सिटौला पछि फेरि प्रधानमन्त्री शेरबहादुर देउवालार्इ लक्षित गरी वम प्रहार, ८ घाइते

दाङ, १२ मंसिर । दाङको तुल्सीपुरमा बम विष्फोट हुँदा म्यादी प्रहरीसहित ८ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्यको तुलसीपुर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजारमा तुलसी बोर्डिङ स्कुल नजिकै बम विस्फोट भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासहित […]

चुनावको मुखैमा मतदाताकाे घरघरमा ओलीको पत्र, बन्द खामभित्र यस्तो पो रहेछ

काठमाडाैं, १२ मंसिर । सूचना आदानप्रदानका लागि मोबाइल सबैभन्दा सहज छ । इमेल र मेसेन्जरबाट पनि सहजै सन्देश पठाउन सकिन्छ । हवाई पत्र त हराइसकेको छ । तर, अध्यक्ष केपी ओलीको नाममा एमालेले मत माग्दै मतदातालाई हवाई पत्र पठाएको छ । हवाई पत्रमा ओलीको हस्ताक्षर पनि छ । पत्रमा परम्परागत शैलीमा सम्बोधन गरिएको छ । […]

कांग्रेस नेता सिटौलाको घरमा मध्यरातमा बम विष्फोट, घरमै रहेका सिटौला सकुशल

झापा, १२ मंसिर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरमा बम विष्फाेट भएकाे छ । झापाको भद्रपुर नगरपालिका वडा नं १० चन्द्रगढीमा रहेको सिटौलाको घरमा गए राति करिव १ बजेतिर वम विस्फोट गराइएको प्रहरीले जनाएको छ। झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार रहेका सिटौला बम विष्फाेटका बेला घरमै बसेका थिए। घरकाे पछाडि […]

बाबुराम र नारायणकाजीमाथि लाखौ रुपैयाँको बाजी

गाेरखा, १२ मंसिर । गोरखाको एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जित्ने कि नारायणकाजी श्रेष्ठ भन्नेबारे देशभरि चासोको विषय बनेको छ तर गोरखामा चाहिँ भट्टराईले जित्ने कि श्रेष्ठले जित्ने भन्नेबारे लाख-लाख रुपियाँको बाजी थाप्न थालिएको छ । पहिलो चरणको निर्वाचनमा यी दुई नेतामध्ये को जित्ने भन्ने परिणाम थाहा पाउन दोस्रो चरणको निर्वाचनसम्म कुर्नुपर्ने […]

अन्तिममा अाएर वाम गठबन्धनका एक उम्मेदवारकाे उम्मेदवारी रद्द गरेपछि गठबन्धनमा तनाव

काठमाडौँ, ११ मंसिर । निर्वाचन आयोगले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का माओवादी केन्द्रका नेता तथा बाम गठबन्धनका साझा उम्मेदवार शिवपूजन रायको उम्मेदवारी रद्द गरेको छ । राय पहिलो संविधानसभामा सदस्य रहेका बेला आफूले पाएको कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा विशेष अदालतबाट सजाय पाएका व्यक्ति भएको हुनाले उनले उम्मेद्वारी दिन नपाउने भन्दै उनि विरुद्ध उजुरी […]

मतदान अधिकृतकै झोलामा भेटिए हस्ताक्षर गरिएका ५० मतपत्र, अधिकृत पक्राउ

नुवाकोट, ११ मंसिर । निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन भनी खटिएका कर्मचारी र मतदान अधिकृत नै छाप लगाएका मतपत्रसहित भेटिएका छन् । नुवाकोट जिल्लाको क्षेत्र नं. २ स्थित ताराकेश्वर गाउँपालिका वडा नं. २ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित समातिएका हुन् । मतदान करिब करिब […]

रुकुममा एजेन्ट बनेका युवक र महिलाले एसिड खन्याएर जलाए मतपेटिका

रुकुम, १० मंसिर । रुकुमकाे एक मतदान केन्द्रमा दलकाे एजेन्ट बसेका व्यक्तिले नै मतपेटिकामा एसिड खन्याएर निर्वाचन स्थगित गराएका छन् । पश्चिम रुकुमको आठवीसकोट नगरपालिका वार्ड नं. ११ मा रहेकाे मतदान केन्द्रमा यस्ताे घटना घटेकाे हाे । अाठबीसकाेटकाे नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको (ख) मतदान केन्द्रमा केशव खड्का नाम गरेका व्यक्तिले मतपेटिकामा एसिड खन्याएर नष्ट गरेका […]

पृतनापति र एआइजीको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्दा पनि थवाङमा खस्यो न्यून मत

राेल्पा, १० मंसिर । राेल्पाकाे थवाङ यसपटककाे निर्वाचनमा पनि धेरैकाे चासाेकाे केन्द्र बन्याे । प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनका लागि अाज भएकाे मतदानमा धेरैले थवाङमा के हुन्छ भनेर नजर लगाइरहे । थवाङले पहिले जस्तै शुन्य मतदान गर्छ कि गएकाे स्थानीय निर्वाचनकै जस्ताे हुन्छ भनेर चासाे थियाे धेरैकाे । यसपटक पनि थवाङले यसअघिकाे जस्तै अाफ्नाे […]

मालकोटमा शुन्य मतदान ! निर्वाचन टोली तीन बजे नै मतदान केन्द्र छोडेर उठ्यो

कालिकाेट, १० मंसिर । कालिकाेटकाे मालकाेटमा गाेली हानाहान हुन थालेपछि निर्वाचन टाेली दिउसै फर्केकाे छ । मालकाेटकाे सल्लारुख गाउँ नजिकै राखिएकाे बुथबाट निर्वाचनका लागि खटिएका कर्मचारी, म्यादी प्रहरीसहितकाे सुरक्षाकर्मी टाेली दिउसाे तीन बजे नै फर्केकाे बताइएकाे छ । दिउसाे तीन बजेसम्म कुर्दा पनि मतदान गर्न काेही नअाएपछि मतदान केन्द्रमा रहेका कर्मचारी र सुरक्षाकर्मीकाे टाेली दिउसै […]

सिराहामा प्रहरीमाथि नै गोली प्रहार, दुर्इ प्रहरी गोली लागि गम्भीर घाइते

सिरहा, १० मंसिर । सिरहाको कल्यणपुर नगरपालिका ५ निर्दनामा प्रहरीमाथि गोली प्रहार भएकाे छ। आइतबार कल्याणपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवरलाई गोली लागेको हो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक राजन भेटवालका अनुसार प्रहरी जवान यादवको पेटमा र म्यादी प्रहरी कुँवरको कुममा गोली लागेको जानकारी दिएका छन् […]