दुग्ध व्यावसायमा इलामका युवाको आकर्षण

इलाम, ६ पुस । इलामका डेरी उद्योगमा पछिल्लो समय युवाको आकर्षण बढ्दै गएको छ । थोरै लागनीमा गाउँमा नै स्वरोजगार बन्न सकिने भएकाले डेरी उद्योगमा युवाको आकर्षण बढेसँगै बर्सेनि लगानी पनि थपिँदै गएको हो । घरेलु तथा साना उद्योग शाखा कार्यालय इलामको तथ्याङ्कअनुसार डेरी उद्योगमा मात्रै बर्सेनि ११ करोड रुपैयाँभन्दा बढी लगानी थपिएको छ । […]

पिकअप जिप बडिगाडमा दुर्घटना ५ घाइते

बाग्लुङ, ६ पौष । बाग्लुङको खर्वाङ देखि शिसाखानी तर्फ जाँदै गरेको लु १ च ७५१५ नंं को पिकअप जिप शनिबार बडिगाड गापा २, सक्न्यार टुटिफेदमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । खर्वाङबाट विरामी लिएर शिसाखानी तर्फ जाँदै गरेको जिप सडक वाट झण्डै ३०० मिटर तल खसेको छ । दुर्घटनामा परिवडिगाड […]

सिङ्गो गाउँ जहाँ सुन्तलाबाट करोडौ बढि आम्दानी हुन्छ

बाग्लुङ, ६ पौष । यसरी चाल्दै गरिएको सुन्तला बिक्रि गरि पोखरा पठाउन थालिएको सुन्तला हो । सुन्तला नबिक्ला भन्नेनै छैन । रुखमा छँदादेखिनै ठेक्कामा दिईन्छ । सुन्तला पाक्न थाल्दादेखिनै टिप्न सुरु हुन्छ । विगत वर्षदेखि सुन्तला खेति गर्दै आएकी सोही ठाउँकी तुलसी खड्का भन्छिन्–‘सुन्तला यहाँका मानिसहरुको राम्रो आम्दानीको स्रोत हो, प्राय सबैका घरमा सुन्तला रोपिएका […]

नुवाकोटको मूलथलामा मिनीट्रक दुर्घटना, २ को मृत्यु, ५ घाइते

काठमाडौं ६ पुस । नुवाकोटको विदुर नगरपालिका–६, मूलथलामा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार खड्गभञ्ज्याङतर्फ जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरूको पहिचान हुन बाँकी छ । घाइतेलाई त्रिशूली अस्पतालतर्फ […]

अपहरित अध्यक्ष, श्रीमतीलाई बीच जङ्गलमै छाडियो

दैलेख, ६ पुस । शनिबार मध्य राति अपहरित दैलेख ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला मल्ल शाही लाई अपहरणकारीले बीच बाटोमै छाडिदिएका छन् । शनिबार राति १२ बजे २०–२५ जनाको विप्लव समूहका कार्यकताले अध्यक्ष शाही र उनकी श्रीमतीलाई घरबाटै अपहरण गरेर लगेको गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहले जानकारी दिएकी छन् । गाउँपालिकाको बजेट दुरुपयोग गरेको […]

 बर्षकै छोटो दिन, आजको दिन कति घण्टाको हुन्छ?

काठमाडौं, ६ पुस । नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुन्छ । दक्षिणी ध्रुवका देशहरुमा यसको ठिक उल्टो रात छोटो र दिन लामो हुन्छ । पात्रो अनुसार आजको नेपालको दिनमान २५ घडी ५७ पला छ भने रात्रिमान ३४ घडी १० पला छ । आज सूर्योदय विहान ६ बजेर ५० […]

श्रीमती सहित गाउँपालिका अध्यक्षको अपहरण

दैलेख, ६ पुस । दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला अपहरणमा परेका छन् । ठाँटीकाँध गाउँपालिका वडानम्बर २ श्रीपाटामा रहेको घरबाटै उनीहरु अपहरणमा परेको प्रहरीले जनाएको छ  उनीहरु आइतबार बिहानपख १ बजेतिर अपहरणमा परेको जानकारी दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारि दिए । अपहरणमा विप्लव समूहको संलग्नता रहेको आशंका […]

भक्तपुरका अधिकांश औषधी पसल अबैध रूपमा सञ्चालन

 भक्तपुर । भक्तपुर नगरपालिकाले कमलविनायक क्षेत्रमा गरेको औषधि (फार्मेसी) पसलको अनुगमनमा अधिकांश औषधि पसलहरु अवैधरूपमा सञ्चालन भएको पाइएको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज कमलविनायक र च्याम्हासिंह क्षेत्रमा भएको औषधि पसलहरुको अनुगमनमा अधिकांश औषधि पसलहरु दर्ता तथा नवीकरण नगरी अवैधरूपमा सञ्चालन भएको पाइएको हो । अनुगमनमा हेलो जनस्वास्थ्य फर्मा, विनायक फार्मेसी, […]

काठमाडौंका ६ ठाउँमा अत्याधुनिक शौचालय निर्माण गरिने

काठमाडौं ।  काठमाडौं महानगरपालिकामा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिने भएको छ । यसका लागि गैरआवासीय नेपाली संघ (एनआरएन)ले अध्ययन गरेको छ । पहिलो चरणमा कलङ्की, बालाजु, राष्ट्रपति कार्यालय अगाडि, जयवागेश्वरी सिफल चौर, कोटेश्वर र स्वयम्भू परिक्रमा मार्गको अध्ययन सकिएको छ । स्थानको पहिचान र आवश्यकता हेरी अन्यत्र पनि अध्ययन गर्ने बताइएको छ । विगत ५ […]

रिब्दीकोट गाउपालीकाले किसानहरुलाई एक दिने हाते ट्रयाक्टर मर्मत तालिम

पाल्पा,४ पौष । पाल्पा जिल्लामा गाउँपालिकाले कृषिमा आधुनिकिरण गर्ने उद्धेश्य बोकेर आधुनिक हाते ट्रयाक्टरहरु बितरण गरिरहकै बेला । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकाले पनि गाउँपालिका भित्र रहेका कृषकहरुलाई कृषिबाट समृद्ध बनाउने उदेश्य लिएर ५० प्रतिशट अनुदानमा कम्बाइन्ड मिल र हाते ट्याक्टर बितरण गरेको थियो । यसै बिच रिब्दीकोट गाउँपालिकाले बिहीबार एक कार्यक्रमका बिच ६० जना कृषकहरु […]