठमाडौं । तिब्बततर्फबाट आएको बाढीले नेपाल प्रहरीका तीन वटा प्रहरी कार्यालयमा क्षति भएको छ । रसुवा जिल्लामा मात्रै ३ वटा कार्यालयमा क्षति भएको विवरण प्राप्त भएको प्रहरी प्रधान कार्यालयले बताएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति आएको बताइएको छ । यी कार्यालय र […]

रसुवाको भोटेकोशी नदीमा भिषण बाढी, नदी आसपास क्षेत्रमा सचेत रहन आग्रह

रसुवा । रसुवाको भोटेकोशी नदीमा अकास्मात भिषण बाढी आएको छ । भोटेकोशी नदीमा अचानक ठूलो बाढी आउँदा टिमुरे भन्सार कार्यालय र स्याफ्रुबेसीमा ठूलो क्षति गरेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए। ‘भोटेकोशीमा चिनियाँ क्षेत्रबाट ठूलो बाढी आएको छ। गोसाइँकुण्ड गाउँपालिका- २ को टिमुरे र वडा ५ को स्याफ्रुबेसीमा धेरै ठूलो क्षति भएको […]

हैदराबादमा जानकी तामाङले जितिन् तीन स्वर्ण पदक

काठमाडौँ । भारतको हैदराबादमा सम्पन्न प्रथम वर्ल्ड ओपन तेक्वान्दो च्याम्पियनसिप–२०२६ मा नेपालकी जानकी तामाङले तीन स्वर्ण पदक जितेकी छन्। चन्द्रागिरि नगरपालिका–१५ स्थित डायनामिक तेक्वान्दो डोजाङकी तामाङले विश्व तेक्वान्दोको पुम्से विधाअन्तर्गत एकल, जोडी र समूह स्पर्धामा स्वर्ण जितेकी डोजाङले जनाएको छ। अगस्ट २१ देखि २३ सम्म हैदराबादको गाचीबोवलीस्थित जीएमसी बालायोगी इन्डोर स्टेडियममा प्रतियोगिता भएको थियो। अमिकल स्पोर्ट्स […]

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका केही सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा सुरक्षाका कारण रात्रिकालीन यात्रामा रोक लगाइएको छ। कोशी प्रदेशको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ को राजदुवालीमा अविरल वर्षाका कारण […]

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा भारी वर्षाकाे सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक […]