काष्ठमण्डप पुननिर्माण दोश्रो तल्लाको काम सुरु

काठमाडौँ, २४ असार । काष्ठमण्डप पुनःनिर्माण दोश्रो तल्लको काम सुरु भएको छ। गएको भदौमा ५० प्रतिशत सम्पन्न भएको पुनः निर्माणकाे गति विभिन्न कारण बस केही ढिलो भएता पनि दोस्रो तल्लको काम अगाडि बढाइएको काष्ठमण्डप पुननिर्माण समितिले बताएको छ। मंगलबार दोश्रो तल्लाको थाम माथि आठ वटा मेथ र चार वटा निदाल राख्ने काम सकिएको काष्ठमण्डप पुनःनिर्माण […]

यौन क्रियाकलापका ८४ आसन कुदिएको विश्वनाथ मन्दिर

काठमाडौँ, २३ असार । तिब्बत-नेपाल ब्यापार शुरु गरे देशलाई ठूलो फाइदा गराउने आफ्नै ज्वाई काजी भिम मल्ललाइ अर्काको चुक्लिका आधारमा विना छानबिन हत्या गरेपछि राजा लक्ष्मी नरसिंह पागल भए । नेपाल संवत ७६१ मा पागल पितालाई कैदगरी राजा बनेका प्रताप मल्लले नेपाल संवत ७७४ मा जग मात्र हाली अधुरो छाडेको विश्वनाथ मन्दिरला दुइतल्ले पेगोडा शैलीमा […]

सन्दीप लामिछाने एक करोड ८ लाखमा क्यारेबियन लिगमा अनुबन्धित

काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछाने यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी फ्रेन्चाइजी क्रिकेटमा न्यूनतम १ करोड ८ लाख रुपैयाँमा अनुबन्धित भएका छन। सन्दीपले यस सिजनमा तोकेको आफ्नो मुल्य न्यूनतम ९० हजार अमेरिकी डलर(१ करोड ८ लाख रुपैयाँ)रुपैयाँ दिएर सोमबार भएको ड्राफ्टबाट जमैका तलावाजले उनलाई अनुबन्ध गरेको हो। यस सिजनमा अनुबन्ध भएसँगै सीपीएलले सन्दीपलाई […]

एकैसाथ सात जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सोल्टी होटल सिल

काठमाडौँ । प्रहरीले वाफलस्थित सोल्टी होटल ‘सिल’ गरेको छ। होटलमा बसिरहेका सात जनामा एकैसाथ कोरोना संक्रमण देखिएपछि सोल्टी सिल गरिएको महानगरीय प्रहरी वृत कालिमाटीले जनाएकाे छ । हाेटलमा बस्दै अाएका नेपाल एयरलाइन्सका सात जना कर्मचारीमा काेराेना देखिएकाे हाे । प्रहरीले अहिले होटलमा आवतजावत बन्द गरिएको जनाएकाे छ। हाेटलभित्र ६० जनाभन्दा बढी मानिस रहेकाे पनि प्रहरीले […]

काठमाडौँ महानगरपालिकाले ए डिभिजन क्लबलाई प्रति क्लब रु १० लाख सहयोग

काठमाडौँ, २२ असार । काठमाडौँ महानरपालिका क्षेत्र भित्र रहेका ६ ओटा ए डिभिजन क्लबलाई महानगर पालिकाले आर्थिक सहयोग गरेको छ । सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमखु बिद्यासुन्दर शाक्यले महानगर क्षेत्र भित्र रहेका ६ ओटा क्लवलाई प्रति क्लव रु १० लाख सहयोग हस्तान्तरण गर्नुभएको हो। काठमाठौँ महानगरपालिकाले अघिल्लो वर्ष पनि ए, वि र सि […]

दिल्लीबाट ६ नेपाली युवतीलाई नेपाल फर्काइयो

कपिलवस्तु । विश्वभर कोभिड–१९ (कोरोना भाइरस) को सन्त्रास फैलिएको बेला सबैलाई आफ्नो स्वास्थ्य सुरक्षाको चिन्ता छ । तर धनकै लागि मरिहत्ते गर्नेलाई भने व्यक्तिगत स्वास्थ्यको चिन्ताभन्दा धन कमाउने उपायकै खोजीमा भौतारिन्छन् । यतिबेला बिचौलियाहरु मानव बेचबिखनकै तानाबाना बुनिरहेका छन् । सोझा साझा युवतीहरुलाई राम्रो जागिरको प्रलोभन देखाउँदै सीमा कटाउने गरेको घटना सार्वजनिक भएको छ । […]

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गाको अकवरे चोकमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आठराई क्षेत्रमा मध्यपहाडी लोकमार्गमा काम गरिरहेको केजी कम्पनीको मे १ त ६२१९ नम्बरको ट्र्याक्टर शुक्रबार साँझ दुर्घटना हुँदा ५५ वर्षका ललित भुजेलको घटनास्थलमै र ४० वर्षका श्याम मगरको उपचारका लागि फिदिम लैजाँदै […]

विदेशबाट फर्किए १६ हजार भन्दाबढी नेपाली

काठमाडौँ । कोभिड–१९ को महामारी यता बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता भएकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका पाँच हजार ३५८ रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ३९४ छन् । यस्तै सबैभन्दा बढी कुवेतबाट तीन हजार ५२७ र सबैभन्दा कम पाँच जना […]

पोखरीमा डुबेर बालकको मृत्यु

राजविराज । सप्तरीको राजविराज नगरपालिकास्थित फर्सेठमा शुक्रबार साँझ पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–११ बस्ने राजेन्द्र साहको ११ वर्षीय छोरा नन्दकिशोर रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । चार जना केटासँग पोखरीमा बेलुका नुहाउन गएको बोला नन्दकिशोर डुबेका थिए । उक्त पोखरीमा डुबी अचेत भएका उनलाई उपचारको […]

जबर्जस्ती करणीको झुटो आरोप लगाएर मुद्दा हाल्ने युवतीलाइ उल्टै कैद र ६३ हजार जरिवाना

चितवन । फिल्मी शैलीमा एक युवकमाथि गलत अाराेप लगाएर २१० दिन कारागारमा थुनाउने एक युवतीलाइ उल्टै जेल सजाय ताेकिएकाे छ । चितवनकी एक युवतीले पाेखराका एक युवकलाइ जवरजस्ती करणी गरेकाे भन्दै किटानी जाहेरी दिएकी थिइन । साेही अाधारमा ती युवकलाइ प्रहरीले पक्राउ गरेकाे थियाे । अदालतमा मुद्दा चलिरहेकाले उनलाइ जेल चलान गरिएकाे थियाे । उक्त […]