गुठीको जग्गा हडपेर बनाउन थालिएको भवनको जगै समेत भत्काए स्थानीयले (भिडियो सहित)

काठमाडौं, ४ साउन । काठमाडौंको पचली भैरवमा स्थानीयको गुठी हडपेर बनाउन थालिएको भवन संरचना स्थानीयवासीले भत्काइदिएका छन् । पचली भैरवको बागमती किनारमा रहेको महेन्द्र सरस्वति सामुदायिक विद्यालय अगाडि रहेको निजी गुठीको जग्गा हडपेर केही व्यक्तिले नक्सा नै पास नगरी भवन संरचना बनाउन लागेका थिए । शनिवार बिहान ८ बजे पचली भैरव गुठीका परिवारले नेवार समुदायको […]

माधव, झलनाथ र बामदेवको जिम्मेवारी टुङ्गो, बामदेवले कसरी पाए संगठन विभाग?

काठमाडौं, ४ साउन । लामो समयको छलफलपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुको जिम्मेवारी तोकिएको छ । सो पार्टीको प्रमुख नेताहरुको बैठक बसेर नेताहरुको जिम्मेवारी टुङ्गो लगाइएको हो । नयाँ जिम्मेवारी अनुसार नेता माधवकुमार नेपालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । त्यसैगरी अर्का नेता झलनाथ खनालले नीति अध्ययन तथा प्रतिष्ठानको जिम्मेवारी पाएका […]

गुणस्तरीय निर्माणमा जोड दिन मुख्य मन्त्रीको आग्रह

मोरङ,४ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इञ्जिनीयरहरुले प्रदेशको पूर्वाधार निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने बताएका छन् । नेपाल इञ्जिनीयर्स एशोसिएशन प्रदेश नं १ द्वारा शुक्रबार साँझ यहाँ आयोजित ५७ औं इञ्जिनीयर्स दिवसको अवसरमा उनले प्रदेशले पूर्वाधार विकासमा ठूलो बजेट रकम छुट्याएकाले नमूना प्रदेश बनाउन सरकारसँग हातेमालो गर्न आग्रह गरे । मुख्यमन्त्री राईले […]

लोकसेवाको परीक्षा बिथोल्न खोज्ने चार जना पक्राउ

खोटाङ, ४ साउन । लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले खोटाङमा आज बिहान चार जनालाई पक्राउ गरेको छ । खाेटाङकाे सदरमुकाम दिक्तेलमा शनिवार बिहान भएको आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर विथोल्न खोजेको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङका सचिव रवीन खम्बु, सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन […]

सरकार चलाउने दलहरु दलालमा परिणत हुँदा तराई डुबाएको सांसद सुवालको आरोप

भक्तपुर, ४ साउन । नेपाल मजदुर किसान पार्टीका सचिवसमेत रहेका संघीय सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनेका भारतीय बाँध र तटबन्धका कारण तराईमा बाढी र डुबानको समस्या भएको बताएका छन् । सरकार चलाउने दलहरु दलालमा पणीरत हुँदा भारतीय बाँधले तराई डुबाएको उनको आरोप छ । शुक्रबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १० दिने फोटोग्राफी तालिमको समापन तथा […]

लोकसेवाको परीक्षा केन्द्रदेखि परीक्षार्थी बास बस्ने ठाउँसम्म प्रहरीको कडा सुरक्षा

दाङ, ४ साउन । लोकसेवा आयोगको परीक्षालाई लक्षित गरेर दाङमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दाङको तुलसिपुरमा परीक्षा केन्द्र तोकिएपछि तुलसिपुरसहित जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको हो । परीक्षा लाई थप व्यवस्थित र मर्यादित बनाउन जिल्लाको सबै सुरक्षा स‌यन्त्रलाई परिचालन गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार परीक्षा केन्द्रबाट […]

पाइपलाइनको परीक्षण सफलः केही दिनमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ नेपाल भित्रिने

काठमाडाँै, ३ साउन । नेपाल आयल निगमले प्राविधिक काम सकेर केही दिनभित्रैमा पाइपलाइनबाट पेट्रोलियम पदार्थको नियमित आयात गर्ने जनाएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पाइप विच्छ्याउने कार्य सम्पन्न भई विभिन्न चरणमा पाइपलाइनको चापीय परीक्षक कार्य भएको जानकारी दिँदै मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन परियोजना व्यवस्थापक प्रदीपकुमार यादवले छिट्टै आयातलाई नियमित गर्ने उल्लेख गरेका छन् । परियोजनाले आज […]

११ महीनामा ८ खर्ब रेमिट्यान्स भित्रियो, व्यापार घाटा १२ खर्ब, शोधनान्तर घाटा ९० अर्ब बढी

nepal-rastra-bank

काठमाडौँ, ३ साउन । आर्थिक वर्ष २०७५/७६ को एघार महीनाको अवधिमा रु आठ खर्ब बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थित’मा सात खर्ब ९९ अर्ब दुई करोड विप्रेषण भित्रिएको उल्लेख छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही […]

अब प्रम ओलीले सिंहदरवारको एक्सन रुममा बसेर ११ गौरवका आयोजनाको सीसीटीभीबाट अनुगमन गर्ने

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ११ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न आयोजनास्थलमा ‘आयोजना अनुगमन प्रणाली’ जडान गर्न कार्य अन्तिमचरणमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम)बाट नै ती आयोजनाको अनुगमन गर्न सिसीटिभी जडान गर्न थालिएको हो । अहिलेसम्म पाँच वटा आयोजनास्थलमा ‘आइपी क्यामेरा’ जडान गरिसकिएको […]

सबैभन्दा घुस लिएर रङ्गेहात पक्राउ पर्नेमा गृहमन्त्रालयका कर्मचारी : अख्तियारको रिपोर्ट

काठमाडौँ, ३ असार । गृह प्रशासनतर्फका कर्मचारी सबैभन्दा बढी घुस्याहा भएको आरोप लागेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/७६ मा घुस लिँदालिँदै पक्राउ गरेको कर्मचारीको तथ्याङ्कका आधारमा सो निष्कर्ष निकालिएको हो । आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सो आवमा गृह प्रशासनतर्फका २७ निकायमा घुस लिएको अभियोगमा कर्मचारीलाई पक्राउ गरेको […]