विदेशबाट फर्किए १६ हजार भन्दाबढी नेपाली

काठमाडौँ । कोभिड–१९ को महामारी यता बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता भएकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका पाँच हजार ३५८ रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ३९४ छन् । यस्तै सबैभन्दा बढी कुवेतबाट तीन हजार ५२७ र सबैभन्दा कम पाँच जना […]

पोखरीमा डुबेर बालकको मृत्यु

राजविराज । सप्तरीको राजविराज नगरपालिकास्थित फर्सेठमा शुक्रबार साँझ पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–११ बस्ने राजेन्द्र साहको ११ वर्षीय छोरा नन्दकिशोर रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । चार जना केटासँग पोखरीमा बेलुका नुहाउन गएको बोला नन्दकिशोर डुबेका थिए । उक्त पोखरीमा डुबी अचेत भएका उनलाई उपचारको […]

जबर्जस्ती करणीको झुटो आरोप लगाएर मुद्दा हाल्ने युवतीलाइ उल्टै कैद र ६३ हजार जरिवाना

चितवन । फिल्मी शैलीमा एक युवकमाथि गलत अाराेप लगाएर २१० दिन कारागारमा थुनाउने एक युवतीलाइ उल्टै जेल सजाय ताेकिएकाे छ । चितवनकी एक युवतीले पाेखराका एक युवकलाइ जवरजस्ती करणी गरेकाे भन्दै किटानी जाहेरी दिएकी थिइन । साेही अाधारमा ती युवकलाइ प्रहरीले पक्राउ गरेकाे थियाे । अदालतमा मुद्दा चलिरहेकाले उनलाइ जेल चलान गरिएकाे थियाे । उक्त […]

विद्युत पावर हाउस भत्किँदा एकजनाको मृत्यु

सुर्खेत, १५ असार । सुर्खेतको पञ्चपुरीमा पहिरोले विद्युतको पावर हाउस भत्किँदा एकजनाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिकाकाे खमारी खोला जलविद्युतको पावर हाउस भत्किँदा पञ्चपुरी नगरपालिका-६, भावरकी ४७ वर्षीया नन्दा पुलामीको मृत्यु भएको हो । आइतबार रातिदेखि आएको वर्षाका कारण बिहान साढे २ बजे पहिरो गएको थियो । पहिरोमा परी बेपत्ता भएकी नन्दाको बिहान ८ […]

राजधानीको ललितपुरमा पुग्यो सलह, किसानहरु चिन्तित

ललितपुर, १४ असार । नेपालमा भित्रिएकाे २ दिनमै राजधानीमा सलह आइपुगेको छ । शनिवार तराइृका विभिन्न जिल्लामा देखा परेकाे सलह आइतबार ललितपुरमा सलह प्रवेश गरेको विज्ञहरूले बताएका हुन् । सानाे झुण्डमा रहेकाे भनिए पनि निकै छिटाे सलह फैलिएकाे देखा परेकाे छ । मकवानपुरबाट प्रवेश गरेको सलह ललितपुरका प्युटारलगायत क्षेत्रमा देखिएको छ । दक्षिणबाट उत्तरतिर हावा […]

आफैंले चलाएको कार दुर्घटनामा पत्रकार पाण्डेको मृत्यु

बुटवल, १४ असार । आफैंले चलाएकाे कार दुर्घटनामा परी रुपन्देहीका पत्रकार कृष्ण पाण्डेकाे निधन भएको छ । तिलोत्तमा–६ मा बस्दै आएका पत्रकार कृष्ण पाण्डेकाे बा ७ च ६९५९ नम्बरको कार दुर्घटनामा परी मृत्यु भएको हो । बुटवलबाट घर जाँदै गर्दा बुटवल–भैरहवा सडक खण्डको ड्राइभरटोलमा गएराति पौने १२ बजेतिर सडकको डिभाइडर र रेलिङमा ठोक्किएर कार दुर्घटना […]

‍अनुमान विपरित नेपालमा पस्यो सलह, अझै अर्को ठूलो झुण्ड आउन सक्ने

काठमाडाैं । कृषिका लागि निकै चुनाैतिपूर्ण मानिएकाे सलह नेपालमा भित्रिएकाे छ । प्रदेश २ र ५ का तराईका विभिन्न जिल्लामा शनिबार बिहान भित्रिएको सलह किरा मरुभूमि सलह रहेको कृषि तथा पशुपक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ । यसअघि सरकारले गठन गरेकाे अध्ययन कार्यदलले भने यस वर्ष सलह नेपालमा नअाउने बताएकाे थियाे […]

थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२ हजार ३ सय ९ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको हो । यस्तै नेपालका ७७ वटा जिल्लामा कोरोना देखिएको छ । शनिबार रसुवामा ९ जना कोरोना संक्रमित थपिएसँगै मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित […]

चट्याङ लागेर ४ जनाको मृत्यु

राजविराज, ११ असार । चट्याङ लागेर आज बिहान चार जनाकाे मृत्यु भएकाे छ । चट्याङ्ले लागेर एक जना घाइते भएका छन्। जिल्लाकाे डाक्नेश्वर नगरपालिका वार्ड नं ९ मा एक जना, महादेवा गाउँपालिकाकाे वार्ड नं २ मा एक र राजगढ गाउँपालिकामा २ जनाको मृत्यु भएकाे हाे । जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनास्थलका बारे जानकारी लिइरहेकाे जनाएकाे […]

रुकुम सोती घटनाकी दोषी भनिएकी युवतीकी आमालाइ धरौटीमा रिहा गर्न आदेश, २३ थुनामा

काठमाडौं, १० असार । ६ जनाकाे ज्यान जाने गरी भएकाे रुकुम पश्चिमकाे साेती घटनामा अभियाेग लागेका २३ जना थुनामा गएका छन् । रुकुम पश्चिम जिल्ला अदालतले उनीहरुलाइ पुर्पक्षका लागि थुनामा पठाएकाे हाे । अदालतले युवतीकी आमालाइ भने धराैटीमा रिहा गर्न आदेश दिएकाे छ । जाजरकाेट राणा गाउँका नवराज विक र उनका साथीहरुसहितकाे नृशंस हत्यामा सम्लग्न […]