काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ । देशका तराई […]
समाज
देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली र पोखरेल
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्। एमालेको ११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएपछि ओली पहिलो पटक सभापति देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका हुन्। अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल पनि देउवालाई भेट्न पुगेका छन्। अहिले अध्यक्ष ओली र सभापति देउवाबीच भेटवार्ता भइरहेको नेकपा […]
माइतिघरबाट निकोलस भुसाल, रविकिरण हमालसहित आधा दर्जन पक्राउ
काठमाडौँ । प्रहरीले जेनजी अभियन्ता निकोलस भुसाल, रविकिरण हमाल लगायतआधा दर्जनलाई पक्राउ गरेको छ । माइतीघरमा मिराज ढुङ्गाना नेतृत्वको समूहले गरेको प्रदर्शनबाट उमीहरु पक्राउ परेका हुन् । काठमाडौँ प्रशासनले माइतीघरमा सो समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन । जेनजी समूहले स्थानीय प्रशासनको अनुमति अवज्ञा गरेर प्रदर्शन गरेपछि भुसाल लगायतका अभियन्ताहरू पक्राउ परेका प्रहरीले जनाएकाे छ […]
सुन र चाँदीको मूल्य अहिलेसम्मकै उच्च
काठमाडौं । सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँ बढी हो । यसअघि गत सोमबार सुनको भाउले बनाएको रेकर्ड ठीक एक सातामा […]
मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति, माइतीघरमा सुरक्षा कडा
काठमाडौँ । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहलाई आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिने भएको छ । आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा साे समूह आइपुगेको र आफूहरूले अनुमति नदिने बताएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले जानकारी दिए । सीडीओ पौडेलले सोमबार जेनजीका फरक–फरक समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र […]
दक्षिण अफ्रिका : रक्सी पसलभित्र चल्यो अन्धाधुन्ध गोली, ९ जनाको मृत्यु
काठमाडौँ । दक्षिण अफ्रिकाको जोहन्सबर्ग नजिकैको एउटा सहरमा अन्धाधुन्ध गोली चलेको छ। बेकर्सडाल टाउनसिपमा रहेको एउटा रक्सी पसलभित्रै छिरेर एक समूहले गोली चलाउँदा ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। आइतबार मध्यराति १ बजे एउटा गाडीमा आएका बन्दुकधारीहरूले मदिरा पिउँदै बसेका व्यक्तिहरूमाथि गोली चलाएका थिए। घटनामा १० जना घाइते भएका छन्। गोली चलेपछि […]
शैक्षिक हडतालका कारण काठमाडौँ उपत्यकाका कतिपय विद्यालय बन्द
काठमाडौँ । सोमबारका लागि आह्वान गरिएको भनिएको उपत्यकाव्यापी शैक्षिक हडतालको प्रभाव राजधानीका कतिपय विद्यालयमा देखिएको छ । हडतालका कारण आज कतिपय विद्यालय बन्द भएका छन् भने ती विद्यालयले सूचना समेत जारी गर्दै पठनपाठन स्थगित गरिएको जानकारी गराएका छन् । जनपक्षीय विद्यार्थी युनियन, नेपाल नामक संगठनले शैक्षिक हडतालको घोषणा गरेपछि यसको असर काठमाडौँ उपत्यकाका विभिन्न शैक्षिक […]
दक्षिण ललितपुर : सम्भावनाको ढोका
ललितपुर । दक्षिण ललितपुर, जहाँ प्रकृति छ, उत्पादन छ, इतिहास छ, तर विकासको अनुभूति अझै अपूरो छ । यही यथार्थलाई उजागर गर्ने उद्देश्यसहित ‘गफगाफ दक्षिण ललितपुरको’ कार्यक्रम आइतबार ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइभ लेजर पार्कमा सम्पन्न भएको छ । स्थानीय मुद्दा, समस्या र सम्भावनालाई एकै थलोमा छलफल गर्ने यो कार्यक्रम पिपुल्स फर्स्ट पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर […]
ईशानको रहस्यमय मृत्यु, दोषी पक्राउको माग गर्दै रुपन्देहीमा प्रहरी कार्यालय घेराउ
बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरी चोकमा १७ वर्षीय किशोर ईशान शर्मा पौडेलको शंकास्पद मृत्युले आक्रोश चुलिँदै गएको छ। घटनामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गर्दै स्थानीयले ईलाका प्रहरी कार्यालय रुद्रपुर घेराउ गरेका छन्। तीन दिनअघि घर नजिकै नालीमा मृत अवस्थामा भेटिएका ईशानको घटनामा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगरेको आरोप लगाउँदै टोल विकास संस्था, आमा समूह […]
हतियारसहित भारतीय सुरक्षाकर्मी बर्दीमै जबर्जस्ती नेपाल प्रवेश गरेको खुलासा
काठमाडौँ । पर्सा जिल्लामा बर्दीधारी भारतीय सुरक्षाकर्मी गाडीसहित नेपालतर्फ प्रवेश गरेको घटना सार्वजनिक भएको छ। भारतीय सुरक्षाकर्मीहरू भारतीय सीमावर्ती क्षेत्र धोबिनी गाउँपालिका–५ भित्र प्रवेश गरेको जानकारी गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले दिएका छन्। अध्यक्ष चौहानका अनुसार भारतीय सुरक्षाकर्मीहरू शुक्रबार हतियारसहित गाडी लिएर नेपाली भूमिमा प्रवेश गरेका थिए। स्थानीयले अनुमति बिना किन नेपाल प्रवेश गरिएको हो भन्ने […]











