१२ घन्टादेखि लगातार वर्षा केही दिन अझै उच्च वर्षा हुने

काठमाडाैं । राजधानीसहित देशका अधिकांश ठाउँमा पछिल्लाे १२ घण्टादेखि लगातार वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार बागमती, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशलगायत देशका धेरै स्थानमा अहिले हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। ‘हिजै साँझ ६ बजे सुरु भएको हो, केहीबेर रोकिएजस्तो भए पनि रातिदेखि वर्षा भइरहेको छ,’ मौसमविद् पौडेलले आइतबार […]

पहिरोमा परी कास्कीमा एकै घरका तीन बालकको मृत्यु

पोखरा, २ साउन । कास्कीमा पहिराे जाँदा ३ जनाकाे मृत्यु भएकाे छ । गएरातिदेखि परेकाे अविरल वर्षाका कारण माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखका प्रेम विकको घर पहिरोमा परेकाे हाे । मृत्यु हुनेहरु सबै एकै घरका बालक रहेकाे खुलेकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र […]

बुटवल पाल्पा सडक पहिराेले अबरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गमा पहिरो खस्दा शुक्रबार बिहानैदेखि तानसेन-बुटवल सडकखण्ड अवरुद्ध भएको छ। पाल्पाको तानसेन-८, गौडेपुलमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए। वर्षा भइरहेकाले अहिले पनि पहिरो हटाउन समस्या भइरहेको प्रहरीले जनाएको छ। वर्षा भइरहेको र पहिरो खसिरहेकोले पहिरो पन्छाउन समस्या भएको हो।

राजधानीमा ४ हजारको परीक्षण गर्दा तीन जनामा सङ्क्रमण

काठमाडौँ । काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । महाशाखाले काठमाडौँ […]

एकै एम्बुलेन्समा ७ जना ‘नक्कली’ बिरामी, चालक पक्राउ

काभ्रे । नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बा ५ च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ बबरगञ्जका ३५ वर्षका जुगतलाल महतो रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार नक्कली बिरामी बनाएर सामाजिक विकास तथा वातावरण संरक्षण सङ्घ बबरगञ्ज सर्लाहीद्वारा सञ्चालित उक्त एम्बुलेन्सका चालक महतोलाई बिहीबार […]

गुडिरहेको ट्रिपर गुइठेभिरबाट कालीगण्डकीमा खस्यो

पाेखरा । बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर मङ्गलबार साँझ टिपरसहित चालक बेपत्ता भएका छन्। गिट्टी बोकेर गुइठेबाट घारतर्फ जाँदै गरेको बा२ख ३४२५ नंको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो। टिपरसहित चालक म्याग्दीको मङ्गला गाउँपालिका–५ का २६ वर्षीय ज्ञानबहादुर पुन कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले बताए। साँघुरो सडकमा लोड भएको […]

ललितपुरको लुभूका एकै घरका १० जनामा कोरोना संक्रमण

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असरा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उहाँका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो। नर्सले आफू सङ्क्रमित […]

मन्त्री बस्नेतले पहिरो पीडितका लागि राहत लिएर गएको हेलिकोप्टर झन्डै दलदलमा फसेपछि

जाजरकोट, २८ असार । आइतबार वनमन्त्री शक्ति बस्नेत जाजरकोटको उत्तरपूर्वी क्षेत्र बारेकोट गाउँपालिकाका पहिरो पीडितका लागि राहत लिएर गए । पहिरोबाट अहिलेसम्म ११ जनाको शव भेटिएको, ४ जना वेपत्ता रहेको र पाँच सयभन्दा बढी घर परिवार नै विस्थापित भएको बारेकोट क्षेत्रका जनताका लागि राहत लिएर काठमाडौंबाट बारेकोट पुगेका वनमन्त्री बस्नेत चढेको हेलिकोप्टर झण्डै पहिरो गएको […]

वलिउड अभिनेता अमिताभ बच्चन र छोरा अभिशेखलाइ कोरोना संक्रमण

काठमाडौँ । वलिउडका चर्चित अभिनेता अमिताभ वच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अमिताभ आफैँले शनिबार राति आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। वलिउड चलचित्र उद्योगको ‘पावर हाउस’ परिवारका रुपमा परिचित बच्चन परिवारका दुई सदस्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने बाँकी परिवारकाे परिक्षण रिपाेर्ट अाउन […]

बाढीले प्रशारण लाइनको पोल ढलेपछि तीन जिल्लाको विद्युत अवरुद्ध

उदयपुर, २८ असार । केहीदिनदेखि परेकाे अविरल वर्षाले देशभर ठूलाे जनधनकाे क्षति भएकाे छ । वर्षाका कारण बढेकाे बाढीले प्रशारण लाइनकाे पाेल ढालेपछि प्रदेश १ अन्तर्गतका तीन जिल्लामा विद्युत अापूर्ती नै अवरुद्ध भएकाे छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युतकाे दुई वटा पोल ढालेपछि शनिबार दिउँसोदेखि खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा […]