राज्यका ३ वटै अङ्ग आन्दोलनकारीको नियन्त्रणमा, सबै सुरक्षा प्रमुखहरुले निकाले यस्तो बिज्ञप्ति

काठमाडौँ । सोमबारबाट सुरु भएको जेनजी आन्दोलनकारीले राज्यका प्रमुख तीन वटै अङ्ग नियन्त्रणमा लिएका छन् । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आन्दोलनकारीले नियन्त्रणमा लिएका हुन् । उनीहरुले तीन वटै निकायका मुख्य भवनहरूमा आगजनी र तोडफोड गरेका छन् । सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि […]

जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश, मन्त्री र उच्चपदस्थ अधिकारीहरु सेनाको ब्यारेकमा

काठमाडौं । सरकार विरुद्ध मंगलबार सडकमा उत्रिएका जेनजी युवाहरूले विभिन्न स्थानका प्रहरी बिटमा आगजनी र तोडफोड गरेका छन् । राजनीतिक नेताहरूको निजी निवासको खोजी गर्दै हिँडेका युवाले प्रहरी बिट देख्नसाथ आगजनी गरेका हुन् । सोमबार जेनजीले सुरु गरेको समाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरोधी प्रदर्शनमा सरकारले कम्तीमा १९ जनाको हत्या गरेपछि युवा आक्रोश झनै बढेको हो […]

प्रदर्शनकारीमाथि दमन बन्द गर्न मानव अधिकार आयोगको माग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी पुस्ताले आह्वान गरेको भदौ २३ गतेको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरी विद्यार्थीहरूसहित डेढ दर्जनभन्दा बढी व्यक्तिको ज्यान जाने र ५०० भन्दा बढी किशोर–किशोरी घाइते हुने घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षाको नाममा व्यक्ति हत्या कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट गरेको […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, खटियो सेना

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेको छ। योसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडानहरू रद्द भएका छन्। त्यहाँ अहिले सेना समेत खटिएको छ।

काठमाडौँको कलङ्की र झापामा गोली चल्यो, ६ जना घाइते

काठमाडौँ । काठमाडौँको कलङ्कीमा गोली चलेको छ । सो क्रममा चारजना घाइते भएका छन् । जेनजीहरुले गरेको आन्दोलन आज पनि प्रहरीले अश्रुग्यास र गोली चलाइरहेको छ ।  तयस्तै उता झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको छ ।

नेपाली कांग्रेस कार्यालयमा आगजनी, तारकेश्वरमा प्रहरी चौकी र वडा कार्यालय जलाइयो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन् । त्यस्तै काठमाडौंको तारकेश्वर नगरपालिकामा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् । वडानम्बर ११ को कार्यालय र प्रहरी चौकीमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । जेनजीले सोमबार गरेको प्रदर्दशनमा प्रहरीले दमन गरेपछि आज देशैभर आन्दोलन भइरहेको छ । सोमबारको आन्दोलनमा १९ […]

यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा अनिश्चितकालीन यातायात बन्दको घोषणा

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चित कालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासङ्घले भदौ २३ गते ‘जेन जिन’ समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको र देशभर जनजीवन प्रभावित भई कर्फ्यु लगाइएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति सुरक्षाको […]

बालकोटमा गोली चल्यो, २ जना घाइते, नयाँ बानेश्वरमा आज पनि अश्रुग्याँस प्रहार

काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए । यस्तै नयाँ बानेश्वरामा आज पनि टियरग्यास प्रहार भएको छ । स्वस्फूर्त आन्दोलनमा आएका युवालाई तितिर बितर बनाउन प्रहरीले टियरग्यास प्रहार गरेको हो । […]

जनकपुरस्थित एमाले नेता रघुवीर महासेठको घर र मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा

काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका हुन् । जेनजीहरूले गरेको प्रदर्शनको दोस्रो दिन प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई लक्षित गरी ढुंगामुढा एवं आगजनीहरू गरिरहेका छन् । यस्तै जनकपुरधामस्थित मधेश प्रदेशको […]

सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरे प्रदर्शनकारी, मुख्यमन्त्रीको गाडी तोडफोड

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । सोमबार १९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि आज पुन: देशभर प्रदर्शन चर्किएको छ । अहिले मुख्यमन्त्री कार्यालयभित्र जेनजी युवाहरू प्रवेश गरेका छन् । उनीहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेर मुख्‍यमन्त्री कमलबहादुर शाहको गाडीमा तोडफोड गरेका छन् । प्रदर्शनकारीहरू […]